-
योद्धा राजा आरमागेडोनमा विजयी हुनुहुन्छप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
२२. यूहन्नाले युद्धको अन्तिम परिणामलाई सारांशमा कसरी प्रस्तुत गर्छन्?
२२ अन्तिम युद्धको परिणामलाई यूहन्नाले यसप्रकार सङ्क्षिप्तमा प्रस्तुत गर्छन्: “अनि त्यो जनावर र पृथ्वीका राजाहरू, र तिनका फौजहरू, घोडामा सवारी हुने र उहाँको फौजको विरुद्ध लडाइँ गर्न जम्मा भएको मैले देखें। त्यो जनावर पकडाउ पर्यो, र त्यससँग हुने झूटा अगमवक्ता, जसले त्यसको दृष्टिमा चिन्हहरू गरेर त्यो जनावरको छाप लिनेहरू जतिलाई र त्यसको मूर्तिको पूजा गर्नेहरूलाई ठेगेको थियो, ती दुवै जिउँदै गन्धकले बलेको आगोको कुण्डमा फालिए। औ बाँकी रहेकाहरूचाहिं घोडामाथि सवारी हुनेको तरवारबाट मारिए, अर्थात् उहाँको मुखबाट निस्केको तरवारले, र सबै चराहरू तिनका मासुले अघाए।”—प्रकाश १९:१९-२१.
-
-
योद्धा राजा आरमागेडोनमा विजयी हुनुहुन्छप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
२५. (क) “घोडामाथि सवारहुनेको तरवारबाट” मारिनेहरू को हुन्? (ख) यसरी “मारिनेहरू”मध्येबाट पनि कसै कसैको पुनरुत्थान हुनेछन् भनी आशा गर्नु के उचित हो?
२५ सरकारमा प्रत्यक्षतः भाग नलिने तर यस भ्रष्ट संसारको सुध्रनै नसक्ने भाग हुने मानिसहरू पनि “घोडामाथि सवारी हुनेको तरवारबाट” मारिनेछन्। येशूले तिनीहरूलाई मृत्युको योग्य घोषित गर्नु हुनेछ। तर यिनीहरूको सम्बन्धमा आगोको कुण्डको चर्चा गरिएको छैन। अतः के यिनीहरूको चाहिं पुनरुत्थान हुनेछ भनी हामीले ठान्नु उचित हो? यहोवाबाट नियुक्त न्यायाधीशको हातमा मारिनेहरूको पुनरुत्थान हुनेछ भनी कतै पनि लेखिएको हामी पाउँदैनौं। येशू स्वयंले भन्नु भएझैं जो “भेंडा” होइनन्, तिनीहरू जम्मै “शैतान र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्त आगोमा” अर्थात् “अनन्त दण्डमा” जानेछन्। (मत्ती २५:३३, ४१, ४६) “भक्तिहीन मानिसको इन्साफ र विनाशको दिन”-को यो चरमोत्कर्ष हुनेछ।—२ पत्रुस ३:७; नहुम १:२, ७-९; मलाकी ४:१.
-