प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हामीले अरूलाई तिर्नुपर्ने ऋण
    राज्य सेवकाई—२००५ | जुलाई
    • हामीले अरूलाई तिर्नुपर्ने ऋण

      १ प्रेरित पावलले मानिसहरूलाई प्रचार गर्नै पर्ने दायित्व महसुस गरे। यहोवाले आफ्नो पुत्रको अमूल्य रगतद्वारा सबै मानिसहरूको उद्धार सम्भव तुल्याउनुभएको छ भन्‍ने कुरा तिनलाई थाह थियो। (१ तिमो. २:३-६) त्यसैकारण पावलले यसो भने: “ग्रीकहरू र अरू भाषा बोल्नेहरू दुवैको, औ बुद्धिमान र निर्बुद्धिहरूको पनि म ऋणी छु।” सुसमाचार प्रचार गरेर सँगी मानवहरूको ऋण तिर्न तिनले उत्सुकतासाथ अथक प्रयास गरे।—रोमी १:१४, १५.

      २ पावलले जस्तै आज मसीहीहरूले पनि मौका पाउने बित्तिकै आफ्ना छिमेकीहरूलाई सुसमाचार प्रचार गर्ने कोसिस गर्छन्‌। “महासङ्‌कष्ट” तुफानको गतिमा नजिक-नजिक आइरहेकोले इमानदार हृदय भएका मानिसहरूलाई खोज्नु नितान्त जरुरी छ। मानिसहरूप्रतिको चोखो प्रेमले हामीलाई यस जीवनदायी काममा लगनशील हुन प्रेरित गरोस्‌।—मत्ती २४, २१; इज. ३३:८.

      ३ ऋण तिर्ने: मानिसहरूलाई भेट्‌ने एउटा प्रमुख तरिका घर-घरमा प्रचार गरेर हो। प्रचार गर्ने इलाकामा धेरैजसो मानिसहरूलाई घरमा भेट्‌दै-भेटिंदैन भने, सही रेकर्ड राख्नुका साथै विभिन्‍न समयमा पुनःभेट गऱ्‍यौं भने हामी धेरैभन्दा धेरै मानिसहरूलाई भेट्‌न सक्नेछौं। (१ कोरि. १०:३३) व्यापारिक इलाका, सडक, पार्क तथा गाडी पार्किङ गर्ने ठाउँमा र टेलिफोनमार्फत साक्षी दिएर पनि हामी मानिसहरूलाई भेट्‌न सक्छौं। हामी आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौं, ‘जीवनदायी सन्देश सुनाउन के मैले प्रचार गर्ने हरेक मौकाको फाइदा उठाउँदैछु?’—मत्ती १०:११.

      ४ एउटी अग्रगामीले आफ्नो इलाकाका सबै मानिसहरूलाई भेट्‌नै पर्ने गहन जिम्मेवारी महसुस गरिन्‌। एउटा घरको झ्यालका पर्दाहरू सधैं ढ्यामढुम्म लगाएको हुन्थ्यो र घरमा कोही पनि देखिंदैनथ्यो। तथापि एक दिनको कुरा हो, सेवकाईमा नगएको बेला ती अग्रगामी बहिनीले कहिल्यै मान्छे नभेटिने त्यस घरअगाडि एउटा मोटरगाडी देखिन्‌। त्यही मौका छोपेर तिनले ढोकाको घण्टी बजाइन्‌। एक जना लोग्ने मानिस बाहिर आए र सुरुको भेटमा भएको वार्तालापपछि यी बहिनी तथा तिनको पतिले त्यस व्यक्‍तिलाई धेरै चोटि पुनःभेट गरे। अन्तमा, ती व्यक्‍तिले बाइबल अध्ययन गर्ने प्रस्ताव स्वीकारे र अहिले तिनी एक जना बप्तिस्माप्राप्त भाइ भएका छन्‌। यी बहिनीले अरूलाई प्रचार गर्नु आफ्नो दायित्व ठानेकोमा ती व्यक्‍ति कृतज्ञ छन्‌।

      ५ समय सिद्धिनै लागेकोले प्रचारकार्यमा जोडतोडका साथ भाग लिएर हाम्रा सँगी मानवहरूप्रतिको ऋण चुक्‍ता गर्ने समय अहिल्यै हो।—२ कोरि. ६:१, २.

  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    राज्य सेवकाई—२००५ | जुलाई
    • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने

      भाग ११: पुनःभेट गर्न बाइबल विद्यार्थीलाई मदत गर्ने

      १ बाइबल विद्यार्थीले प्रचारकार्यमा भाग लिन थालेपछि तिनले सुसमाचारमा चासो देखाउने मानिसहरू भेट्‌नेछन्‌। प्रभावकारी ढङ्‌गमा पुनःभेटहरू गर्न र इच्छुक व्यक्‍तिको चासो विकास गर्न हामी कसरी नयाँ प्रकाशकलाई मदत दिन सक्छौं?

      २ पुनःभेटको लागि तयारी गर्ने काम पहिलो भेटदेखि नै सुरु हुन्छ। आफूले कुरा गर्ने व्यक्‍तिहरूप्रति निष्कपट चासो राख्न विद्यार्थीलाई प्रोत्साहन दिनुहोस्‌। (फिलि. २:४) घरधनीलाई आफ्नो मनको कुरा व्यक्‍त गर्न लगाउन, उनीहरूको कुरा सुन्‍न र उनीहरूलाई चिन्ता लाग्ने कुरा याद गर्न बाइबल विद्यार्थीलाई क्रमिक रूपमा प्रशिक्षण दिनुहोस्‌। कसैले चासो देखाएमा नयाँ प्रकाशकलाई भेटसित सम्बन्धित जानकारी लेखेर राख्न सिकाउनुहोस्‌। थप छलफलको योजना बनाउन तिनलाई मदत गर्न त्यो जानकारी चलाउनुहोस्‌।

      ३ पुनःभेटको लागि तयारी गर्ने: पहिलो भेटमा भएको कुराकानी पुनरावृत्ति गर्नुहोस्‌ र विद्यार्थीलाई घरधनीको मन छुने किसिमको राज्यसन्देशको कुनै एउटा पक्ष छान्‍ने तरिका देखाउनुहोस्‌। (१ कोरि. ९:१९-२३) एउटा बाइबल पद र अध्ययन गर्ने प्रकाशनको एउटा अनुच्छेद समेटिएको एउटा संक्षिप्त प्रस्तुति सँगै तयार गर्नुहोस्‌। साथै, अर्को भेटको लागि आधार तयार पार्न छलफलको अन्तमा सोध्न सकिने एउटा प्रश्‍न पनि तयार गर्नुहोस्‌। हरेक भेटमा घरधनीलाई परमेश्‍वरको वचनको ज्ञान अझ बढी सिकाउने तरिका नयाँ प्रकाशकलाई सिकाउनुहोस्‌।

      ४ पुनःभेटमा जाँदा विद्यार्थीलाई सरल परिचय चलाउन सिकाउनु पनि मदतकारी हुन्छ। घरधनीलाई अभिवादन गरिसकेपछि तिनले यसो भन्‍न सक्छन्‌: “अस्ति तपाईंसित भेटेर कुरा गर्न पाउँदा मलाई एकदमै रमाइलो लाग्यो र आजचाहिं तपाईंलाई . . . बारे [विषय बताउनुहोस्‌] बाइबलको थप जानकारी बताउन आएको छु।” अर्कै व्यक्‍तिसित भेट भएको खण्डमा कसरी कुरा गर्ने भन्‍ने विषयमा पनि तपाईंले नयाँ प्रकाशकलाई सिकाउनुपर्ने हुन सक्छ।

      ५ पुनःभेट गर्न लगनशील हुनुहोस्‌: चासो देखाउने सबै व्यक्‍तिकहाँ सकेसम्म छिटो पुनःभेट गर्न जाने सन्दर्भमा असल उदाहरण बसाल्न विद्यार्थीलाई प्रोत्साहन दिनुहोस्‌। मानिसहरूलाई घरमा भेट्टाउन लगातार पुनःभेट गरिरहनुपर्ने हुन सक्छ। पुनःभेट गर्ने व्यवस्था कसरी मिलाउन सकिन्छ विद्यार्थीलाई सिकाउनुहोस्‌ र आफूले वचन दिएअनुसारै पुनःभेट गर्न जानुपर्ने आवश्‍यकता बुझ्न तिनलाई मदत गर्नुहोस्‌। (मत्ती ५:३७) भेडा खाले व्यक्‍तिहरू खोज्ने तथा उनीहरूको चासो विकास गर्ने सन्दर्भमा नयाँ प्रकाशकलाई दयालु, विचारशील तथा आदर देखाउन प्रशिक्षण दिनुहोस्‌।—ती. ३:२.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने