प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • सर्पको शिर कुच्याउने
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ३. यूहन्‍नाले शैतानलाई के हुन्छ भन्छन्‌?

      ३ तर शैतान र त्यसका प्रेतहरूलाई के हुनेछन्‌? यूहन्‍ना हामीलाई भन्छन्‌: “अनि अगाध खाँदको साँचो र एउटा ठूलो साङ्‌गलो हातमा लिएको एउटा दूत स्वर्गबाट ओर्लेर आएका मैले देखें। औ तिनले त्यस अजीङ्‌गरजस्तो जानवर, त्यो पुरानो सर्प, जो दियाबल र शैतान पनि हो, त्यसलाई पक्रेर एक हजार वर्षसम्म बाँधे, र हजार वर्ष भुक्‍तान नहोउञ्जेल त्यसले जाति जातिलाई फेरि नठगोस्‌ भनेर तिनले त्यसलाई अगाध खाँदमा फालिदिए। औ त्यसलाई बन्द गरेर त्यसमाथि छाप लगाए। त्यसपछि त्यो केही समयको निम्ति फुकाइनुपर्छ।”—प्रकाश २०:१-३.

  • सर्पको शिर कुच्याउने
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ५. शैतान अर्थात्‌ दियाबललाई अगाध खाँदको स्वर्गदूतले के गर्छन्‌ र किन?

      ५ त्यो ठूलो रातो रङ्‌गको अजिङ्‌गरजस्तै पशुलाई स्वर्गबाट तल पृथ्वीमा फाल्दा त्यसलाई “वृद्ध साँप, दियाबल र शैतान . . . सारा संसारलाई ठग्ने” भनिएको थियो। (प्रकाश १२:३, ९) अब पक्रेर थुनिने बेलामा त्यसलाई फेरि “अजिङ्‌गर जस्तो जानवर, पुरानो सर्प, . . . दियाबल र शैतान” भन्दै त्यसको वर्णन गरिन्छ। यो कुख्यात घिच्चू, ठगाहा, निन्दक र विरोधीलाई साङ्‌गलोले बाँधेर “अगाध खाँदमा” फालिन्छ। त्यसले “जातिजातिलाई फेरि नठगोस्‌” भनेर अगाध खाँदको मुखलाई ठ्याम्मै बन्द गरिन्छ। शैतान यसरी हजार वर्षका लागि थुनिन्छ। गहिरो तहखानाभित्र थुनेर राखिएको कैदीजस्तै शैतान पनि यो समयावधिभित्र सम्पूर्णतः निस्क्रिय हुन्छ। त्यसले मानिसजातिमाथि कुनै प्रभाव पार्न सक्नेछैन। अगाध खाँदको दूतले शैतानलाई धार्मिकताको राज्यसित कुनै सम्पर्कनै राख्न नसक्नेगरी हटाउनु हुनेछ। मानिसजातिका लागि कस्तो आराम!

  • सर्पको शिर कुच्याउने
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ७. (क) अगाध खाँदमा हुँदा शैतान र त्यसका प्रेतहरू कुन अवस्थामा हुन्छन्‌ र हामीलाई यो कसरी थाह हुन्छ? (ख) पाताल र अगाध खाँद के एउटै कुरा हो? (फुटनोट हेर्नुहोस्‌।)

      ७ के शैतान र त्यसका दूतहरू अगाध खाँदमा हुँदा सक्रिय हुनेछन्‌? त्यो चहकिलो रातो रङ्‌गको सात शिर हुने जानवरलाई नबिर्सनुहोस्‌ जो “हुनलाई त थियो, तर छैन, र सत्यानाशमा जानालाई अगाध खाँदबाट त्यो आउनलागेको छ।” (प्रकाश १७:८) अगाध खाँदमा हुँदा त्यो ‘थिएन।’ त्यो निस्क्रिय थियो। त्यो ‘अस्तित्वहीन’ अथवा मरेतुल्य थियो। यस्तैगरी, येशूबारे कुरा गर्दा पनि प्रेरित पावलले यसो भने: “पातालमा [अगाध खाँद, NW] को ओर्लन्छ? (अर्थात्‌ खीष्टलाई मरेकोबाट बिउँताउनालाई)।” (रोमी १०:७) हो, अगाध खाँदमा होउञ्जेल येशू मृतावस्थामा हुनुहुन्थ्यो।a त्यसैले शैतान र त्यसका प्रेतहरू पनि हजार वर्षसम्म मृतावस्थामाझैं निस्क्रिय हुनेछन्‌ भन्‍ने निष्कर्षमा पुग्नु मनासिब हो। धार्मिकताका प्रेमीहरूका लागि कस्तो राम्रो समाचार हो यो!

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने