जागा रहो! पुस्तिका अध्ययन गर्ने
पृथ्वीभरिका मण्डलीहरूले सन् २००५, मे २३ मा सुरु हुने हप्तादेखि जून २० मा सुरु हुने हप्तासम्म मण्डली पुस्तक अध्ययनमा जागा रहो! पुस्तिका अध्ययन गर्नेछ। यस सभाको लागि तयारी गर्दा र सभा सञ्चालन गर्दा कृपया तल दिइएका प्रश्नहरू चलाउनुहोस्। अध्ययनको दौडान छापिएको विषयवस्तु पढ्नुहोस् र समयले भ्याएमा उल्लिखित शास्त्रपदहरू पढ्नुहोस्।
मे २३ को हप्ता
◼ पृष्ठ ३-४: यहाँ सूचीबद्ध कुनचाहिं घटनाले विशेष गरी तपाईंको जीवनलाई असर गरेको छ? ती छिटपुट घटनाहरू मात्र होइनन् भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ?
◼ पृष्ठ ५: परमेश्वरले साँच्चै हाम्रो चासो राख्नुहुन्छ भनेर तपाईं कसरी विश्वस्त हुन सक्नुहुन्छ? परमेश्वर तथा उहाँले गरिरहनुभएको कामबारे हामी कत्तिको चासो राख्छौं भनेर कुन कुराले सङ्केत गर्छ?
◼ पृष्ठ ६-८: वर्तमान संसारको अवस्थाको अर्थबारे मत्ती २४:१-८, १४ ले के भन्छ? दोस्रो तिमोथी ३:१-५ मा उल्लेख गरिएअनुसार हामी अहिले कस्तो समयमा बाँचिरहेका छौं? यो केको आखिरी दिन हो? बाइबल साँच्चै परमेश्वरको वचन हो भनेर तपाईं के आधारमा पक्का हुन सक्नुहुन्छ? हामी कुन राज्यबारे प्रचार गर्छौं?
◼ पृष्ठ ९-१०: दिनहुँ गर्ने निर्णय तथा जीवनका प्राथमिकताहरूबारे हामीले किन होसियारीपूर्वक विचार गर्नुपर्छ? (रोमी २:६; गला. ६:७) पृष्ठ १० मा दिइएका प्रश्नहरू पुनरावृत्ति गर्नुहुँदा तपाईंले गर्नुहुने कामलाई असर गर्नुपर्ने कस्ता शास्त्रपदहरू याद आउँछ?
मे ३० को हप्ता
◼ पृष्ठ ११: यस पृष्ठमा सोधिएका प्रश्नहरूलाई हामीले किन व्यक्तिगत रूपमा विचार गर्नुपर्छ? (१ कोरि. १०:१२; एफि. ६:१०-१८) मत्ती २४:४४ मा येशूले दिनुभएको सल्लाहलाई हामी कत्तिको गम्भीरतापूर्वक लिन्छौं भन्ने सन्दर्भमा यी प्रश्नहरूको हाम्रो जवाफले के प्रकट गर्छ?
◼ पृष्ठ १२-१४: प्रकाश १४:६, ७ मा सङ्केत गरिएको “इन्साफको समय” के हो? ‘परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ’ भन्नुको अर्थ के हो? महान् बेबिलोन के हो र यसलाई के हुनेछ? महान् बेबिलोनको सन्दर्भमा हामीले अहिले कस्तो कदम चाल्नु अत्यावश्यक छ? भविष्यवाणी गरिएको इन्साफको समयमा अरू के कुरा पनि समावेश छ? परमेश्वरले भविष्यवाणी गर्नुभएको “त्यो दिन र त्यो बेला” थाह नहुनुले हामीमा कस्तो असर पर्छ? (मत्ती २५:१३)
◼ पृष्ठ १५: सार्वभौमिकताको विवाद भनेको के हो र यसले हामीलाई व्यक्तिगत रूपमा कसरी असर गर्छ?
◼ पृष्ठ १६-१९: “नयाँ स्वर्ग” र “नयाँ पृथ्वी” के हुन्? (२ पत्रु. ३:१३) यी कुराहरू प्रतिज्ञा गर्नुहुने को हुनुहुन्छ? नयाँ स्वर्ग र नयाँ पृथ्वीले कस्ता परिवर्तनहरू ल्याउनेछ? के हामी त्यसबाट व्यक्तिगत रूपमा लाभ उठाउनेछौं?
जून ६ को हप्ता
◼ पृष्ठ २०-२१: प्रथम शताब्दीका आफ्ना अनुयायीहरूलाई भाग्ने सन्दर्भमा येशूले कस्तो चेतावनी दिनुभयो? (लूका २१:२०, २१) कतिबेला भाग्नु सम्भव थियो? ढिलाइ नगरी भाग्नु किन जरुरी थियो? (मत्ती २४:१६-१८, २१) धेरै मानिसहरू किन चेतावनीलाई ध्यान दिंदैनन्? भरपर्दो स्रोतको चेतावनी सुनेको कारण चीन र फिलिपिन्सका हजारौं मानिसहरूको ज्यान कसरी बच्यो? वर्तमान रीतिरिवाजको अन्तबारे बाइबलको चेतावनीलाई ध्यान दिनु किन झनै जरुरी छ? अविलम्बी भाव कायम राख्नुपर्ने यस कुरालाई ध्यान दिंदा हामीमाथि कस्तो जिम्मेवारी आइपर्छ? (हितो. २४:११, १२)
◼ पृष्ठ २२-२३: अस्ट्रेलियामा सन् १९७४ मा र कोलम्बियामा सन् १९८५ मा धेरैले खतराका चेतावनीहरूलाई किन त्यति गम्भीरतापूर्वक लिएनन् र त्यसको परिणाम कस्तो भयो? तपाईंले भए ती चेतावनीहरूप्रति कस्तो प्रतिक्रिया देखाउनुहुने थियो र किन? नूहको दिनमा दिइएको चेतावनी हामीले पालन गर्ने थियौं कि थिएनौं भनेर कुन कुराले सङ्केत गर्न सक्छ? पुरातन सदोम र त्यसको आसपासका ठाउँहरूमा मानिसहरू किन बस्न चाहन्थे? सदोममा जे भयो त्यसबारे गम्भीरतापूर्वक सोचेर हामी कसरी लाभ उठाउन सक्छौं?
जून १३ को हप्ता
◼ पृष्ठ २४-२७: पृष्ठ २७ मा दिइएका “अध्ययन प्रश्नहरू” चलाउनुहोस्।
जून २० को हप्ता
◼ पृष्ठ २८-३१: पृष्ठ ३१ मा दिएका “अध्ययन प्रश्नहरू” चलाउनुहोस्।
यस पुस्तिकाको छलफलले हामीलाई ‘जागा रहन’ अनि आफूलाई तयार राख्न मदत गर्नेछ। हाम्रो जन सेवकाईले सधैं स्वर्गदूतले गरेको यो घोषणाजस्तै अविलम्बी भाव झल्काउन सकोस्: “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ, र स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर।”—मत्ती २४:४२, ४४; प्रका. १४:७.