प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • पढ्‌नमा समय लगाउनुहोस्‌
    प्रहरीधरहरा—१९९६ | मे १५
    • देवर-भाउजू विवाहको प्रबन्धअनुरूप तिनले बोअजद्वारा “नाओमीको” निम्ति छोरा जन्माउँछिन्‌। रूथ, दाऊद र अन्ततः येशू ख्रीष्टको पुर्खा भइन्‌। यसरी तिनले “पाउनुपर्ने सबै कुरा” पाइन्‌। यसबाहेक, यस धर्मशास्त्रीय विवरण पढ्‌नेहरूले बहुमूल्य पाठ सिक्छन्‌: यहोवाप्रति वफादार हुनुहोस्‌ र तपाईंले प्रचुर मात्रामा आशिष्‌ पाउनुहुनेछ।—रूथ २:१२; ४:१७-२२; हितोपदेश १०:२२; मत्ती १:१, ५, ६.

      १६. तीन हिब्रूहरूले कस्तो परीक्षा सामना गरे र यो विवरणले हामीलाई कसरी मदत गर्नसक्छ?

      १६ शद्रक, मेशक र अबेद्‌नगो नाउँ भएका हिब्रूहरूको विवरणले हामीलाई परीक्षाको क्षणमा पनि परमेश्‍वरप्रति विश्‍वासी हुन मदत दिनसक्छ। दानियल अध्याय ३ ठूलो स्वरले पढ्‌नुहुँदा त्यो घटनालाई कल्पना गर्नुहोस्‌। दूरा भन्‍ने मैदानमा एउटा ठूलो सुनको मूर्ति खडा गरियो र त्यहाँ सबै बेबिलोनी पदाधिकारीहरू भेला भएका छन्‌। बाजाहरू बजेको सुन्‍ने बित्तिकै, राजा नबूकदनेसरले खडा गरेको मूर्तिसामु घोप्टो परेर तिनीहरू त्यसको उपासना गर्छन्‌। शद्रक, मेशक र अबेद्‌नगोबाहेक सबैले त्यसो गर्छन्‌। तिनीहरूले राजालाई आदरभावका साथ दृढतापूर्वक तिनका देवताहरू र त्यो सुनको मूर्तिलाई उपासना नगर्ने कुरा बताउँछन्‌। यी जवान हिब्रूहरू दन्केको आगोको भट्टीमा फालिन्छन्‌। तर के हुन्छ? त्यहाँ हेरिरहँदा राजाले चार हृष्टपुष्ट मानिसहरू देख्छन्‌ जसमध्ये एकको “अनुहारचाहिं . . . ईश्‍वरजस्तै देखिन्छ।” (दानियल ३:२५) ती तीन हिब्रूहरू आगोको भट्टीबाट निकालिन्छन्‌ र नबूकदनेसरले तिनीहरूका परमेश्‍वरको प्रशंसा गर्छन्‌। यस विवरणलाई कल्पना गर्नु इनामदायी भएको छ। परीक्षाको क्षणमा यहोवाप्रति विश्‍वासी हुने सन्दर्भमा कति राम्रो पाठ!

      परिवारको रूपमा बाइबल पढेर लाभ उठाउनुहोस्‌

      १७. तपाईंको परिवारले सँगै बसेर बाइबल पढ्‌दा सिक्नसक्ने केही लाभदायी बुँदाहरू छोटकरीमा उल्लेख गर्नुहोस्‌।

      १७ तपाईंको परिवारले नियमित तवरमा सँगै बसेर बाइबल पढ्‌दा धेरै लाभहरूको आनन्द उठाउन सक्नुहुन्छ। उत्पत्तिबाट सुरु गरेर तपाईंले सृष्टि र मानिसको सुरुको प्रमोदवनरूपी घर हेर्न सक्नुहुन्छ। तपाईंले विश्‍वासी कुलपिता र तिनीहरूका परिवारका अनुभवहरू बाँड्‌न सक्नुहुन्छ र इस्राएलीहरू सँगसँगै लाल समुद्रको ओबानो भूमिमा हिंड्‌न सक्नुहुन्छ। ठिटो गोठालो दाऊदले अजङको पलिश्‍ती गोल्यतलाई हराएको हेर्न सक्नुहुन्छ। तपाईंको परिवारले यरूशलेममा निर्माणाधीन यहोवाको मन्दिरमा ध्यान दिनसक्छन्‌ अनि बेबिलोनी जमातद्वारा त्यसको नाश र राज्यपाल यरूबाबेलको नेतृत्त्वमा मन्दिर पुनःनिर्माण गरेको हेर्नसक्छन्‌। बेतलेहेमका निम्न वर्गीय गोठालाहरूसँगै तपाईंले येशूको जन्मबारे स्वर्गदूतहरूले गरेको घोषणा सुन्‍न सक्नुहुन्छ। उहाँको बप्तिस्मा, सेवकाईबारे सबै विवरणहरू पाउन सक्नुहुन्छ। छुडौतीको निम्ति आफ्नो मानव शरीर दिनुभएको देख्न सक्नुहुन्छ र उहाँको पुनरुत्थान भएको आनन्दमा भाग लिन सक्नुहुन्छ। त्यसपछि, तपाईं प्रेरित पावलसँगै यात्रा गर्न सक्नुहुन्छ र मसीही धर्म फैलिंदै जाँदा मण्डलीहरू स्थापना भएको हेर्न सक्नुहुन्छ। अनि तपाईंको परिवारले प्रकाशको पुस्तकमा ख्रीष्टको हजार वर्षीय शासनलगायत प्रेरित यूहन्‍नाले भविष्यबारे देखेका महान्‌ दर्शनहरूबाट आनन्द उठाउन सक्नुहुन्छ।

      १८, १९. परिवारको रूपमा बाइबल पढ्‌ने सन्दर्भमा कस्ता सुझाउहरू प्रस्तुत गरिएका छन्‌?

      १८ परिवारको रूपमा ठूलो स्वरले बाइबल पढ्‌दै हुनुहुन्छ भने स्पष्ट र उत्साहसाथ पढ्‌नुहोस्‌। धर्मशास्त्रका केही अंशहरूमा परिवारको एक सदस्यले अर्थात्‌ सम्भवतः बुबाले वर्णानात्मक विवरण पढ्‌नसक्छन्‌। परिवार- का अन्य सदस्यहरूले बाइबल पात्रहरूको भूमिका खेल्दै आ-आफ्नो भाग सुहाउँदो भावसाथ पढ्‌नसक्छन्‌।

      १९ परिवारको रूपमा बाइबल पढ्‌दा तपाईंको पढ्‌ने क्षमतामा उन्‍नति हुनसक्छ। सम्भवतः परमेश्‍वरबारे तपाईंको ज्ञान बढ्‌नेछ र तपाईं परमेश्‍वरसित अझ घनिष्ठ हुन सक्नुहुन्छ। आसापले यसप्रकार गाए: “परमेश्‍वरको नजीक जान मेरो निम्ति असल छ। मैले तपाईंका सबै कार्यहरूको बयान गरूँ भनी मैले परमप्रभु परमेश्‍वरलाई मेरो शरणस्थान बनाएको छु।” (भजन ७३:२८) यसले तपाईंको परिवारलाई मोशाजस्तै हुन मदत दिनेछ जसले यहोवा परमेश्‍वर अर्थात्‌ “अदृश्‍यलाई देखेझैं गरी . . . स्थिर रहे।”—हिब्रू ११:२७.

      पढाइ र मसीही सेवकाई

      २०, २१. हाम्रो पढ्‌ने क्षमतासित प्रचारकार्य कसरी सम्बन्धित छ?

      २० “अदृश्‍यलाई” उपासना गर्ने इच्छाले हामीलाई असल पाठक हुन मेहनत गर्न उत्प्रेरित गर्नुपर्ने हो। राम्ररी पढ्‌नसक्ने क्षमताले हामीलाई परमेश्‍वरको वचनबाट साक्षी दिन मदत दिन्छ। निस्सन्देह, यसले हामीलाई परमेश्‍वरको राज्य प्रचारकार्यमा लागिरहन मदत दिन्छ। यसबारे येशूले आफ्ना अनुयायीहरूलाई यसरी आदेश दिनुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०; प्रेरित १:८) यहोवाका जनहरूको प्रमुख कार्य साक्षी दिनु हो र यो सम्पन्‍न गर्न पढ्‌नसक्ने क्षमताले मदत दिन्छ।

      २१ परमेश्‍वरको वचनको असल पाठक र निपुण शिक्षक हुन प्रयासको खाँचो पर्छ। (एफिसी ६:१७) अतः ‘सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न गर्नुहोस्‌।’ (२ तिमोथी २:१५) पढ्‌नमा समय लगाएर धर्मशास्त्रीय सत्यबारे ज्ञान र यहोवाको साक्षीको हैसियतमा आफ्नो क्षमता बढाउनुहोस्‌।

  • परमेश्‍वरको वचन पढ्‌नुहोस्‌ र सत्यतामा उहाँको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा—१९९६ | मे १५
    • परमेश्‍वरको वचन पढ्‌नुहोस्‌ र सत्यतामा उहाँको सेवा गर्नुहोस्‌

      “हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस्‌, म तपाईंको सत्यतामा हिंड्‌नेछु।” —भजन ८६:११.

      १. मुख्यतः यस पत्रिकाको पहिलो अंकले सत्यताबारे के भन्यो?

      यहोवाले ज्योति र सत्यता पठाउनुहुन्छ। (भजन ४३:३) उहाँले हामीलाई उहाँको वचन बाइबल पढ्‌ने र सत्य सिक्ने क्षमता पनि दिनुहुन्छ। सन्‌ १८७९ जुलाईमा प्रकाशित यस पत्रिकाको पहिलो अंकमा यसो भनिएको थियो: “सत्यता भनेको उजाड भूमिरूपी जीवनमा एउटा सानो विनीत फूलजस्तै हो। यसको वरपर लहलहाइरहेका झारपातरूपी झूटो कुराहरूले यो फूल झन्डै निस्सासिएको हुन्छ। सत्यता भेटाउन तपाईं सधैं चनाखो हुनुपर्छ। त्यसको सुन्दरता हेर्न झारपातरूपी झूट र काँढाको झाडीरूपी कट्टर कुरामा ध्यान दिनुहुँदैन। त्यो प्राप्त गर्न चाहनुहुन्छ भने आफैलाई नम्र तुल्याउनुहोस्‌। सत्यताको एउटै फूलमा सन्तुष्ट नहुनुहोस्‌। एउटै सत्य पर्याप्त भएको भए धेरै सृष्टि नै गरिने थिएन। सत्य कुरा अझ बढी जम्मा गर्नुहोस्‌ र खोज्नुहोस्‌।” परमेश्‍वरको वचन पढ्‌दा र

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने