प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “परमेश्‍वरले हामी पनि तपाईंहरूजस्तै भएको चाहनुहुन्छ”
    प्रहरीधरहरा—१९९९ | जनवरी १५
    • “परमेश्‍वरले हामी पनि तपाईंहरूजस्तै भएको चाहनुहुन्छ”

      “प्रभुको खातिर” सांसारिक अधिकारीहरूलाई सहयोग गर्दा “असल काम गर्नेहरू” भनी “प्रशंसा” पाउने मसीहीहरूले आशा गर्नसक्छन्‌। (१ पत्रुस २:१३-१५) केही समयअघि दक्षिण अफ्रिकामा एउटा कलेजको प्रेक्षालयमा जिल्ला अधिवेशन हुँदा यहोवाका साक्षीहरूले त्यस्तै अनुभव गरे।

      अधिवेशनको पहिलो दिनमा कलेजका सुरक्षा प्रहरीहरूले सधैंको जसो होहल्ला तथा दंगाफसाद होला भन्ठानेका थिए। यहोवाका साक्षीहरूसित कहिल्यै व्यवहार गरेका थिएनन्‌। त्यसैले, तिनीहरू पक्कै छक्क पर्ने थिए!

      तिनीहरूको नियमित सुरक्षा जाँचमा जस्तै गेटबाट आवतजावत गर्ने हरेक गाडीको जाँच गरे। यस्तो जाँचले गर्दा प्रतिनिधिहरूलाई ढिलो भए तापनि मित्रैलो, धैर्य तथा आदर साथ व्यवहार गरेको देख्दा प्रहरीहरू तीन छक परे। तिनीहरू अरूजस्तो गनगन, झगडा गर्ने र खराब बोली गर्ने खालका थिएनन्‌। एक सुरक्षाकर्मीले यस्तो टिप्पणी गरे: “तपाईंहरू अरू आगन्तुकहरू जस्तो नभई नम्र अनि शान्त हुनुहुन्छ।”

      सुरक्षाकर्मीहरूको प्रमुखलाई यहोवाका साक्षीहरूको सहयोगी मनोभाव थाह भएपछि गाडीहरू जाँच नगर्ने निर्णय गरे किनभने तिनले यसो भने “तपाईंहरू अत्यन्तै अनुशासित हुनुहुन्छ।” फलस्वरूप “यहोवाका साक्षीहरू” भनी चिह्न लगाइएका गाडीहरूको जाँच नगरी भित्र पठाइन्थ्यो।

      अधिवेशनको अन्तमा सुरक्षाकर्मीहरूका प्रमुखले साक्षीहरूलाई फेरि चाँडै भेट्‌ने पाइयोस्‌ भने। तिनले यसो भने: “हामीले कहिल्यै यस्तो असल आचरण भएका मानिसहरू भेटेका छैनौं। परमेश्‍वरले हामी पनि तपाईंहरूजस्तै भएको चाहनुहुन्छ।” ‘असल चालचलन’ कायम गर्नको निम्ति यस्तो टिप्पणी साँचो मसीहीहरूको निम्ति थप प्रेरणाको स्रोत हो अनि यसप्रकार मानिसहरूले ‘हाम्रा असल कामले कृपादृष्टिको दिनमा परमेश्‍वरको महिमा गरून्‌।’—१ पत्रुस २:१२.

  • के तपाईंकहाँ पनि कोही आएको मन पराउनुहुन्छ?
    प्रहरीधरहरा—१९९९ | जनवरी १५
    • के तपाईंकहाँ पनि कोही आएको मन पराउनुहुन्छ?

      यस संकटग्रस्त संसारमा पनि परमेश्‍वरबारे बाइबलमा पाइने सही ज्ञान, उहाँको राज्य र मानिसजातिका निम्ति उहाँको अद्‌भुत उद्देश्‍य जानेर तपाईं आनन्दित हुन सक्नुहुन्छ। यसबारे थप जानकारी वा निश्‍शुल्क गृह बाइबल अध्ययन चाहनुहुन्छ भने कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ २ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने