प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाको महिमा गर्न अरूलाई मदत गर्ने
    राज्य सेवकाई—२००२ | सेप्टेम्बर
    • यहोवाको महिमा गर्न अरूलाई मदत गर्ने

      १ सारा पृथ्वीभरि एउटा एकदमै महत्त्वपूर्ण सन्देश घोषणा गरिंदैछ: “परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ, र स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत्‌ गर।” (प्रका. १४:६, ७) यो घोषणा गर्ने काममा भाग लिन पाउनु हाम्रोलागि ठूलो सुअवसर हो। यहोवासँग डराउन र उहाँको उपासना गर्न मानिसहरूले उहाँबारे के थाह पाउनुपर्छ?

      २ उहाँको नाउँ: आज, उपासना गरिने झूटा देवीदेवताहरू छ्यासछ्यास्ती भएकोले एक मात्र साँचो परमेश्‍वरलाई मानिसहरूले नाउँबाट छुट्याउन सक्नुपर्छ। (व्यव. ४:३५; १ कोरि. ८:५, ६) वास्तवमा भन्‍ने हो भने, बाइबल लेखकहरूले यहोवाको महिमित नाउँ ७,००० पटक भन्दा बढी प्रयोग गरे। परमेश्‍वरको नाउँ अरूलाई बताउने उचित समय निर्धारण गर्न ठीकसँग समझशक्‍ति चलाउनुपर्छ। तर त्यसो भन्दैमा हामीले उहाँको नाउँ प्रयोग गर्नै हुँदैन वा यो नाउँ लुकाउनुपर्छ भनेको चाहिं होइन। सबै मानिसजातिले उहाँको नाउँ थाह पाऊन्‌ भन्‍ने परमेश्‍वरको इच्छा छ।—भज. ८३:१८.

      ३ उहाँको व्यक्‍तित्व: यहोवाको महिमा गर्न मानिसहरूले उहाँ कस्तो किसिमको परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा थाह पाउनु आवश्‍यक छ। हामीले उनीहरूलाई यहोवाको महान्‌ प्रेम, उत्कृष्ट बुद्धि, निष्पक्ष न्याय तथा असीमित शक्‍ति, कृपालगायत करुणा अनि अन्य अद्‌भुत गुणहरूबारे थाह दिनै पर्छ। (प्रस्थ. ३४:६, ७) उनीहरूको जीवन यहोवाको अनुमोदनमै निर्भर छ भन्‍ने कुरा मानिलिंदै आफ्नै हितको लागि परमेश्‍वरको भय राख्न अनि उहाँको श्रद्धा गर्न पनि उनीहरूले सिक्नै पर्छ।—भज. ८९:७.

      ४ परमेश्‍वरसित नजिक हुने: परमेश्‍वरको आउँदै गरेको न्यायबाट बच्ने हो भने, मानिसहरूले विश्‍वासपूर्वक यहोवालाई पुकार्नै पर्छ। (रोमी १०:१३, १४; २ थिस्स. १:८) यसो गर्नुमा परमेश्‍वरको नाउँ तथा गुणहरू थाह पाउनु मात्र पर्याप्त छैन। हामीले मानिसहरूलाई आफ्नो सारा भरोसा यहोवामा राखेर उहाँसित व्यक्‍तिगत सम्बन्ध बढाउन मदत गर्नै पर्छ। (हितो. ३:५, ६) आफूले सिकेको कुरा जीवनमा लागू गर्दै, निष्कपट प्रार्थनामा यहोवालाई पुकार्दै र आफ्नो जीवनमा उहाँको मदत महसुस गर्दै जाँदा उनीहरूको विश्‍वास बढ्‌नुका साथै उनीहरूले यहोवासित अझ नजिक हुन मदत पाइरहेका हुन्छन्‌।—भज. ३४:८.

      ५ हामी परमेश्‍वरको नाउँ जोसिलो भई घोषणा गरिरहन र अरूलाई उहाँमाथि पूर्ण भरोसा राख्न अनि उहाँको डर मान्‍न मदत गर्न सकौं। आउनुहोस्‌, हामी अझ धेरैभन्दा धेरै मानिसहरूलाई यहोवा चिन्‍न र “उद्धार गर्ने परमेश्‍वर[को]” रूपमा उहाँको महिमा गर्न मदत गरौं।—भज. २५:५.

  • ईश्‍वरतान्त्रिक स्रोत-साधनको लागि मूल्यांकन देखाउनुहोस्‌
    राज्य सेवकाई—२००२ | सेप्टेम्बर
    • ईश्‍वरतान्त्रिक स्रोत-साधनको लागि मूल्यांकन देखाउनुहोस्‌

      १ मन्दिर मर्मत-सम्भार गर्ने प्रबन्ध मिलाउँदा, राजा योशियाहले काममा खटिएकाहरूको यसरी मूल्यांकन गरे: “तिनीहरूलाई दिइएको चाँदीको हर-हिसाब नलिइओस्‌, किनभने तिनीहरू विश्‍वाससित काम गरिरहेका छन्‌।” (२ राजा २२:३-७) काममा खटिएकाहरूले पवित्र कुराहरूको मूल्यांकन गर्थे भन्‍ने कुरा आफूलाई सुम्पिएका स्रोत-साधनहरू उनीहरूले कसरी उपयोग गर्थे, त्यसबाट प्रस्ट देखिन्थ्यो। आज, हामी जसै परमेश्‍वरको सुसमाचारको पवित्र काममा भाग लिन्छौं, हामीले पनि आफूलाई सुम्पिएका स्रोत-साधनहरू प्रयोग गर्दा विश्‍वास प्रदर्शित गर्नु आवश्‍यक छ।

      २ क्षेत्र सेवकाईमा: हाम्रा प्रकाशनहरूमा भएको महत्त्वपूर्ण सन्देशप्रतिको मूल्यांकन र यी प्रकाशनहरू प्रकाशित गर्दा लागेको खर्चप्रति सजग हुँदा हामी यसलाई झनै मूल्यावान्‌ ठान्छौं। बाइबल सन्देशप्रति साँचो मूल्यांकन नदेखाउने व्यक्‍तिहरूलाई विचारै नपुऱ्‍याई हाम्रो साहित्य दिनुहुँदैन। कुनै व्यक्‍तिले सुसमाचारप्रति कम चासो देखाएको खण्डमा हामी तिनलाई साहित्यको सट्टा पर्चा दिन सक्छौं।

      ३ साहित्यहरू वितरण गर्दा यसको महत्त्वप्रति आदर झल्किने किसिमले वितरण गर्नुहोस्‌। जथाभावी छरपस्ट हुने गरी सार्वजनिक स्थलहरूमा साहित्यहरू नछोड्‌नुहोस्‌। साहित्यहरू खेर नजाओस्‌ भन्‍ने विचार गर्दै थप साहित्य लिनुअघि घरमा आफूसित भएका साहित्यहरूको सूची बनाउनुहोस्‌। यदि तपाईंले प्रत्येक अंकका पत्रिकाहरू बढी प्राप्त गरिरहनुभएको छ भने, आफ्नो अर्डर घटाउने विचार गर्नुहोस्‌।

      ४ व्यक्‍तिगत प्रयोगका लागि प्रकाशनहरू: डिलक्स बाइबल, रेफरेन्स बाइबल तथा अन्य ठूला प्रकाशनहरू; जस्तै: कन्कर्डेन्स, इन्डेक्स, इन्साइट खण्डहरू अनि प्रोक्लेमर्स पुस्तक अब उप्रान्त अर्डर गर्न नसकिने भएकोले यी प्रकाशनहरूलाई हामीले झनै मूल्यवान्‌ ठान्‍नुपर्छ। तपाईंहरूसित यी प्रकाशनहरू आफ्नो पुस्तकालयमा छन्‌ भने, त्यसको राम्रो जगेर्ना गर्नुहोस्‌। अरूले चाहिं राज्यभवनको पुस्तकालयमा राखिएका प्रतिहरू हेर्न सक्छन्‌। यी प्रकाशनहरूलाई राम्रो अवस्थामा राख्न र जता पायो त्यतै नराख्न सबैले सहयोग गर्नुपर्छ।

      ५ आफ्ना व्यक्‍तिगत प्रकाशनहरूमा आफ्नो नाउँ र ठेगाना लेखिहाल्नुहुन्छ कि? यसो गरेको खण्डमा, भुलेर कतै राखेका प्रकाशनहरू फेरि मगाइरहनु पर्दैन। तपाईंले गीतको पुस्तक, बाइबल वा अध्ययन गरिने प्रकाशन हराउनुभयो भने, सम्भवतः ती राज्यभवनमा वा सम्मेलन भवनमा हराएका चीजहरू जम्मा गरिएका चीजहरूमै पाउनुहुनेछ।—लूका १५:८, ९.

      ६ हाम्रा साहित्यहरू बुद्धिमानीपूर्वक प्रयोग गर्ने कोसिस गरौं। यो यहोवाले हामीलाई सुम्पनुभएको राज्य स्रोत-साधन प्रयोग गर्ने सम्बन्धमा हाम्रो विश्‍वास प्रदर्शित गर्ने एउटा तरिका हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने