गीत ४०
गरिरह खोजी राज्यको पहिले
छापिएको संस्करण
१. याहलाई छ अनमोल केही,
उनलाई खुसी तुल्याउने;
त्यो हो ख्रीष्ट येशूको राज्य;
सच्याउँछ सब थोक यसले।
(कोरस)
खोज या’को राज्य पैले;
साथै सदाचार उनको।
विश्वासी भई सेवा गर;
गाऊ है गुनगान पिताको।
२. नगर फिक्री भोलिको;
नभन खै के खाने!
प्रबन्ध छ यहोवाको;
खोजेमा राज्य पैले।
(कोरस)
खोज या’को राज्य पैले;
साथै सदाचार उनको।
विश्वासी भई सेवा गर;
गाऊ है गुनगान पिताको।
३. सुनाऊ राज्यको समाचार;
नम्रले पाऊन् थाहा।
याह र उनको शासनमा;
छ ठूलो तिनको आशा।
(कोरस)
खोज या’को राज्य पैले;
साथै सदाचार उनको।
विश्वासी भई सेवा गर;
गाऊ है गुनगान पिताको।
(भज. २७:१४; मत्ती ६:३४; १०:११, १३; १ पत्रु. १:२१ पनि हेर्नुहोस्)