प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • योद्धा राजा आरमागेडोनमा विजयी हुनुहुन्छ
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • २२. यूहन्‍नाले युद्धको अन्तिम परिणामलाई सारांशमा कसरी प्रस्तुत गर्छन्‌?

      २२ अन्तिम युद्धको परिणामलाई यूहन्‍नाले यसप्रकार सङ्‌क्षिप्तमा प्रस्तुत गर्छन्‌: “अनि त्यो जनावर र पृथ्वीका राजाहरू, र तिनका फौजहरू, घोडामा सवारी हुने र उहाँको फौजको विरुद्ध लडाइँ गर्न जम्मा भएको मैले देखें। त्यो जनावर पकडाउ पर्‌यो, र त्यससँग हुने झूटा अगमवक्‍ता, जसले त्यसको दृष्टिमा चिन्हहरू गरेर त्यो जनावरको छाप लिनेहरू जतिलाई र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई ठेगेको थियो, ती दुवै जिउँदै गन्धकले बलेको आगोको कुण्डमा फालिए। औ बाँकी रहेकाहरूचाहिं घोडामाथि सवारी हुनेको तरवारबाट मारिए, अर्थात्‌ उहाँको मुखबाट निस्केको तरवारले, र सबै चराहरू तिनका मासुले अघाए।”—प्रकाश १९:१९-२१.

  • योद्धा राजा आरमागेडोनमा विजयी हुनुहुन्छ
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • २४. (क) जङ्‌गली जनावर र झूटो अगमवक्‍तामाथि के कारबाही गरिन्छ र तिनीहरू त्यतिखेर कुन अर्थमा “जिउँदै” हुन्छन्‌? (ख) “आगोको कुण्ड” किन प्रतीकात्मक हुनुपर्छ?

      २४ शैतानको राजनैतिक सङ्‌गठनको प्रतिनिधित्व गर्ने अर्थात्‌ समुद्रबाट निस्कने सात शिर र दश सिङ भएको जङ्‌गली जनावर अब लोप हुनेछ। त्यसको साथसाथै झूटो अगमवक्‍ता अर्थात्‌ सातौं विश्‍व-शक्‍ति पनि बितेर जानेछ। (प्रकाश १३:१, ११-१३; १६:१३) ती दुवै “जिउँदै” हुँदा अथवा पृथ्वीमा रहेका परमेश्‍वरका जनहरूको विरुद्धमा एकमत भएर जाइलाग्दा लाग्दै तिनीहरू “आगोको कुण्डमा” फालिन्छन्‌। के यो कुनै साँच्चैको “आगोको कुण्ड“ हो? होइन। जसरी जङ्‌गली जनावर र झूटो अगमवक्‍ता पनि साँच्चैका जनावरहरू होइनन्‌। त्यो कुण्ड वास्तवमा सम्पूर्ण र अन्तिम विनाशको एउटा प्रतीक मात्र हो। यो एउटा यस्तो ठाउँ हो जहाँबाट कुनै पनि कुरा कहिल्यै फिर्ता आउन सक्‍तैन। यसै ठाउँमा मृत्यु र पातालका साथै दियाबल पनि फालिनेछ। (प्रकाश २०:१०, १४) तर दुष्टहरूले अनन्त सन्ताप भोग्ने ठाउँ चाहिं यो होइन। यस्तो विचार मात्र पनि यहोवाको नजरमा घृणास्पद छ।—यर्मिया १९:५; ३२:३५; १ यूहन्‍ना ४:८, १६.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने