गीत १०४
यहोवाको गुणगान गाऔं
छापिएको संस्करण
१. गुणगान गाऔं;
यहोवाको!
सब थोक दिने बुबा
उनी हाम्रो।
धन्य भन्छौं नाउँलाई उनको।
मूल उनी शक्ति र प्रेम दुवैको।
गाउँछौं प्रशंसा लिंदै नाउँ उनको।
२. गुणगान गाऔं;
या’ प्रभुको।
बिन्ती सुनी उनले टार्छन् खाँचो।
निर्धालाई बल
दिन्छन् उनी।
नम्रलाई दिन्छन् पवित्र शक्ति।
बखान गर्छौं उनको सधैंभरि।
३. गुणगान गाऔं।
न्यायी याह;
भर पर्दा उनमा पाउँछौं सान्त्वना।
उनी नै हुन्, सब सच्याउने,
निको पार्ने,
थुप्रै आशिष् दिने।
प्रशंसा गरौं आऊ खुसीले।
(भज. ९४:१८, १९; १४५:२१; १४७:१; १५०:२ पनि हेर्नुहोस्)