गीत १२१
एकअर्कालाई प्रोत्साहन देऔं
छापिएको संस्करण
१. या’को सेवा गर्नको लागि,
एकअर्कालाई झकझकाउँदा;
बलियो हुन्छ हाम्रो बन्धन;
छाउँछ शान्ति र एकता।
या’का जनबीचको न्यानो प्रेमले,
दिन्छ साहस सहनलाई।
शरण हो हाम्रो यो मण्डली;
उपस्थित हुन्छौं ढुक्क भई।
२. मिल्छ ठूलो सान्त्वना मनलाई,
सही समयमा बोल्दा।
प्यारा र वफादार साथीले
दिन्छन् सधैं नै सान्त्वना।
विश्वास र आशा एउटै हाम्रो,
काम गर्छौं सँगसँगै मिली।
पार्छौं बलियो एकअर्कालाई;
मिलिजुली बोक्दछौं बोझ।
३. नजिकै आयो दिन याहको,
देख्छौं विश्वासको आँखाले।
भइरहौं भेला एकै ठाउँमा;
बचाउँछन् अनि याहले।
एक हुँदै यहोवाका जनमाझ,
गर्नेछौं सधैंलाई सेवा।
दिन्छौं त्यसैले यो प्रोत्साहन;
कायम राख्नु आफ्नो निष्ठा।
(लूका २२:३२; प्रेषि. १४:२१, २२; गला. ६:२; १ थिस्स. ५:१४ पनि हेर्नुहोस्)