प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “त्यो पुस्तक खोल्न सक्ने को छ?”
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • २०. थुमाको प्रशंसामा अब कुन चाहिं गीत गुञ्जन्छ?

      २० यहोवाको सङ्‌गठनको विशाल स्वर्गीय सेनाका अरू सदस्यहरूले चाहिं उक्‍त नयाँ गीतबारे के प्रतिक्रिया व्यक्‍त गर्छन्‌? तिनीहरूको हार्दिक सर्वसम्मती देखेर यूहन्‍ना हर्षले गद्‌गद्‌ हुन्छन्‌: “औ मैले हेरें, र सिंहासन र जीवित जीवातहरू र धर्मगुरुहरूका वरिपरि धेरै स्वर्गदूतहरूका आवाज सुनें, औ तिनीहरूका सङ्‌खया हजारौं, लक्खौं र करोडौंको थियो। तिनीहरू ठूलो सोरले यसो भन्दथिए, ‘मारिएका थुमाचाहिं, शक्‍ति, धन, ज्ञान, बल, आदर, महिमा, र धन्यवाद ग्रहण गर्ने योग्यको हुनुहुन्छ।’ ” (प्रकाश ५:११, १२) कस्तो प्रभावकारी स्तुतिगान!

      २१. थुमाको प्रशंसा गर्दैमा यहोवाको सार्वभौमिकता अथवा ओहदामा आघात पर्छ र? व्याख्या गर्नुहोस्‌।

      २१ तर यसको अर्थ येशूले कुनै न कुनै रूपमा यहोवाको ठाउँ हडप गर्नु भएको हो र? सारा सृष्टिले अब पिताको भन्दा येशूको प्रशंसा गर्न लागेको छ कि? कुनै हालतमा पनि होइन! बरु यो स्तुतिगानले प्रेरित पावलले लेखेको कुरासङ्‌ग मेल खान्छ: “परमेश्‍वरले उहाँलाई [येशूलाई] अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्‍वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु हो भनी स्वीकार गर्नुपर्छ।” (फिलिप्पी २:९-११) हो, यहाँ येशूको प्रशंसा गरिएको छ। किनभने त्यो ठूलो विवाद टुङ्‌ग्‌याउन अर्थात्‌ यहोवाको आधिकारिक सार्वभौमिकताको जीत गराउन येशूले सारा सृष्टिको सामु आफ्नो भूमिका निभाउनु भयो। यसले गर्दा उहाँको पिता साँच्चै नै महिमित हुनु भएको छ!

      सामूहिकगानको बढ्‌दो अवाज

      २२. पृथ्वीका जनहरूले पनि स्वरमा स्वर मिलाएर कुन प्रशंसागान गाउँछन्‌?

      २२ यूहन्‍नाद्वारा वर्णित दृश्‍यमा स्वर्गका सेनाहरूले येशूको विश्‍वासिलोपन र स्वर्गीय अख्तियारको कदर गर्दै सुमधुर प्रशंसा गाइरहेका छन्‌। पार्थिव जनहरूले पनि पिता र पुत्र दुवैको प्रशंसा गर्दै ती स्वर्गीय सेनाहरूसित स्वरमा स्वर मिलाउँछन्‌। जसरी मानवीय पुत्रका उपलब्धिहरूको कारण आमाबाबुको प्रतिष्ठा बढ्‌न सक्छ, त्यसरी नै येशूको वफादार जीवनपद्धति सारा सृष्टिमा गुञ्जायमान हुँदा “परमेश्‍वर पिताको महिमा” हुन्छ। यसैले यूहन्‍ना अगाडि यसप्रकार व्याख्या गर्छन्‌: “औ स्वर्गमा, पृथ्वीमा, पृथ्वीमनि र समुद्रमा हुने सृजिएका जुनसुकै थोकले पनि, र तिनमा भएका जुनसुकैले पनि यसो भनिरहेका मैंले सुनें, ‘सिंहासनमा विराजमान हुनुहुने र थुमालाई धन्यवाद, आदर, महिमा र राज्य सदा सर्वदा होस्‌।’ ”—प्रकाश ५:१३.

      २३, २४. (क) सो प्रशंसागान स्वर्गमा अनि पृथ्वीमा सुरु भएको समय हामी कसरी ठम्याउन सक्छौं? (ख) समयको साथसाथ त्यो गीतको आवाज पनि कसरी बढ्‌दै जान्छ?

      २३ यो अति सुन्दर गान कहिलेदेखि गुञ्जन थाल्छ? प्रभुको दिनको प्रारम्भदेखि। स्वर्गबाट शैतान र त्यसका दूतहरूलाई हटाइसकेपछि “स्वर्गमा सृजिएका” सबै नै प्राणी एक भएर यस गीतमा भाग लिन सके। र प्राप्त रिपोर्टअनुसार, १९१९-देखि पृथ्वीमा पनि बढ्‌दो सङ्‌ख्याको ठूलो भीडले स्वरमा स्वर मिलाएर यहोवाको प्रशंसा गाइरहेका छन्‌। यस भीडको सङ्‌ख्या केही हजारदेखि बढेर सन्‌ २००५ सम्ममा ६० लाखभन्दा बढी पुगिसकेको थियो।b शैतानको पार्थिव रीतिरिवाज नष्ट भइसकेपछि “पृथ्वीमा [पनि] सृजिएको” हरेक प्राणीले यहोवा र उहाँको पुत्रको स्तुति गाउनेछन्‌। यहोवाको आफ्नै नियुक्‍त समयमा लाखौं तथा अनगन्ती मृतकहरूको पुनरुत्थान आरम्भ हुनेछ। त्यतिखेर चाहिं परमेश्‍वरले सम्झनु हुने “पृथ्वीमनि”-को हर प्राणीले यो स्तुतिगान गाउनमा साथ दिने मौका पाउनेछन्‌।

      २४ अहिले पनि “पृथ्वीको पल्लोछेउ . . . समुद्र र . . . समुद्र किनारका देश”-का लाखौं बासिन्दाहरूले यहोवाको विश्‍वव्यापी सङ्‌गठनसित मिलेर नयाँ गीत गाइरहे छन्‌। (यशैया ४२:१०; भजन १५०:१-६) सहस्त्रवर्षीय राज्यको अन्तमा मानवजातिले सिद्धता प्राप्त गरेपछि यो आनन्दमय स्तुतिगान पनि आफ्नो चरमोत्कर्षमा पुग्नेछ। तत्पश्‍चात्‌ उत्पत्ति ३:१५-को पूर्तिमा, त्यो वृद्ध साँप र प्रमुख ठगाहा शैतान सम्पूर्णतया नष्ट हुनेछ। यो मङ्‌गलमय चर्मोत्कर्षमा मानवीय तथा आत्मिक, सबै जीवित प्राणीहरूले स्वरमा स्वर मिलाएर यसो भन्दै गाउनेछन्‌: “सिंहासनमा विराजमान हुनुहुने र थुमालाई धन्यवाद, आदर र महिमा र राज्य सदा सर्वदा होस्‌।” सारा ब्रह्‍माण्डमा विरोधको आवाज कतै सुनिने छैन।

      २५. (क) यूहन्‍नाद्वारा प्रस्तुत त्यो विश्‍वव्यापी गीतबाट हामी के गर्न उत्प्रेरित हुन्छौं? (ख) दर्शनको जसै अन्त हुन्छ ती चार जीवित जीवात र २४ जना प्राचीनहरूले हाम्रालागि कस्तो महान उदाहरण प्रस्तुत गर्छन्‌?

      २५ त्यतिखेर कति ठूलो हर्षोल्लास मनाइनेछ! साँच्चै नै यूहन्‍नाको यस वर्णनले हाम्रो हृदयलाई आनन्दले भरिदिन्छ। स्वर्गीय सेनाहरूसित मिलेर हामी पनि यहोवा परमेश्‍वर र येशू ख्रीष्टको जयजयकार गर्न उत्प्रेरित हुन्छौं। असल कार्यहरूमा लागिरहन के हामी पहिलेभन्दा अब अझ कटिबद्ध भएका छैनौं र? यसरी असल कार्यहरूमा लागिरह्‌यौं भने अन्ततः यहोवाको मदतद्वारा हामीले व्यक्‍तिगत रूपमा त्यो आनन्दमय चरमोत्कर्ष देख्नेछौं। सारा ब्रह्‍माण्डमा गुञ्जने त्यो सामूहिक स्तुतिगानमा हामीले पनि आफ्नो स्वर मिलाउन पाउनेछौं। निश्‍चय पनि, ती चार जीवित जीवातजस्ता करूबहरू र पुनरुत्थानप्राप्त अभिषिक्‍त मसीहीहरू सबै सर्वसम्मत छन्‌। किनकि दर्शन यी शब्दहरूका साथ समाप्त हुन्छ: “औ ती चारै जीवित जीवातले भने, ‘आमिन।’ औ घोप्टो परेर ती धर्म-गुरुहरूले दण्डवत्‌ गरे।”—प्रकाश ५:१४.

      २६. हामीले कुन कुरामाथि विश्‍वास प्रदर्शित गर्नुपर्छ र थुमा के गर्ने तरखरमा हुनुहुन्छ?

      २६ प्रिय पाठक, तपाईं कृपया ती ‘योग्य जन’ अर्थात्‌ थुमाको बलिदानमा विश्‍वास प्रदर्शित गर्नुहोस्‌। “सिंहासनमा विराजमान” यहोवाको उपासना र सेवा गर्ने तपाईंका नम्र प्रयासहरूमा आशिष रहोस्‌। “समय समयमा [आत्मिक] भोजन” दिंदै यूहन्‍नावर्गले तपाईंको मदत गरून्‌। (लूका १२:४२) तर हेर्नुहोस्‌! ती सात वटा छाप खोल्न थुमा तयार हुनु हुँदैछ! हाम्रालागि अब कस्ता कस्ता रोमाञ्चकारी रहस्यहरू खुल्नै लागेका छन्‌!

  • चार घोडसवारहरूको दौड!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १. येशूले खोल्नु हुने रहस्यमय पुस्तकका कुराहरू यहोवाले यूहन्‍नालाई कसरी प्रकट गर्नुहुन्छ?

      यो सङ्‌कटको घडीमा के हामी “चाँडै अवश्‍य हुनआउने कुरा”-मा गहिरो रुचि राख्दैनौं र? अवश्‍य राख्छौं। आखिर ती कुराहरूमा हामी आफै पनि त बिथोलित छौं! अतः आउनुहोस्‌, येशूले त्यो रहस्यमय पुस्तक अब खोल्नु हुँदा हामी पनि यूहन्‍नासित बसेर हेरौं! तर छक्कलाग्दो कुरा के हो भने, यूहन्‍नाले त्यो पुस्तक पढ्‌नु पर्दैन। किन? किनभने त्यसमा भएका कुराहरू यूहन्‍नालाई “चिह्नहरू”द्वारा गतिशील, घटनायुक्‍त र श्रृङ्‌खलाबद्ध दर्शनहरूको रूपमा बताइन्छ।—प्रकाश १:१, १०.

      २. (क) यूहन्‍ना के देख्छन्‌ र सुन्छन्‌ अनि करूब देखा पर्नुको अर्थ के हुन सक्छ? (ख) प्रथम करूबको आदेश कसका लागि हो र तपाईं त्यसो किन भन्‍नुहुन्छ?

      २ येशूले पुस्तकको प्रथम छाप खोल्नुहुँदा, यूहन्‍ना के भन्छन्‌, सो सुन्‍नुहोस्‌: “अनि जब थुमाले ती सातमध्ये एउटा छाप खोल्नुभयो, तब मैंले हेरें, र ती चारमध्येका एउटा जीवित जीवातले गर्जनको आवाजजस्तै ‘आऊ’ भनेको मैंले सुनें।” (प्रकाश ६:१) यो प्रथम करूबको आवाज हो। यहोवाको सङ्‌गठनले पनि साहसपूर्वक यहोवाको न्याय कार्यान्वयन गर्नेछ भनी यूहन्‍नालाई त्यो सिंहको रूपबाट बोध हुन्छ। तर त्यो आदेश कसका लागि हो? यूहन्‍नाका लागि त हुन सक्‍तैन किनभने यी भविष्यसूचक दृश्‍यहरूमा भाग लिने निम्तो यूहन्‍नाले पहिले नै पाइ सकेका थिए। (प्रकाश ४:१) अतः त्यो ‘गर्जनजस्तै आवाजले’ यी चारवटा श्रृङ्‌खलाबद्ध र सनसनीपूर्ण घटनाहरूमा भाग लिने अरूलाई नै बोलाइरहेछ।

      सेतो घोडा र त्यसको सुप्रसिद्ध सवार

      ३. (क) यूहन्‍नाले अब कुन कुरा वर्णन गर्छन्‌? (ख) बाइबलको प्रतिकात्मक प्रयोगअनुसार सेतो घोडाले कुन कुरालाई चित्रित गर्छ?

      ३ यूहन्‍ना तथा तिनका साथमा जोशिला यूहन्‍नावर्ग र तिनीहरूका वर्तमान सङ्‌गीहरूले एउटा गतिशील नाटक हेर्ने सुअवसर पाएका छन्‌! यूहन्‍ना भन्छन्‌: “औ मैंले हेरें, र सेतो घोडा र त्यसमाथि बस्नेले एउटा धनु लिएको मैंले देखें, र तिनलाई एउटा मुकुट पनि दिइयो, औ तिनी विजय गर्दै र विजय गर्नालाई निस्के।” (प्रकाश ६:२) हो, त्यो गर्जनजस्तै आवाजले “आऊ” भन्‍नासाथै सेतो घोडा दौड्‌दै आउँछ। बाइबलमा घोडा अक्सर युद्धको प्रतीक हो। (भजन २०:७; हितोपदेश २१:३१; यशैया ३१:१) यो सम्भवतः एउटा सुन्दर आँडू घोडा हुनुपर्छ जसको चम्किलो सेतो रङ्‌गबाट निष्कलङ्‌क पवित्रताको बोध हुन्छ। (प्रकाश १:१४; ४:४; ७:९; २०:११-सित तुलना गर्नुहोस्‌।) कति उपयुक्‍त! किनकि यो घोडा एउटा यस्तो युद्धको प्रतीक हो जो यहोवाको पवित्र दृष्टिमा शुद्ध र धार्मिक छ!—प्रकाश १९:११, १४ हेर्नुहोस्‌.

      ४. सेतो घोडाको घोडसवार को हुनुहुन्छ? व्याख्या गर्नुहोस्‌।

      ४ यो सेतो घोडामाथि को सवार छ? उनीसित धनु अर्थात्‌ युद्धको एउटा आक्रामक हतियार छ। तर उनलाई एउटा मुकुट पनि दिइएको छ। प्रभुको दिनमा मुकुट लाउने धार्मिक जनहरू येशू र २४ जना प्राचीनहरूद्वारा चित्रित वर्ग मात्र हुन्‌। (दानियल ७:१३, १४, २७; लूका १:३१-३३; प्रकाश ४:४, १०; १४:१४)a साथै, २४ जना प्राचीनहरूको समूहबाट कुनै एक जनाले पनि आफ्नै योग्यताको आधारमा मुकुट पाएको चित्रण गरिनु सम्भाव्य देखिंदैन। अतः यी एक्लो घोडसवार येशू ख्रीष्ट बाहेक अरू कोही हुनै सक्‍तैन। यहाँ यूहन्‍नाले खासगरी १९१४-मा घटित इतिहासको त्यो ऐन घडीमा येशूलाई स्वर्गमा देख्छन्‌। त्यतिखेर स्वयं यहोवाले पनि “मैले आफ्नै राजालाई स्थापित गरेको छु” भनेर घोषित गर्नुहुन्छ। र यसको उद्देश्‍य चाहिं “अन्यजातिहरूलाई तिम्रो सम्पत्ति तुल्याइदिनु हो” भनेर यहोवाले येशूलाई बताउनु हुन्छ। (भजन २:६-८)b तसर्थ, परमेश्‍वरको नियुक्‍त समय आएपछि येशू आफै नै त्यो नयाँ गद्दीनसिन राजाको रूपमा प्रकट हुनु भएर युद्धमा कसरी जाइलाग्नु हुनेछ, सो उहाँले प्रथम छाप खोल्नु हुँदा प्रकाश पार्नु हुन्छ।

      ५. भजन रचयिताले सेतो घोडाको सवारबारे प्रकाश ६:२-सित मिल्दोजुल्दो वर्णन कसरी गरेका छन्‌?

      ५ उक्‍त दृश्‍य र यहोवाले सिंहासनमा बसाल्नु भएको राजालाई सम्बोधन गर्ने यो भजन ४५:४-७, कति राम्ररी मिल्दोजुल्दो छन्‌: “अनि सत्यता, नम्रता र धार्मिकताको निम्ति तिम्रो महामहिमामा सफलतासाथ सवारी गर। औ तिम्रो दाहिने हातले तिमीलाई भयानक काम सिकाउला। तिम्रो काँडाहरू तीखा तीखा छन्‌, राजाका शत्रुहरूका बीचमा ती हुनेछन्‌। मानिसहरू तिम्रो सामने घोप्टो पर्छन्‌। . . . तपाईंको सिंहासन सर्वदा . . . [परमेश्‍वर हुनुहुन्छ।] [ NW] पक्षपातरहितको राजदण्ड तपाईंको राज्यको राजदण्ड हो। तपाईंलाई धार्मिकता मन पर्छ, र दुष्टतालाई तपाईं घृणा गर्नुहुन्छ, यसकारण परमेश्‍वरले, तिम्रा परमेश्‍वरले तिम्रा साथीहरूभन्दा बढ्‌ता गरेर हर्षको तेलले तिमीलाई अभिषेक गर्नुभएको छ।” उक्‍त भविष्यसूचक वर्णनसित यूहन्‍ना परिचित भएको हुनाले त्यो विवरण येशूकै राजकीय गतिविधिसित सम्बन्धित छ भनी उनले बुझ्न सक्छन्‌।—हिब्रू १:१, २, ८, ९-सित तुलना गर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने