प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • घोषणाहरू
    राज्य सेवकाई—१९९८ | फेब्रुअरी
    • घोषणाहरू

      ▪ प्रस्तुत गरिने साहित्यहरू फेब्रुअरी: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा (ठूलो साइजको रु. ४५.००) वा सोसाइटीले सूचीबद्ध गरेको कुनै पनि पुरानो १९२ पृष्ठे पुस्तक अर्धमोल वा विशेष पुस्तक दरमा प्रस्तुत गर्न सकिन्छ। स्थानीय भाषामा यस्ता किताबहरू उपलब्ध छैनन्‌ भने ज्ञान वा पारिवारिक आनन्द पुस्तकहरू एउटाको रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ। मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ, चन्दास्वरूप रु. २०.०० मा। गृह बाइबल अध्ययन सुरु गर्न बढ्‌ता ध्यान दिनुहोस्‌। अप्रिल र मे: प्रहरीधरहरा वा ब्यूँझनुहोस्‌!-को ग्राहक बनाउने।

      ▪ मे ४, १९९८ मा सुरु हुने हप्तादेखि सेप्टेम्बर १४, १९९८ सम्म सबैका लागि उपयोगी किताब, के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? र परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकाहरू मण्डली पुस्तक अध्ययनमा पालैसँग छलफल गरिनेछ।

      ▪ मण्डलीका सचिव र सेवा निरीक्षक बसेर नियमित अग्रगामीहरूको काम पुनरावलोकन गर्नुपर्छ। तिनीहरूमध्ये कसैलाई घण्टा पुऱ्‍याउन मुस्किल परिरहेको छ भने प्राचीनहरूले सहयोग दिने प्रबन्ध गर्नुपर्छ। सुझाउका लागि अक्टोबर १, १९९३ र अक्टोबर १, १९९२ को सोसाइटीका पत्रहरू (S-201) हेर्नुहोस्‌। अक्टोबर १९८६ को हाम्रो राज्य सेवकाई (अंग्रेजी) परिशिष्टको अनुच्छेद १२-२० पनि हेर्नुहोस्‌।

      ▪ स्थानीय इलाकामा हुने सम्मेलनहरूमा मण्डली उपस्थित हुँदा प्राचीनहरूको निकाय यी कुराहरूबारे सजग हुनुपर्छ: विशेष सम्मेलन दिन कार्यक्रम परेको हप्तामा जनभाषण र प्रहरीधरहरा अध्ययन सभाबाहेक अरू सबै सभाहरू हुनेछन्‌। क्षेत्रीय सम्मेलन भएको हप्तामा भने ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला र सेवा सभा पनि हुनेछैनन्‌, मण्डली पुस्तक अध्ययन मात्र स्थानीय तवरमा हुनेछ।

  • तिर्खाउनेहरू सबैलाई निमन्त्रणा दिनुहोस्‌
    राज्य सेवकाई—१९९८ | फेब्रुअरी
    • तिर्खाउनेहरू सबैलाई निमन्त्रणा दिनुहोस्‌

      १ अगमवक्‍ता आमोसले अगमवाणी गरेबमोजिम नै अहिले मानिसहरू ‘पानीको होइन तर परमप्रभुको वचन सुन्‍ने तृष्णाले’ प्याकप्याक भइरहेका छन्‌। (आमो. ८:११) आध्यात्मिकताको यस्तो खडेरीमा मानिसहरूलाई मदत गर्नको लागि इमानदार मानिसहरूलाई पाप र मृत्युबाट मुक्‍त गर्ने परमेश्‍वरको प्रबन्धबारे बताउँछौं। यस प्रबन्धलाई प्रकाशको अन्तिम अध्यायमा “जीवनको नदी” भनेर वर्णन गरिएको छ। धार्मिकताको लागि तिर्खाउनेहरूलाई ‘जीवनको पानी सित्तैंमा लिन’ निमन्त्रणा दिने हामीसँग विशेषाधिकार छ। (प्रका. २२:१, १७) फेब्रुअरी महिनाको दौडान यो निमन्त्रणा कसरी दिनसक्छौं? पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक अथवा अर्धमोल वा विशेष दरमा सूचीबद्ध गरिएका कुनै पुरानो प्रकाशन प्रस्तुत गरेर। स्थानीय भाषामा उक्‍त पुस्तकहरू उपलब्ध नभए ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ वा पारिवारिक आनन्दको रहस्य पुस्तक प्रस्तुत गर्न सकिन्छ। निम्न प्रस्तुतिहरू चलाउन सक्नुहुन्छ:

      २ थुप्रै मानिसहरू स्वास्थ्य सम्बन्धमा चिन्तित हुने हुनाले यसो भने प्रभावशाली हुनसक्छ:

      ▪ “राम्रो स्वास्थोपचार गर्न साह्रै खर्चिलो भएकोले थुप्रै व्यक्‍तिहरू चिन्तित छन्‌। तपाईंले पनि यसबारे यसो सोच्नुभएको होला। [जवाफ दिने मौका दिनुहोस्‌।] के यो समस्याको कुनै स्थायी समाधान छ? [जवाफ पर्खनुहोस्‌।] यहाँ एउटा अद्‌भुत प्रत्याशा छ, हेर्नुहोस्‌ त।” प्रकाश २१:३, ४ पढ्‌नुहोस्‌। तत्पश्‍चात्‌ सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको पृष्ठ १६२ को चित्र पल्टाउनुहोस्‌ र त्यसलाई बुझाउन पृष्ठ १६४ को अनुच्छेद १७ र १८ चलाउनुहोस्‌। अन्तमा यसो भन्‍नुहोस्‌: “यस प्रकाशनले यस्तो अवस्था कसरी अनि कहिले आउँछ भन्‍नेबारे बताउँछ।” पुस्तक दिनुहोस्‌ र पुनःभेट गर्ने प्रबन्ध मिलाउनुहोस्‌।

      ३ पुनःभेटमा जानुहुँदा यसो भनेर छलफल थाल्न सक्नुहुन्छ:

      ▪ “अस्ति तपाईंकहाँ आउँदा स्वास्थ्य समस्याको स्थायी समाधानबारे कुरा गरेका थियौं। के तपाईंलाई बिरामी नै नहुने समय आउलाजस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] यो घतलाग्दो अभिव्यक्‍ति सुन्‍नुहोस्‌ त।” यशैया ३३:२४ पढ्‌नुहोस्‌। तत्पश्‍चात्‌ चाहनुहुन्छ पुस्तिकाको पाठ ५ खोल्नुहोस्‌। अनि पाठको सुरुमा भएका प्रश्‍नहरू सोध्दै अनि केही उद्धरित शास्त्रपदहरू पढ्‌दै अनुच्छेद ५ र ६ छलफल गर्नुहोस्‌। बिरामी र मृत्यु बितेर जानुको अर्थ पृथ्वीबारे परमेश्‍वरले सुरुमा गर्नुभएको प्रतिज्ञाको एउटा पूर्ति हो भनी बताउनुहोस्‌। उक्‍त पाठका अनुच्छेद १-४ र ७ छलफल गर्न फेरि भेट्‌ने प्रबन्ध मिलाउनुहोस्‌।

      ४ कसैको असामयिक मृत्यु भएको समाचार मानिसहरूको दिमागमा ताजै छ भने यसो भन्‍न सक्नुहुन्छ:

      ▪ “तपाईंले [उक्‍त समाचार बताउनुहोस्‌] सुन्‍नुभयो नै होला। अल्पायुमा नै कसैको दुःखद मृत्यु हुँदा उसको परिवारलाई के सान्त्वना दिन सकिएला र भनी थुप्रैले सोच्छन्‌। तपाईंलाई नि कस्तो लाग्छ?” जवाफ पर्खनुहोस्‌। त्यसपछि, ज्ञान पुस्तकको पृष्ठ ८६ पल्टाउनुहोस्‌ र त्यसमा भएको पुनरुत्थानको चित्र देखाउनुहोस्‌। यसो भन्दै कुराकानी जारी राख्नुहोस्‌: “धर्मी र अधर्मी मानिसहरू दुवैले पार्थिव प्रमोदवनमा पुनः जीवन पाउनेछन्‌ भन्‍ने थाह पाउँदा थुप्रै मानिसहरू तीन छक पर्छन्‌। [पृष्ठ ८७ को अनुच्छेद १७ मा उद्धरित प्रेरित २४:१५ पढ्‌नुहोस्‌। अनि उक्‍त अनुच्छेद राम्ररी बुझाउनुहोस्‌।] भविष्यको लागि परमेश्‍वरको उद्देश्‍यबारे अन्य थुप्रै चाखलाग्दो कुराहरू यस पुस्तकमा छलफल गरिएको छ। तपाईं पनि एक प्रति राखेर पढ्‌नुहोस्‌ भन्‍ने चाहन्छु।” उक्‍त व्यक्‍तिको खास रुचि तथा चासो याद गर्नुहोस्‌ र पुनःभेट गर्ने प्रबन्ध मिलाउनुहोस्‌।

      ५ पुनःभेटमा जानुहुँदा घरधनीको चासोअनुसार आफ्नो प्रस्तुति मिलाउनुहोस्‌। यसो भन्‍न सक्नुहुन्छ:

      ▪ “पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍यबारे तपाईंले अस्तिको भेटमा गर्नुभएको एउटा टिप्पणी मलाई मन पऱ्‍यो। [उक्‍त टिप्पणी दोहऱ्‍याउनुहोस्‌।] तपाईंलाई चासो लाग्नसक्ने केही विषय मैले पाएको छु।” चाहनुहुन्छ पुस्तिकाको पाठ ५ खोल्नुहोस्‌। घरधनीले चासो देखाएउञ्जेल उक्‍त पाठका सकेसम्म बढी अनुच्छेद पढ्‌दै छलफल गर्नुहोस्‌। उक्‍त पाठ पुनः छलफल गर्ने समय मिलाएपछि मण्डलीका सभाहरूको समय तालिका भएको हातेपर्ची घरधनीलाई दिनुहोस्‌। जनसभाबारे बताउनुहोस्‌ र उपस्थित हुने निमन्त्रणा दिनुहोस्‌।

      ६ पुरानो पुस्तक प्रस्तुत गर्दा पर्चाबाट सरल प्रस्तुति चलाएर कुरा थाल्न मन लाग्छ भने यसो भन्‍न सक्नुहुन्छ:

      ▪ “तपाईंलाई म शान्तिमय नयाँ संसारमा जीवन नामक यो पर्चा दिन चाहन्छु।” घरधनीलाई पर्चा दिनुहोस्‌ र तपाईंले पहिलो अनुच्छेद पढ्‌नुहुँदा ध्यान दिनुहोस्‌ भनी अनुरोध गर्नुहोस्‌। उक्‍त अनुच्छेदमा सोधिएका प्रश्‍नहरूको जवाफ दिन समय दिनुहोस्‌। दोस्रो अनुच्छेद पढ्‌नुहोस्‌ र प्रस्तुत गर्न लाग्नुभएको पुस्तकबाट प्रमोदवनको चित्र देखाउनुहोस्‌। यसो भन्दै वार्तालाप अघि बढाउनुहोस्‌: “भविष्यको निम्ति बाइबलमा भएका अद्‌भुत प्रतिज्ञाहरूबारे यस पुस्तकले अझ विस्तृत रूपमा बताउँछ।” पुस्तक प्रस्तुत गर्नुहोस्‌ र पुनःभेट गर्ने प्रबन्ध मिलाउनुहोस्‌।

      ७ हाम्रो मनमोहक निमन्त्रणाले गर्दा यहोवाले अहिले दिइरहनुभएको जीवनको पानीसमक्ष मानिसहरू आउनसक्छन्‌। त्यसकारण, तिर्खाउनेहरू सबैलाई भनौं, “आउनुहोस्‌!”—प्रका. २२:१७.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने