-
परमेश्वरको न्यायको दिन—त्यसको आनन्दमय परिणाम!प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
७, ८. (क) कुन पुस्तक खोलिन्छ र त्यसपछि के हुन्छ? (ख) कसकसको पुनरुत्थान हुनेछैन?
७ यूहन्ना फेरि यसो भन्छन्: “औ अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। औ तिनीहरूले जे जे गरेका थिए, ती पुस्तकहरूमा तिनीहरूका काम लेखिएबमोजिम ती मरेकाहरूको इन्साफ भएको थियो। अनि समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो, औ मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले। औ तिनीहरू प्रत्येकको आफ्नो आफ्नो कामअनुसार इन्साफ भयो।” (प्रकाश २०:१२ख, १३) अति नै रोमाञ्चकारी दृश्य! ‘समुद्र, मृत्यु, पाताल’, सबैको आ-आफ्नो भूमिका छ। तर यहाँ विचार गर्नु पर्ने कुरा के छ भने ती अभिव्यक्तिहरू सम्पूर्णतः बेग्लै छैनन्।a उदाहरणका लागि, योना समुद्रको माझमा माछाको पेटभित्र हुँदा उनको भनाइअनुसार उनी पातालमा [शिओल अथवा हेडिस, NW] थिए। (योना २:२) कुनै व्यक्ति आदमद्वारा आएको मृत्युको जकडमा परेको छ भने ऊ पनि सम्भवतः पातालमै छ भन्न मिल्छ। हो, कोही पनि बिर्सिइने छैन भन्ने पक्का आश्वासन यी भविष्यसूचक शब्दहरूमा पाउन सकिन्छ।
-
-
परमेश्वरको न्यायको दिन—त्यसको आनन्दमय परिणाम!प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
a तर समुद्रबाट पुनरुत्थान हुनेहरूमध्ये ती भ्रष्ट जनहरू चाहिं हुनेछैनन् जो नूहको समयमा जलप्रलयमा नष्ट भएका थिए; तिनीहरूको त्यो विनाश आखिरी थियो; जसरी महासङ्कष्टमा यहोवाको न्याय कार्यान्वयन पनि आखिरी हुनेछ।—मत्ती २५:४१, ४६; २ पत्रुस ३:५-७.
-