प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • आउँदो हजार वर्षका लागि अहिले देखिन्‌ सङ्‌गठित्‌ हुने
    प्रहरीधरहरा—१९९० | मे १
    • ३ यहोवाको राज्यमा येशू ख्रीष्ट र उहाँको गौरवमय १४४,००० चेलाहरूले हजार वर्ष सम्म शासन गर्नेछन्‌ भनेर अगमवाणी गरिएको थियो। त्यो हजार वर्षे राज्य बारे, वृद्ध प्रेरित यूहन्‍नाले यसो भनेर लेख्नु भयो: “मैले सिंहासनहरू र तीमाथि बस्नेहरूलाई देखें, र तिनीहरूलाई इन्साफ गर्ने अख्तियार दिइयो। औ येशूको साक्षीको निम्ति, र परमेश्‍वरको वचनको निम्ति शिर काटिएकाहरू, र त्यस जानवरलाई र त्यसको मूर्ति पूजा नगर्नेहरू र त्यसको चिन्ह निधारमा र हातमा नलिनेहरूका आत्माहरूलाई मैले देखें। तिनीहिरू फेरि बाँचे र ख्रीष्टसँग एक हजार वर्ष सम्म राज्य गरे। (बाँकी मरेकाहरूचाहिं त्यो एक हजार वर्ष नबितुञ्जेल वाँचेनन्‌। पहिलो पुनरूत्थानमा भाग पाउने धन्य र पवित्र हो! तिनीहरूमाथि दोस्रो मृत्युको शक्‍ति हुँदैन तर तिनीहरू परमेश्‍वर र ख्रीष्टका पूजाहारीहरू भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्‌।”—प्रकाश २०:४-६

      ४ हजार वर्षलाई सहस्र वर्ष पनि भन्छन्‌। यसकारण ख्रीष्टको शासनकाललाई सहस्र वर्षको स्थायी राज्य पनि भन्छन्‌। बाइबलको यो शिक्षालाई स्वीकारगरेर अरूहरूलाई सिकाउनेहरूलाई कहिले, अंग्रेजीमा मिलेनेरियन्स वा किल्यिस्ट पनि भन्‍ने गर्छन्‌। किनभने युनानी भाषामा हजारलाई किलिया भन्छन्‌। चाखलाग्दो कुराके हो भने, प्रहरीदुर्ग प्रकाशन सोसाइटीले केही समय अघि प्रकाशन गरेको स्टडीज इन द स्क्रीपचर्स शुरूमा सहस्र वर्ष स्थायी उषा कहलाइनथियो। अन्तर्जातीय बाइबल विद्यार्थीहरूको सङ्‌गीत पुस्तकलाई पनि सहस्र वर्ष स्थायी उषाको भजनहरू भन्‍ने गरथिए।

  • आउँदो हजार वर्षका लागि अहिले देखिन्‌ सङ्‌गठित्‌ हुने
    प्रहरीधरहरा—१९९० | मे १
    • ७ तथापि, शास्त्र अनुसार, येशू ख्रीष्टको हजार वर्षे शासन भविष्यमा आउनु बाँकीनै छ। बाइबलको अगमवाणीको वर्तमान पूर्ति अनुसार त्यो अति नै नजिक छ। आँउदो साँचो हजार वर्षे राज्य भरि, शैतान र त्यस्का प्रेतहरू वास्तवमा अगाध खाँद भित्र बन्द हुनेछन्‌ तब येशू ख्रीष्ट र उहाँको १४४,००० सह शासकहरूले शैतानको सङ्‌गठनबाट कुनै हस्तक्षेप बिना, सारा मानव जाति माथि शासन गर्नेछन्‌। यो दुष्ट रीतिरिवाजको अन्तमा पहिला कहिले नभएको “सङ्‌कष्ट” हुनेछ। यो सङ्‌कष्ट बाट “ठूलो भीड़” बाँच्ने छ र यहोवाले आफ्नो “मित्र” अब्राहाम सँग, सारा मानिसजातिलाई अनन्त आशिष दिने जुन प्रतिज्ञागर्नु भएको थियो, त्यो प्रतिज्ञाको पूर्ति, सर्व प्रथम त्यो ठूलो भीड़बाट शुरू हुनेछ। त्यस पछि, येशू ख्रीष्ट अथवा “थुमाको रगत” द्वारा छुटकारा पाएर पुनरूत्थानमा आउने अरबौं व्यक्‍तिहरूले पनि, त्यो प्रतिज्ञा बाट लाभ उठाउनेछन्‌। (याकूब २:२१-२३; प्रकाश ७:१-१७; उत्पत्ति १२:३; २२:१५-१८; मत्ती २४:२१, २२) तिनीहरू मृत्युको निद्रा देखिन्‌ आफ्नो चिहान बाट पृथ्वीमा जीवन पाउन आउनेछन्‌।—यूहन्‍ना ५:२८, २९

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने