गीत ९८
राज्यको बीउ छर्ने
छापिएको संस्करण
१. दिलोज्यान सबै नै अर्पने,
हे या’का प्यारा सेवक हो!
लौ आऊ गरौं काम येशूको,
पछ्याइरहौं पाइला उनको।
ढुक्क हुँदै छर्नू सत्यको बीउ,
फलाउनेछन् फल नम्रले।
हुनेछ महिमा याह प्रभुको;
तिम्रो लगन, वफादारीले।
२. छर्दै जाँदा पर्लान् केही बीउ,
चट्टानजस्तो कडा मनमा;
सुन्नेछन् तिनले केही बेरलाई,
ओइलाउँछन् तर अन्तमा।
निसासिनेछन् काँडाले केही,
लाग्नेछन् संसारको पछि।
तर असल जमिनमा छरिएको
बीउ निश्चय नै हुर्कनेछ।
३. कुन हदसम्म सफल हुनेछौ,
तिमीमा पनि भर पर्छ।
धीरज र प्रेम देखायौ भने
मन सबको पक्कै छुनेछ।
साहसी र नम्र भई अरूको
चिन्ता र फिक्री हटाइदेऊ।
सय गुणा फल नै नफले तापनि
कम्तिमा तीस गुणा पाउनेछौ।
(मत्ती १३:१९-२३; २२:३७ पनि हेर्नुहोस्)