गीत ७०
‘अझ महत्त्वपूर्ण कुराहरू पक्का गर’
छापिएको संस्करण
१. निकै खाँचो छ समझ अहिले
था’ पाउन सत्य कुरा;
साथै बुझ्न महत्त्वपूर्ण
अनि गर्नै पर्ने कुरा।
बनाऊ खुसी यहोवालाई;
खराब होइन, असल रोज;
आशिष् पाऊ; सधैं नै बिन्ती गर्नू
अध्ययन गर्नू;
यी हुन् जरुरी।
२. निकै महत्त्वपूर्ण है साथी
अरूलाई प्रचार गर्नू,
या’का भेडालाई खोज्नु र
तिनलाई या’को मार्गमा ल्याउनु।
माया गरौं छिमेकीलाई।
खाँचो तिनको सत्य सुन्नु र बुझ्नु।
देउ न है मदत तिनलाई।
मुक्ति पाउन
प्रचार जरुरी।
३. महत्त्वपूर्ण काम गर्दाखेरि
विश्वास हुन्छ बलियो।
पाउनेछौं शान्ति याहबाटको;
हुनेछ आशा पक्का।
पाउँछौं साँचो मित्र प्यारा
छाउँछ माया।
वर्षा हुन्छ आशिष्,
जब हामी सिक्छौं, बुझ्छौं,
अनि गर्छौं जे छन् जरुरी।
(भज. ९७:१०; मत्ती २२:३७; यूह. २१:१५-१७; प्रेषि. १०:४२ पनि हेर्नुहोस्)