-
घोषणाहरूराज्य सेवकाई—१९९९ | जनवरी
-
-
घोषणाहरू
▪ जनवरी महीनाका लागि साहित्य प्रस्तुति: अर्धमोल वा विशेष दरमा सूचीबद्ध गरिएका कुनै पनि पुराना १९२-पृष्ठ भएका पुस्तकहरू। प्राचीनहरूका लागि टिपोट: सोसाइटीसँग कुन-कुन पुराना प्रकाशनहरू उपलब्ध छन् जान्नको लागि कृपया, हाम्रो राज्य सेवकाई को अक्टोबर १९९८ अंक हेर्नुहोस्। भावी प्रयोगका लागि तपाईं यी पुस्तकहरू मगाइराख्न सक्नुहुन्छ। फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य। मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। गृह बाइबल अध्ययन सुरु गर्न विशेष प्रयास गरिनेछ। अप्रिल: प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को ग्राहक बनाउने। रूचि देखाउने व्यक्तिको निम्ति चाहनुहुन्छ पुस्तिका बोकीराख्नुहोस् र गृह बाइबल अध्ययन सुरु गर्न प्रयास गर्नुहोस्।
▪ जनवरी ४ तारिखको सेवा सभामा उपस्थित बप्तिस्मा प्राप्त सबै प्रकाशकहरूलाई अग्रिम चिकित्सा निर्देशन/पुर्जी र केटाकेटीहरूलाई परिचयपत्र दिइनेछ।
▪ यस वर्ष अप्रिल १, बिहिबारका दिन सूर्यास्तपश्चात् स्मरणार्थ उत्सव मनाउन मण्डलीहरूले प्रबन्धहरू मिलाउनुपर्छ। भाषण केही समय पहिल्यै सुरु गरे तापनि स्मरणार्थका प्रतीकहरू पास गर्ने कार्यक्रम भने सूर्य नअस्ताएसम्म सुरु गर्नु हुँदैन। स्थानीय स्रोतसँग सम्पर्क राखेर तपाईंको इलाकामा सूर्य अस्ताउने समयबारे सही जानकारी लिनुहोस्। हरेक मण्डलीले स्मरणार्थ उत्सव बेग्लाबेग्लै ठाउँमा मनाउनु बेस हो तर यो सधैं सम्भव नहुनसक्छ। यदि सामान्यतः थुप्रै मण्डलीहरूले एउटै राज्यभवन प्रयोग गर्छन् भने उक्त साँझ एक वा बढी मण्डलीले अर्कै भवन भाडामा लिनसक्छन्। सम्भव भएमा स्मरणार्थ उत्सव कार्यक्रमको अघिपछि आगन्तुकहरूलाई अभिवादन गर्न, नवजिज्ञासुहरूलाई आध्यात्मिक मदत दिन र समारोहको पूरापूर आनन्द उठाउन कमसे कम ४० मिनेट समय दिनुहुन्छ कि भन्ने सुझाव हामी दिन चाहन्छौं। ट्राफिक र पार्किङलगायत यात्री उत्रने र चढ्ने ठाँउको विषयमा पनि सोच्नुपर्छ। यस सन्दर्भमा के गरे बेस होला प्राचिनहरूले फैसला गर्नेछन्।
▪ सन् १९९९ को स्मरणार्थ उत्सवको विशेष जनभाषण आइतबार, अप्रिल १८ तारिखका दिन दिइनेछ। भाषणको विषय हुनेछ “परमेश्वर र छरछिमेकसँग साँचो मित्रता”। यो भाषणको रूपरेखा उपलब्ध गराइनेछ। त्यस हप्ता क्षेत्रीय निरीक्षकको भ्रमण, क्षेत्रीय सम्मेलन अथवा त्यो सप्ताहमा विशेष सम्मेलन दिन हुने मण्डलीहरूमा उक्त भाषण त्यसपछिको हप्तामा दिइनेछ। अप्रिल १८, १९९९ अघि कुनै पनि मण्डलीमा यो विशेष भाषण दिनु हुँदैन।
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
तपाईंको चिन्ता गर्ने परमेश्वर हुनुहुन्छ?—अङ्ग्रेजी
हामी मरेपछि के हुन्छौं?—अङ्ग्रेजी
युवाजनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ —कन्नडा, नेपाली, मराठी र हिन्दी
ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ—आसामी र उरिया
बाइबलबाट कसरी छलफल सुरु गर्ने र कायम राख्ने (पृष्ठ ९-२४ तर्क पुस्तकबाट) (१६-पृष्ठ भएको)—नेपाली
▪ उपलब्ध नयाँ अडियो-क्यासेट:
तपाईंको आँखा निर्मल राख्नुहोस् (एउटा मात्र)—अङ्ग्रेजी, कन्नडा, गुजराती, तामिल, तेलगु, मल्यालम र हिन्दी
(अडियो-क्यासेटको मूल्य अग्रगामीलाई रु. ६०.०० र प्रकाशकलाई रु ७०.००)
-
-
अग्रगामीहरूले पुऱ्याउनुपर्ने घण्टामा काँटछाँटराज्य सेवकाई—१९९९ | जनवरी
-
-
अग्रगामीहरूले पुऱ्याउनुपर्ने घण्टामा काँटछाँट
१ मण्डलीका मिहेनती नियमित तथा सहायक अग्रगामीहरूको हामी सबै मूल्यांकन गर्छौं। सीमित इलाका भएका तथा नियमित तवरले दोहऱ्याइ तेहऱ्याइ काम गरिएका ठाउँहरूमा समेत अग्रगामीहरूले जोसिलो भई परमेश्वरको राज्य सेवा गरेर उदाहरण बसालेका छन्। तिनीहरूले “अनन्त जीवनका लागि नियुक्त भएकाहरू[लाई]” खोजिरहन सबै प्रकाशकहरूलाई प्रोत्साहन दिएका छन्।—प्रेरि. १३:४८.
२ अग्रगामीहरूले सामना गरिरहेको पहाडसरी समस्याहरू सोसाइटीले बुझेको छ। त्यसमा पनि विशेषगरि व्यक्तिगत आवश्यकता पनि पूरा हुने र पूर्ण-समय सेवामा लागिरहनसक्ने खालको आंशिक जागिर खोज्ने समस्या छ। थुप्रै मुलुकहरूको विद्यमान् आर्थिक अवस्थाले गर्दा अन्य कतिपयलाई अग्रगामी गर्ने तीव्र चाहना हुँदाहुँदै पनि अग्रगामीको काम गर्न सकिरहेका छन्। गत केही महिनाहरूमा यी तथा अन्य कारणहरू विशेष ध्यानसहित विचार गरिए।
३ तसर्थ, उपरोक्त कुरालाई ध्यानमा राख्दै सोसाइटीले नियमित तथा सहायक दुवै अग्रगामीहरूले पुऱ्याउनुपर्ने घण्टामा कटौती गरेको छ। यही १९९९ सालदेखि नियमित अग्रगामीले हरेक महिना पुऱ्याउनुपर्ने घण्टा ७० हुनेछ अथवा वर्षभरि जम्मा ८४० हुनेछ। सहायक अग्रागामीले महिनामा पुऱ्याउनुपर्ने घण्टा ५० हुनेछ। विशेष अग्रगामी र मिशनरीहरूले पुऱ्याउनुपर्ने घण्टामा कुनै परिवर्तन गरिएको छैन किनकि तिनीहरूको आधारभूत आवश्यकता पूरा गर्ने प्रबन्ध सोसाइटीले नै मिलाएको छ। त्यसकारण, तिनीहरू प्रचारकार्य र चेला बनाउने कार्यमा आफ्नो सम्पूर्ण ध्यान लगाउनसक्छन्।
४ यो पुऱ्याउनुपर्ने घण्टामा गरिएको काँटछाँटले थुप्रै अग्रगामीहरूलाई सेवा गर्ने यस बहूमुल्य विशेषाधिकार पक्रिरहन मदत गर्नेछ भन्ने आशा गरिएको छ। यसले अरू थुप्रै प्रकाशकहरूलाई नियमित तथा सहायक अग्रगामीको काम गर्ने बाटो खोल्नुपर्ने हो। मण्डलीमा भएका सबैका लागि कत्रो आशिष्!
-