प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 मार्च पृ. ५
  • क्षेत्रमा हुँदा विवेकी हुने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्रमा हुँदा विवेकी हुने
  • हाम्रो राज्य सेवकाई—२००८
हाम्रो राज्य सेवकाई—२००८
km08 मार्च पृ. ५

क्षेत्रमा हुँदा विवेकी हुने

१ प्रचारकार्यलाई कसरी अगाडि बढाउने भन्‍नेबारे येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई व्यावहारिक र सन्तुलित निर्देशन दिनुभयो। परिस्थिति परिवर्तन हुँदा प्रचार गर्ने तरिकामा पनि परिवर्तन ल्याउनुपर्छ भन्‍ने कुरा उहाँलाई थाह थियो। उदाहरणको लागि, आफ्ना बाह्र जना चेलाहरूलाई पहिलो चोटि प्रचारमा पठाउँदा उहाँले तिनीहरूलाई मत्ती १०:९, १० मा उल्लेख गरिएको निर्देशन दिनुभयो। (लूका ९:३) त्यस समयमा यो सल्लाह उपयुक्‍त थियो। तथापि, पछि गएर परिस्थिति परिवर्तन भयो। प्रचारकार्यलाई सबैले स्वीकारेनन्‌, त्यसैले येशूले लूका २२:३५-३७ मा उल्लेख गरिएको बेग्लै निर्देशन दिनुभयो। प्रचार गर्दा आज हामीले पनि यस्तै किसिमको लचकता देखाउनै पर्छ।

२ हाम्रो लक्ष्य भनेको परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने र योग्य मानिसलाई खोज्ने हो। यहोवाका सेवकहरूको जोसिलो सेवामा उहाँको आशिष्‌ छर्लङ्‌गै देखिएको छ। तैपनि, हामी किन शान्तिको सन्देश प्रचार गर्छौं, सबै मानिसले बुझ्दैनन्‌ वा सुन्‍न चाहँदैनन्‌। हो, शैतान सुसमाचार प्रचार गरिएको देख्न चाहँदैन, त्यसैले विरोध मच्चाउँछ। (१ पत्रु. ५:८; प्रका. १२:१२, १७) त्यसैले, विशेषगरि घर-घरको प्रचारमा जाँदा हामीले विवेक अनि बुद्धि चलाउनु आवश्‍यक छ। (हितो. ३:२१, २२, NRV) तपाईंले काम गर्ने क्षेत्रमा अहिले त्यस्तो विरोध खप्नु नपरे तापनि आइपर्न सक्ने समस्याबाट जोगिन होसियार हुनु बुद्धिमानी हो।—हितो. २२:३.

३ क्षेत्र सेवाको सभा: हरेक पुस्तक अध्ययन समूह आ-आफ्नो प्रबन्धअनुसार भेला भयो भने प्रचारमा जान भेला हुने भाइबहिनीहरूको संख्या सामान्यतया सानो हुनेछ। यस्तो समूह कुनै भाइ वा बहिनीको घरमा भेला हुन सक्छ। तर कट्टर विरोधी अथवा धर्मको विषयमा अत्यन्तै संवेदनशील मानिसहरू बस्ने क्षेत्र वा त्यस वरपर भने यसरी भेला हुनुहुँदैन। भेला हुने ठाउँको अभाव छ भने राज्यभवन प्रयोग गर्न सकिन्छ किनकि त्यहाँ आवतजावत गर्दा अरूलाई नौलो लाग्दैन। अथवा प्रचार गर्न लागेको इलाकाभित्र नपर्ने कुनै सार्वजनिक ठाउँमा पनि भेला हुन सकिन्छ। अरूको ध्यानाकर्षण नगरिकनै प्रचार गर्ने क्षेत्रमा पुग्न सकियोस्‌ भन्‍नको खातिर त्यहाँ पुग्नुअघि नै बाँडफाँड गर्ने आदि सबै काम गरिसकेको हुनुपर्छ। प्रचार गर्ने इलाकामा भेला हुने, ठूल्ठूलो स्वरले बोल्ने वा मानिसहरूलाई अनावश्‍यक रूपमा हामीतर्फ आकर्षित गराउने कुनै पनि काम गर्नु बुद्धिमानी होइन। विरोधी तत्त्वहरूको ध्यान हामीतर्फ नखिचिओस्‌ भन्‍नको लागि आफ्नो सवारी साधनलाई पनि प्रचार गर्ने इलाकाभन्दा टाढै राख्नपर्छ।

४ वरपर के हुँदैछ, याद गर्नुहोस्‌: हामी के गर्दैछौं, कता जाँदैछौं भनेर चियो गर्ने एक व्यक्‍तिले पछि ठूलो भीड जम्मा गरेर हाम्रो विरोध गर्ने वा हामीमाथि आक्रमण गर्ने गरेको अक्सर पाइन्छ। त्यसैले प्रचार गर्दा सधैं चनाखो हुनुहोस्‌ र वरपर के हुँदैछ, त्यसलाई पनि याद गर्नुहोस्‌। प्रचारमा सँगै जाने दुई जनामध्ये एकले घरधनीसित कुरा गरिरहेको बेला अर्कोले चाहिं वरपर के हुँदैछ, घरधनीलाई बाधा नपुग्ने किसिमले याद गर्नुपर्छ। (मत्ती १०:१६) यदि कुनै व्यक्‍तिले निकै घुरेर हेरिरहेको छ अथवा तपाईंतिर हेर्दै मोबाइलमा कुरा गरिरहेको छ भने कुराकानीलाई टुङ्‌ग्याएर शान्तसाथ त्यो क्षेत्र छोड्‌नु नै उपयुक्‍त हुन्छ। (हितो. १७:१४, NW) यस्तो अवस्था आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रचार गर्ने अर्को इलाकाको प्रबन्ध पनि पहिल्यै मिलाउन सकिन्छ। यसरी काम गर्न परिपक्वता र बुद्धि चाहिने भएकोले नयाँ प्रकाशकले सधैं अनुभवी प्रकाशकसँग काम गर्नु राम्रो हो।

५ हाम्रो पहिरन छरितो तर अरूको अनावश्‍यक ध्यान आकर्षण गर्ने खालको हुनुहुँदैन: प्रचारमा हुँदा विवेकी हुनु र आफूतर्फ अरूको अनावश्‍यक ध्यान नखिच्नुमा हाम्रो पहिरन पनि मुछिएको छ। हाम्रो पहिरन र कोरिबाटी सधैं सफा, छरितो र भद्र हुनुपर्छ। तर हामी बसेको समाजका मानिसहरूले जस्तो किसिमको लुगा लगाउँछन्‌, हामीले पनि त्यस्तै लगाउनु शास्त्रीय आधारमा उपयुक्‍त छ। आफूलाई बिलकुलै फरक बनाएर हामी अरूको अनावश्‍यक ध्यान खिच्न चाहँदैनौं। अथवा विदेशीजस्तो देखिने पहिरन तथा कोरिबाटी गरेर हाम्रो सन्देशप्रति मानिसहरूको पूर्वाग्रही भावना जगाउँदैनौं। येशू पनि त्यतिखेरका मानिसहरूले लगाउने जस्तै लुगाफाटा लगाउनुहुन्थ्यो। त्यसैले त येशूलाई चिनाउन यहूदाले उहाँलाई म्वाइँ खानुपऱ्‍यो। येशू आफ्नो बेग्लै किसिमको पहिरनद्वारा चिनिनुभएन। (मत्ती २६:४८; मर्कू. १४:४४) त्यसैले यस सन्दर्भमा हामी प्रत्येकले ध्यान दिन सक्छौं। माथि दिइएका सिद्धान्त र सल्लाहको आधारमा यदि कसैले कुनै परिवर्तन गर्छ भने यस्तो व्यक्‍तिगत छनौटलाई अरूले स्वीकार्नुपर्छ। हामी हाम्रो सेवामा कुनै पनि तरिकामा कलङ्‌क लाग्न दिदैनौं।—२ कोरि. ६:३.

६ प्रचारमा जाँदा विवेकी भएर हामी आइपर्न सक्ने समस्याहरू कम गर्न सक्छौं। यसो गऱ्‍यौं भने, हामी यस डरलाग्दो आखिरी दिनमा बाँचिरहेको भए तापनि यहोवाको इच्छा पूरा गरेर उहाँको महिमा र प्रशंसा गरिरहन सक्नेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने