प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 सेप्टेम्बर p. १
  • विश्‍वासले हिंड्‌नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वासले हिंड्‌नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • विश्‍वास—हामीलाई बल दिने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • “विश्‍वासमा दह्रो भएर बस”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 सेप्टेम्बर p. १

विश्‍वासले हिंड्‌नुहोस्‌

१ करोडौं मानिसहरू आफ्नो भौतिक सरसम्पत्तिलाई नै सर्वस्व ठान्छन्‌ र मूर्ख भई धनसम्पत्तिको भ्रामक शक्‍तिमा भरोसा राख्छन्‌। (मत्ती १३:२२) तिनीहरूले आफ्नो धनसम्पत्ति गुम्दा, चोरी हुँदा वा त्यसबाट कुनै खास लाभ उठाउन नसक्दा कडा पाठ सिक्छन्‌। हामीलाई बुद्धिमानी मार्ग पछ्याई आध्यात्मिक सम्पत्ति खोज्न आग्रह गरिएको छ। (मत्ती ६:१९, २०) यसमा ‘विश्‍वासले हिंड्‌नु’ समावेश छ।—२ कोरि. ५:७.

२ “विश्‍वास” शब्द युनानी भाषाबाट अनुवाद गरिएको हो र त्यसले निर्भरता, भरोसा, दृढ आस्था भन्‍ने अर्थ बुझाउँछ। विश्‍वासले हिंड्‌नुको अर्थ परमेश्‍वरमा भरोसा राख्दै कठिन परिस्थितिहरूको सामना गर्नु, हाम्रो मार्गलाई डोऱ्‍याउने उहाँको क्षमता र हाम्रा आवश्‍यकताहरूको हेरचाह गर्ने उहाँको इच्छुकतामा भरोसा राख्नु हो। येशूले सिद्ध उदाहरण बसाल्नुभयो। उहाँले साँच्चै महत्त्वपूर्ण कुराहरूमा ध्यानकेन्द्रित गर्नुभयो। (हिब्रू १२:२) त्यसरी नै, हामीले आफ्नो हृदय अदृश्‍य, आध्यात्मिक कुराहरूमा केन्द्रित गर्नुपर्छ। (२ कोरि. ४:१८) हाम्रो वर्तमान जीवनको अनिश्‍चिततालाई कहिल्यै बिर्सनु हुँदैन र यहोवामा पूर्ण भरोसा राख्नुपर्छ भनेर स्वीकार्नैपर्छ।

३ यहोवाले आफ्नो दृश्‍य संगठनको निर्देशनमा “विश्‍वासी र बुद्धिमान दास” मार्फत हामीलाई डोऱ्‍याइरहनुभएको छ भनेर पनि हामी दृढ निश्‍चित हुनुपर्छ। (मत्ती २४:४५-४७) मण्डलीमा “अगुवा लिनेहरूप्रति आज्ञाकारी” भएर हामी विश्‍वास प्रदर्शन गर्छौं। (हिब्रू १३:१७, NW) नम्रतापूर्वक ईश्‍वरतान्त्रिक प्रबन्धलाई समर्थन गरेर हामी यहोवामा भरोसा देखाउँछौं। (१ पत्रु. ५:६) संगठनलाई अह्राइएको काममा सम्पूर्ण हृदयले सहयोग गर्न हामी प्रेरित हुनुपर्छ। यसले हामीलाई आफ्ना भाइहरूसित प्रेम र एकताको बलियो बन्धनमा घनिष्ठ बनाउनेछ।—१ कोरि. १:१०.

४ विश्‍वासलाई कसरी सुदृढ बनाउने: हामीले आफ्नो विश्‍वासलाई गतिहीन राख्नै हुँदैन। त्यसलाई सुदृढ पार्न कडा संघर्ष गर्नुपर्छ। अध्ययन, प्रार्थना तथा सभाहरूमा नियमित तवरले उपस्थित हुँदा हाम्रो विश्‍वासलाई सुदृढ पार्न मदत पाउँछौं र फलतः यहोवाको मदतले जस्तोसुकै परीक्षा सहनसक्छौं। (एफि. ६:१६) के तपाईंले दिनहुँ बाइबल पढ्‌न अनि सभाहरूको लागि तयारी गर्न राम्रो तालिका कायम गर्नुभएको छ? के तपाईं आफूले सिकेका कुराहरू प्रायः मनन गर्नुहुन्छ र के तपाईं प्रार्थनामा यहोवालाई पुकार्नुहुन्छ? सबै सभाहरूमा उपस्थित भएर मौका मिल्ने बित्तिकै तिनमा भाग पनि लिने के तपाईंको बानी छ?—हिब्रू १०:२३-२५.

५ असल कार्यहरूबाट बलियो विश्‍वास प्रमाणित हुन्छ। (याकू. २:२६) हाम्रो विश्‍वास प्रदर्शन गर्ने एउटा उत्तम तरिका, हाम्रो आशाबारे अरूलाई घोषणा गर्नु हो। के तपाईं सुसमाचार बताउने अवसरहरू खोज्नुहुन्छ? सेवकाईमा अझ बढी गर्न के तपाईंको परिस्थितिलाई छाँटकाँट गर्न सकिन्छ? हाम्रो सेवकाईको गुणस्तर तथा प्रभावकारिता बढाउन हामीले पाएका सुझाउहरू के तपाईं लागू गर्नुहुन्छ? के तपाईंले व्यक्‍तिगत आध्यात्मिक लक्ष्यहरू राखेर ती हासिल गर्ने यत्न गर्नुहुन्छ?

६ दैनिक जीवनका टन्टामा चुर्लुम्मै डुब्न र भौतिकवादी वा स्वार्थी इच्छाहरूले आध्यात्मिक दृष्टिलाई धमिलो हुन नदिन येशूले चेताउनी दिनुभयो। (लूका २१:३४-३६) हाम्रो विश्‍वासको जहाज डुब्न नदिन हामी कसरी हिंड्‌छौं, त्यसबारे असाध्यै सतर्क हुनुपर्छ। (एफि. ५:१५; १ तिमो. १:१९) हामी सबैको आशा यही छ, अन्तमा हामी सबैले ‘उत्तम लडन्त लडेका छौं, दौड सिध्याएका छौं, विश्‍वासलाई बचाइराखेका छौं’ भनी घोषणा गर्न सक्नेछौं।—२ तिमो. ४:७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने