गीत १२०
सुनौं, मानौं र आशिष् पाऔं
१. येशूको शिक्षा जीवनको ज्योति हो!
चम्काउँदै के हामी अघि बढ्छौं?
सुन्दा केवल आनन्द मिले पनि,
पालन गरेमा आशिष् पाउनेछौं।
(कोरस)
सुनौं, मानौं; आशिष् पाऔं,
याहले आज्ञा गर्दा।
या’को कृपा र खुसी पाउनलाई;
सुनौं, मानौं; आशिष् पाऔं।
२. घर बलियो चट्टानमाथि बनेको!
ढाल्दैन आँधी, हुरी, बतासले।
जीवन सुरक्षित येशूमा चलेको,
पोल्दैन दुःख, चिन्ता, फिक्रीले!
(कोरस)
सुनौं, मानौं; आशिष् पाऔं,
याहले आज्ञा गर्दा।
या’को कृपा र खुसी पाउनलाई;
सुनौं, मानौं; आशिष् पाऔं।
३. ऋतु ऋतुमा फल दिन्छ है सधैं;
खोला छेउमा रोपेको बोटैले।
जीवन र आशिष् पाउनेछ प्रशस्तै,
याहको ज्ञानी सन्तान बन्नेले।
(कोरस)
सुनौं, मानौं; आशिष् पाऔं,
याहले आज्ञा गर्दा।
या’को कृपा र खुसी पाउनलाई;
सुनौं, मानौं; आशिष् पाऔं।
(व्यव. २८:२; भज. १:३; हितो. १०:२२; मत्ती ७:२४-२७ पनि हेर्नुहोस्)