-
नमुना प्रस्तुतिहरू कसरी चलाउनेराज्य सेवकाई—२००५ | जनवरी
-
-
नमुना प्रस्तुतिहरू कसरी चलाउने
१. दिइएका नमुना प्रस्तुतिहरूलाई हामीले कस्तो दृष्टिकोणले हेर्नुपर्छ?
१ पत्रिका तथा अन्य प्रकाशनहरू प्रस्तुत गर्ने नमुना प्रस्तुतिहरू हाम्रो राज्य सेवकाई-मा नियमित रूपमा आउने गर्छन्। सेवकाईमा भाग लिंदा हामीले यी सुझावित प्रस्तुतिहरूमा लेखिएजस्तै दुरुस्त भनिरहनु आवश्यक छैन। ती त हामीले भन्न सक्ने कुराको एउटा नमुना मात्र हुन्। ती प्रस्तुतिहरूलाई आफ्नै शब्दमा भन्यौं भने साधारणतया हाम्रो प्रस्तुति झनै प्रभावकारी हुनेछ। आफ्नै शब्दमा कुरा गर्दा घरधनीले सजिलो महसुस गर्छन् भने त्यसबाट हाम्रो निष्कपटता अनि दृढ विश्वास पनि झल्किन्छ।—२ कोरि. २:१७; १ थिस्स. १:५.
२. प्रस्तुतिहरू तयार गर्दा हामीले किन स्थानीय प्रचलनहरूलाई ध्यान दिनु आवश्यक छ?
२ आफ्नो प्रस्तुतिलाई सुहाउँदो बनाउनुहोस्: स्थानीय प्रचलनहरूले सुसमाचार सुनाउने हाम्रो तरिकामा निकै असर पार्छ। के तपाईं घरधनीलाई अभिवादन गरेपछि आफ्नो प्रस्तुतिलाई बिस्तारै कुराकानीतर्फ मोड्न सक्नुहुन्छ वा तपाईंको इलाकामा बसोबास गर्ने मानिसहरूलाई सीधै कुरा गरेको मनपर्छ? यो कुरा ठाउँ र कहिलेकाहीं त व्यक्तिपिच्छे फरक-फरक हुन्छ। प्रश्नहरू चलाउन विवेक पनि चाहिन्छ। कुनै-कुनै ठाउँमा उपयुक्त हुने प्रश्नहरूले अरू ठाउँका मानिसहरूलाई अप्ठ्यारोमा पार्न सक्छ। तसर्थ, हामीले असल निर्णय गर्नै पर्छ र स्थानीय तवरमा स्वीकार्य भएअनुसार आफ्ना प्रस्तुतिहरूलाई ढाल्नुपर्छ।
३. हामीले कुरा गर्ने मानिसहरूको पृष्ठभूमि तथा सोचाइलाई किन ध्यानमा राख्नुपर्छ?
३ साथै, क्षेत्र सेवाको लागि तयारी गर्दा आफ्नो इलाकाका मानिसहरूको पृष्ठभूमि र सोचाइलाई पनि हामीले ध्यानमा राख्नु आवश्यक छ। उदाहरणका लागि, “प्रभुको प्रार्थना[बारे]” थाह भएको भक्त क्याथोलिकसित र त्यस प्रार्थनाबारे केही पनि थाह नभएको व्यक्तिसित तपाईं मत्ती ६:९, १० बारे एउटै तरिकामा छलफल गर्नुहुन्न होला। अलिकति पहिल्यै विचार पुऱ्यायौं भने हामी अक्सर सेवकाईमा भेटिने मानिसहरूको मन छुने किसिमले आफ्ना प्रस्तुतिहरूलाई ढाल्न सक्छौं।—१ कोरि. ९:२०-२३.
४. राम्ररी तयारी गर्नु किन अत्यावश्यक छ?
४ नमुना प्रस्तुतिलाई हुबहु धेरै वा कम चलाउने योजना बनाउँदा समेत राम्ररी तयारी त गर्नै पर्छ। प्रयोग गर्न चाहेको लेख वा अध्यायलाई हामीले होसियारसाथ पढ्नुपर्छ र चासो जगाउने खालका बुँदाहरू खोज्नुपर्छ। त्यसपछि यसलाई आफ्नो प्रस्तुतिमा समावेश गर्नुपर्छ। हाम्रा प्रकाशनहरूमा भएका उत्कृष्ट जानकारीसित परिचित भएपछि मात्रै हामी त्यसलाई उत्साहका साथ प्रस्तुत गर्न सक्छौं।
५. हामीले किन विभिन्न खाले प्रस्तुति तयार गर्नुपर्छ र हामी कसरी यसो गर्न सक्छौं?
५ अन्य तरिकाहरू: के हामीले नमुना प्रस्तुतिहरूमा बताइएका तरिकाहरू मात्रै चलाउनुपर्छ भन्ने छ र? अहँ, छैन। यदि तपाईंलाई अर्कै तरिका वा अर्कै शास्त्रपद चलाउन सजिलो लाग्छ भने त्यही चलाउनुहोस्। विशेष गरी पत्रिकाहरू प्रस्तुत गर्दा आफ्नो इलाकाका मानिसहरूलाई मनपर्ने खालका लेखहरू देखाउने मौका खोज्नुहोस्। सेवा सभामा क्षेत्र सेवाका लागि प्रस्तुतिहरू प्रदर्शन गर्दा स्थानीय इलाकामा प्रभावकारी सिद्ध हुने खालका प्रस्तुतिहरू प्रदर्शन गरेर देखाउने प्रबन्धहरू मिलाउन सकिन्छ। यसरी प्रभावकारी ढङ्गमा सुसमाचार सुनाउन सबैलाई मदत गर्न सकिन्छ।
-
-
पत्रिकाहरूबारे के भन्नेराज्य सेवकाई—२००५ | जनवरी
-
-
पत्रिकाहरूबारे के भन्ने
प्रहरीधरहरा जन. १५
“हामी सबैजना आफ्नो र आफ्ना छोराछोरीको लागि सर्वोत्तम जीवन चाहन्छौं तर धेरैलाई यस्तो जीवन प्राप्त गर्न सकिंदैन जस्तो लाग्छ। के तपाईंलाई हामी आफ्नो भविष्यलाई नियन्त्रण गर्न सक्छौं जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] हामी शक्तिहीन छैनौं तर अहिले हामीले गर्ने छनौटहरूमा हाम्रो भविष्य निर्भर हुन्छ भनेर यस पत्रिकाले बाइबलबाट बताउँछ।” व्यवस्था ३०:१९ पढ्नुहोस्।
ब्यूँझनुहोस्! जन. ८
“सामाजिक कार्यकर्ता तथा अन्य निकायहरूको अथक प्रयासको बावजुद एड्स-बारे गलत धारणाहरू व्याप्त छन्। [“एड्स-बारे गलत धारणाहरू” भन्ने पेटी देखाउनुहोस् र जवाफ दिने मौका दिनुहोस्।] यस अंकमा यस्ता गलत धारणाहरू लगायत हामी कसरी यसबाट पीडित व्यक्तिहरूलाई सान्त्वना दिन सक्छौं भन्ने कुरा छलफल गरिएको छ। यसमा परमेश्वरले हाम्रो लागि राखिदिनुभएको आशाबारे पनि बताइएको छ।” यशैया ३३:२४ पढ्नुहोस्।
प्रहरीधरहरा फेब्रु. १
“आज धेरै मानिसहरू थिचोमिचो र हिंसाको सिकार हुनु साह्रै दुःखलाग्दो कुरा हो नि, होइन र? [भर्खरै घटेको कुनै स्थानीय घटना उल्लेख गर्नुहोस् र जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकामा परमेश्वरले मानिसको जीवनलाई कस्तो ठान्नुहुन्छ भन्ने विषयमा छलफल गरिएको छ। आज व्याप्त दुःखकष्टबाट उहाँले हामीलाई कसरी मुक्त गर्नुहुनेछ भन्ने कुरा पनि यसमा बताइएको छ।” भजन ७२:१२-१४ पढ्नुहोस्।
ब्यूँझनुहोस्! फेब्रु. ८
“प्रविधिको क्षेत्रमा भएका उन्नतिहरूले मित्रतासम्बन्धी मानिसको आधारभूत आवश्यकतालाई परिवर्तन गर्न सकेका छैनन्। तर सामाजिक परिवर्तनहरूले गर्दा हिजोआज घनिष्ठ मित्रता विकास गर्नै चुनौतीपूर्ण भएको कुरा के तपाईंले याद गर्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि हितोपदेश १८:२४ पढ्नुहोस्।] यस पत्रिकामा हामी कसरी साँचो साथी बनाउन तथा त्यसलाई कायम राख्न सक्छौं भन्ने कुरा छलफल गरिएको छ।”
-