गीत १०९
यहोवाको पुत्रको जय होस्!
छापिएको संस्करण
१. जय होस् या’को पुत्र!
या’द्वारा बने राजा।
सत्य, न्याय र आशिष् ल्याउँछ
उनको शासनले।
महिमा र आदरसाथ आउँछन्
या’को नाममा;
पवित्र पार्छन् नाम त्यो
र ठहराउँछन् सच्चा।
(कोरस)
जय होस् या’को पुत्र!
प्रशंसा गरौं उनको।
सियोनको पर्वतबाट
सुरु भो शासन उनको।
२. जय होस् या’को पुत्र!
जो मरे हाम्रो लागि।
मोल तिरे छुटकाराको
पायौं है क्षमा पापको।
ख्रीष्टकी दुलही
उनलाई कुर्छिन् सजिएर।
देखाउँछ यो विवाहले
या’ साँचो भनेर।
(कोरस)
जय होस् या’को पुत्र!
प्रशंसा गरौं उनको।
सियोनको पर्वतबाट
सुरु भो शासन उनको।
(भज. २:६; ४५:३, ४; प्रका. १९:८ पनि हेर्नुहोस्)