उपलब्ध साहित्यहरू
वर्षौंदेखि “विश्वासी अनि बुद्धिमान दास[ले]” क्षेत्रमा चलाउन अद्भुत साहित्यहरूको प्रबन्ध गरेको छ। ती साहित्यहरू ‘ठीक ठीक समयको खाना’ साबित भएका छन् र यसबाट लाखौंले सत्यको सही ज्ञान प्राप्त गर्न मदत पाएका छन्। (मत्ती २४:४५) प्रकाशकहरूले प्रत्येक महिना हाम्रो राज्य सेवकाई-मा सुझावित साहित्यहरू लैजानु असल भए तापनि घरधनीका आवश्यकताहरूप्रति विचार पुऱ्याउँदै अन्य साहित्यहरू पनि लानसक्छन्। हाम्रो स्टकमा भएका प्रशस्त पुस्तकहरूको सूची तल दिइएको छ र सम्पूर्ण मण्डलीलाई आफ्नो स्थानीय क्षेत्रमा प्रयोग गरिने भाषाका यी साहित्यहरू चाहिंदो मात्रामा माग गर्न हामी प्रोत्साहन दिन्छौं। प्रकाशकहरूलाई ती साहित्यहरू आफ्नो व्यक्तिगत पुस्तकालयमा राख्न, बाइबल अध्ययनहरू तथा पुनःभेटमा जाँदा प्रस्तुत गर्न र उचित भए ढोका-ढोकाको सेवकाईमा प्रस्तुत गर्न प्रोत्साहन दिइन्छ।
एक मात्र साँचो परमेश्वको उपासनमा एकताबद्ध, तामिल, नेपाली, मराठी र मल्यालम; कसरी रगतले तपाईंको जीवन बचाउँछ, अंग्रेजी, कन्नडा, तामिल, तेलगु मराठी, मल्यालम र हिन्दी; के तपाईंले त्रिएकमा विश्वास गर्नुपर्ने हो? अंग्रेजी, कन्नडा, कोंकणी (कन्नडा र रोमन दुइटै लिपीमा), गुजराती, तामिल, तेलगु, बंगाली, मराठी, मल्यालम, मिजो र हिन्दी; चर्चाका लागि बाइबलका विषयहरू, कन्नडा, गुजराती, बंगाली र मराठी; तपाईं सधैंभरि पार्थिव प्रमोदवनमा बाँच्न सक्नु हुन्छ, अंग्रेजी (ठूलो साइज), गुजराती, बंगाली र मराठी; “तपाईंको राज्य आओस्,” अंग्रेजी, कन्नडा, गुजराती, तामिल, मराठी र हिन्दी; तपाईंको युवावस्था—त्यसबाट सर्वोत्तम लाभ उठाउने र युवा जनहरूले सोध्ने प्रश्नहरू—उपयोगी जवाफहरू, तामिल र मल्यालम; बीसौं शताब्दीमा यहोवाका साक्षीहरू, अंग्रेजी, कन्नडा, गुजराती, तामिल, तेलगु, बंगाली, मराठी, मल्यालम र हिन्दी; यहोवाका साक्षीहरू—विश्वभरि परमेश्वरको इच्छा गर्न एकताबद्ध, अंग्रेजी, गुजराती, तामिल, तेलगु, नेपाली, मराठी, मल्यालम र हिन्दी। नियमित तवरमा चलाइने विभिन्न भाषाका पुस्तिकाहरू पनि हाम्रो स्टकमा प्रशस्त छन्। ती पुस्तिकाहरू पनि यस महिना प्रस्तुत गरिनेछ।