प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने भाग ३:
    राज्य सेवकाई—२००४ | नोभेम्बर
    • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने भाग ३:

      धर्मशास्त्रलाई प्रभावकारी ढङ्‌गमा चलाउने

      १. बाइबल अध्ययन सञ्चालन गर्दा हामीले किन धर्मशास्त्रमा जोड दिनुपर्छ?

      १ बाइबल अध्ययन सञ्चालन गर्नुको हाम्रो उद्देश्‍य मानिसहरूलाई परमेश्‍वरको वचनका शिक्षाहरू बुझ्न तथा स्वीकार्नुका साथै त्यसलाई आफ्नो जीवनमा लागू गर्न मदत गरेर ‘चेला बनाउनु’ हो। (मत्ती २८:१९, २०; १ थिस्स. २:१३) त्यसकारण अध्ययन धर्मशास्त्रमा केन्द्रित हुनुपर्छ। सुरुमा, बाइबल विद्यार्थीलाई उनीहरूकै बाइबलमा पदहरू भेट्टाउने तरिका देखाइदिनु मदतकारी हुन सक्छ। यद्यपि, आध्यात्मिक तवरमा प्रगति गर्न यस्ता व्यक्‍तिहरूलाई मदत गर्नको लागि हामी कसरी धर्मशास्त्र चलाउन सक्छौं?

      २. कुन-कुन बाइबल पद पढ्‌ने तथा छलफल गर्ने भन्‍ने विषयमा हामीले कसरी निर्णय गर्नुपर्छ?

      २ पढ्‌नका लागि पदहरू छान्‍नुहोस्‌: तयारी गर्दा पाठमा दिइएका हरेक उद्धृत शास्त्रपद छलफल गरिंदै गरेको बुँदासित कसरी सम्बन्धित छ, थाह पाउनुहोस्‌ अनि कुन-कुन शास्त्रपद हेर्ने र अध्ययनको दौडान छलफल गर्ने हो, सो निर्णय गर्नुहोस्‌। साधारणतया, हाम्रो विश्‍वासको धर्मशास्त्रीय आधार देखाउने शास्त्रपदहरू पढ्‌नु बेस हुन्छ। थप जानकारी प्रदान गर्ने पदहरू पढिरहनु आवश्‍यक नपर्न सक्छ। हरेक विद्यार्थीको आवश्‍यकता तथा परिस्थितिलाई ध्यान दिनुहोस्‌।

      ३. प्रश्‍नहरू चलाउनुको फाइदा के हो र हामी कसरी यसो गर्न सक्छौं?

      ३ प्रश्‍नहरू सोध्नुहोस्‌: विद्यार्थीलाई बाइबल पदहरू बुझाउनुको सट्टा उसैलाई ती पदहरूबारे बताउन लगाउनुहोस्‌। कौशलतापूर्वक प्रश्‍नहरू चलाएर तपाईं उसलाई यसो गर्न उत्प्रेरित गर्न सक्नुहुन्छ। धर्मशास्त्रलाई कसरी लागू गर्न सकिन्छ भन्‍ने कुरा स्पष्ट छ भने, तपाईं केवल अनुच्छेदमा बताइएको कुरालाई पदले कसरी समर्थन गर्छ भनी सोध्न सक्नुहुन्छ। अरू बेलाचाहिं विद्यार्थीलाई सही निष्कर्षमा पुऱ्‍याउन एउटा खास प्रश्‍न वा थुप्रै प्रश्‍नहरू सोध्नुपर्ने हुन सक्छ। अझ बढी बुझाउनुपरेमा विद्यार्थीले जवाफ दिइसकेपछि यसो गर्न सकिन्छ।

      ४. हामीले पढ्‌ने धर्मशास्त्रको लागि कुन हदसम्म व्याख्या गर्नु आवश्‍यक छ?

      ४ सरल बनाउनुहोस्‌: निसानामा हिर्काउन एक जना दक्ष धनुर्धरलाई अक्सर एउटा बाण भए पुग्छ। त्यस्तै गरी, कुनै एउटा कुरा बुझाउन एक जना दक्ष शिक्षकलाई तीन थुप्रो शब्दहरू चाहिंदैन। तिनले जानकारीलाई सरल, स्पष्ट र सही ढङ्‌गमा बताउन सक्छन्‌। कहिलेकाहीं कुनै एउटा शास्त्रपद बुझ्न र यसलाई ठीकसँग बताउन तपाईंले मसीही प्रकाशनहरूमा अनुसन्धान गर्नुपर्ने हुन सक्छ। (२ तिमो. २:१५) तर अध्ययनमा सबै शास्त्रपदको हरेक पक्षलाई बुझाउने नगर्नुहोस्‌। छलफल गरिंदै गरेको बुँदालाई बुझाउन आवश्‍यक पर्ने पक्षलाई मात्र समावेश गर्नुहोस्‌।

      ५, ६. आफ्नो जीवनमा परमेश्‍वरको वचन लागू गर्न हामी कसरी विद्यार्थीहरूलाई मदत गर्न सक्छौं तर हामीले के चाहिं गर्नु हुँदैन?

      ५ व्यावहारिक उपयोगिता देखाउनुहोस्‌: उपयुक्‍त भए, बाइबल पदहरू विद्यार्थीलाई व्यक्‍तिगत रूपमा कसरी लागू हुन्छ भन्‍ने कुरा बुझ्न उसलाई मदत गर्नुहोस्‌। उदाहरणका लागि अझै पनि मसीही सभाहरूमा उपस्थित नभएका विद्यार्थीसित हिब्रू १०:२४, २५ विचार गर्दा तपाईं कुनै एउटा सभाबारे छलफल गरेर उसलाई यस सभामा उपस्थित हुन आमन्त्रित गर्न सक्नुहुन्छ। तर उसलाई दबाब नदिनुहोस्‌। यहोवालाई प्रसन्‍न तुल्याउने किसिमको कदम चाल्न परमेश्‍वरको वचनले नै उसलाई उत्प्रेरित गर्न दिनुहोस्‌।—हिब्रू ४:१२.

      ६ चेला बनाउने काममा भाग लिंदै धर्मशास्त्रलाई प्रभावकारी ढङ्‌गमा प्रयोग गरेर हामी “विश्‍वासको आज्ञाकारिता” बढाउन सकौं।—रोमी १६:२६.

  • पत्रिकाहरूबारे के भन्‍ने
    राज्य सेवकाई—२००४ | नोभेम्बर
    • पत्रिकाहरूबारे के भन्‍ने

      ब्यूँझनुहोस्‌! नोभे. ८

      “बाल्यकालदेखि नै छोराछोरीलाई प्रशिक्षण दिनुको महत्त्व थुप्रै मानिसहरूले बुझेका छन्‌। के तपाईंलाई यो कुरा आज पनि आवश्‍यक छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि हितोपदेश २२:६ पढ्‌नुहोस्‌।] आमाबाबुहरूले आफ्ना छोराछोरीलाई नैतिकवान्‌ र सफल वयस्कहरू हुन मदत गर्न सक्ने केही खास कुराहरूबारे यस अंकको ब्यूँझनुहोस्‌!-मा छलफल गरिएको छ।”

      प्रहरीधरहरा नोभे. १५

      “अधिकांश मानिसहरू स्वस्थ र लामो जीवनको कामना गर्छन्‌। तर यस्तो जीवन सम्भव भइदिएको भए, के तपाईं सधैंभरि बाँच्न चाहनुहुन्थ्यो? [जवाफ दिने मौका दिनहोस्‌। त्यसपछि यूहन्‍ना १७:३ पढ्‌नुहोस्‌।] यस पत्रिकाले अनन्त जीवनसित सम्बन्धित बाइबलको प्रतिज्ञाबारे छलफल गर्छ। यो प्रतिज्ञा वास्तविकतामा परिणत भएपछि जीवन कस्तो हुनेछ भन्‍ने विषयमा पनि यसले बताउँछ।”

      ब्यूँझनुहोस्‌! नोभे. ८

      “आजको व्यस्त संसारमा छोराछोरीसित समय बिताउनु तपाईंलाई कत्तिको महत्त्वपूर्ण छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि खेल्ने एउटा समय छ, नाच्ने एउटा समय छ भन्‍ने कुरा प्रकाश पार्दै उपदेशक ३:१, ४ पढ्‌नुहोस्‌। यस पत्रिकामा छोराछोरीसित समय बिताउनु र उनीहरूसित खेल्नुको महत्त्वबारे छलफल गरिएको छ।” पृष्ठ ७ देखि सुरु हुने लेखमा दिइएका सान्दर्भिक बुँदाहरूतिर उनीहरूको ध्यान खिच्नुहोस्‌।

      प्रहरीधरहरा डिसे. १

      “मानिसलाई जनावरहरूबाट अलग छुट्याउने एउटा गुण सही र गलत छुट्याउने क्षमता हो। दुःखको कुरा, धेरै मानिसहरू खराब कामहरू गर्छन्‌। तपाईंलाई त्यसो हुनुको कारण के होला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि यर्मिया १७:९ वा प्रकाश १२:९ पढ्‌नुहोस्‌।] यस पत्रिकामा कुन कुराले हामीलाई सही कुरा चिन्‍न र गर्न मदत गर्न सक्छ भनी छलफल गरिएको छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने