प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 मार्च p. ६
  • परिचालक निकायको पत्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचालक निकायको पत्र
  • हाम्रो राज्य सेवकाई—२००८
हाम्रो राज्य सेवकाई—२००८
km08 मार्च p. ६

परिचालक निकायको पत्र

प्रिय सँगी साक्षीहरू:

सँगी विश्‍वासीप्रति माया र आभार व्यक्‍त गर्न प्रेरित पावलले हरेक मौकाको फाइदा उठाए। रोमका मसीहीहरूलाई उनले यसरी लेखे: “म आफ्ना परमेश्‍वरलाई येशू ख्रीष्टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढाउँछु, कि तिमीहरूको विश्‍वासको कीर्ति सारा संसारमा फैलिएको छ।” (रोमी १:८) हो, रोमी साम्राज्यभरि नै प्रथम शताब्दीका मसीहीहरू तिनीहरूको बलियो विश्‍वास र जोशिलो प्रचारकार्यको निम्ति चिनिन्थे। (१ थिस्स. १:८) त्यसैले नै रहेछ, आफ्ना भाइहरूप्रति पावलले यत्ति गहिरो स्नेह देखाएका।

जब-जब हामी तपाईंहरूबारे सोच्छौं पावलजस्तै हामी पनि यहोवालाई धन्यवाद चढाउँछौं। हामी तपाईंहरू सबैलाई धेरै माया गर्छौं! अनि यहोवा तपाईंलाई व्यक्‍तिगत रूपमा पनि माया गर्नुहुन्छ भनेर ढुक्क हुनुहोस्‌। तपाईंहरूमध्ये कतिले तीव्र विरोधको सामना गरिरहनुभएको छ, तैपनि प्रचारमा भाग लिन छोड्‌नुभएको छैन। तपाईंहरू साहसी र निडर भएको देखेर यहोवाको हृदय पक्कै गद्‌गद्‌ हुन्छ!—हितो. २७:११.

येशू ख्रीष्ट “विजय गर्दै र विजय गर्नलाई” अघि बढ्‌दै हुनुहुन्छ र ख्रीष्टका अनुयायीहरू विरुद्ध बनाइने कुनै पनि हतियार बेकामको हुनेछ भन्‍ने कुराको मनग्गे प्रमाण यरबूक-ले दिन्छ।—प्रका. ६:२; यशै. ५४:१७.

फिलिप्पीका मसीहीहरूलाई पावलले लेखे: “मेरा परमेश्‍वरलाई . . . सुसमाचार फैलाउनाको निम्ति तिमीहरूले सहयोग दिएकोमा, म धन्यवाद चढाउँछु।” (फिलि. १:३-५) हामी परिचालक निकायका सदस्यहरू तपाईंहरूबारे पनि यस्तै महसुस गर्छौं। सेवा वर्ष २००७ मा ६६,९१,७९० प्रकाशकहरूले पृथ्वीका २३६ मुलुकमा सुसमाचार प्रचार गर्न १,४३,१७,६१,५५४ घण्टा बिताए। सुसमाचार विस्तारको लागि तपाईंहरूले गर्नुभएको प्रयास साँच्चै कत्ति ठूलो छ! हामी सबैले प्रयास गरेकोले हजारौंले सच्चाई चिन्‍ने मौका पाएका छन्‌। अनि यी सबले यहोवाको कत्ति प्रशंसा भएको छ, सोच्नुहोस्‌ त।

अर्को अवसरमा, आफ्ना भाइहरूप्रति गहिरो समानुभूति भएको कुरा पावलले देखाए। थिस्सलोनिकीमा भएकाहरूलाई उनले लेखे: ‘हाम्रा परमेश्‍वर र पिताको सामने हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा तिमीहरूको आशाको धीरज निरन्तर सम्झन्छौं।’ (१ थिस्स. १:२, ३) हो, जीवनमा पटक्कै समस्या हुँदैन भन्‍ने छैन। समस्या आउँछ, तर यसलाई सहनुचाहिं ठूलो कुरा हो। व्यक्‍तिगत रूपमा तपाईंले कस्ता चुनौतीहरू भोगिरहनुभएको छ? कुनै गम्भीर स्वास्थ्य समस्याको कारण यहोवाको सेवामा आफूले चाहे जति गर्न नसकेकोले विचलित हुनुभएको छ कि? कहिल्यै ‘बस्‌, भयो’ नभन्‍ने हाम्रो शत्रु मृत्युले तपाईंको जीवनसाथीलाई टपक्क टिपेर लगेको पो छ कि? (हितो. ३०:१५, १६) प्रभुमा मात्र विवाह गर्नु भन्‍ने धर्मशास्त्रीय सल्लाह पालन गर्ने तपाईंको निर्णयले गर्दा सुहाउँदो जीवन साथी पाउनै सक्नुभएको छैन कि? (१ कोरि. ७:३९) के तपाईं कठिन आर्थिक स्थितिको बावजूद छोराछोरीलाई हुर्काउन कडा मेहनत गर्दै हुनुहुन्छ? यदि तपाईंले राज्यलाई प्रथम स्थानमा राख्नुभयो भने, तपाईंको अवस्था जस्तोसुकै भएपनि ‘उहाँको नाउँतर्फ तपाईंले देखाएको काम र प्रेमलाई’ यहोवाले बिर्सनुहुन्‍न भन्‍ने कुरामा विश्‍वस्त हुन सक्नुहुन्छ। त्यसकारण भाइबहिनी हो, ‘भलाइ गर्नमा हरेस नखानुहोस्‌’ भनी हामी तपाईंहरूलाई न्यानो आग्रह गर्छौं!—हिब्रू ६:१०; गला. ६:९.

सहन तपाईंलाई केले मदत गर्छ? थिस्सलोनिकीहरूलाई जस्तै तपाईंलाई पनि ‘प्रभु येशू ख्रीष्टप्रतिको आशाले’ मदत गर्छ। प्रेरित पावलले असलै कारणले “मुक्‍तिको आशा”-लाई मजबूत टोपसँग तुलना गरे जसले कुनै मसीहीलाई नकारात्मक सोचाइ र शंका-उपशंकाबाट जोगाउन सक्छ।—१ थिस्स. ५:८.

हो, खुसीसाथ सहँदा तपाईंले विश्‍वव्यापी सार्वभौमिकतामाथि शैतानको उपहासको जवाफ दिइरहनुभएको हुनेछ। शैतानको दाबीअनुसार परमेश्‍वरका सेवकहरू जन्मजातै स्वार्थी छन्‌ र केही समय परमेश्‍वरको सेवा गरे पनि परीक्षाहरू आउँदा वा आशा गरेको समयमा अन्त नआउँदा उनीहरू सेलाउँछन्‌। तर शैतान वास्तवमा फटाहा हो भनेर साबित गर्ने मौका तपाईंसँग छ! जसो दिन बित्दै जान्छ, तपाईंले पाउने आशा पनि झन्‌-झनै नजिकिंदै जान्छ।

पावलले आफ्ना भाइहरूको बलियो विश्‍वास, प्रचारकार्यमा तिनीहरूको योगदान र तिनीहरूको धीरजको निम्ति प्रशंसा गर्ने मौका खोजेझैं यस मौकामा तपाईंहरूको पनि प्रशंसा गर्न र तपाईंहरूप्रतिको हाम्रो प्रेमबारे विश्‍वस्त गराउन पाउँदा हामीलाई खुसी लागेको छ। यो असल काममा सधैं लागिरहनुहोस्‌!

आउँदो वर्ष पनि प्रशस्त मात्रामा यहोवाको आशिष्‌ तपाईंहरूमाथि रहोस्‌। शुभकामनासहित,

हामी तपाईंका भाइहरू,

यहोवाका साक्षीहरूको परिचालक निकाय

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने