प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मसीह देखा पर्ने समयबारे दानियलको भविष्यवाणी
    बाइबलले वास्तवमा के सिकाउँछ?
    • फारसका राजा आर्टजारसेजको शासन ईसापूर्व ४७५ मा सुरु भयो। त्यसैले ईसापूर्व ४५५ तिनको शासनको २० औं वर्ष थियो। दानियलले मसीहबारे गरेको भविष्यवाणी ईसापूर्व ४५५ देखि सुरु हुन थाल्यो।

      दानियलको भविष्यवाणीले ‘सात हप्ता र बासट्ठी हप्ता’ अर्थात्‌ जम्मा ६९ हप्ता बितेपछि “अभिषेक जन” अर्थात्‌ मसीह देखा पर्नेछ भनेर सङ्‌केत गर्छ। यो कति लामो समय हो? थुप्रै बाइबल अनुवादक एक दिन बराबर एक वर्ष मानेर ६९ हप्ताको गणना गर्नुपर्छ भन्छन्‌। यसको अर्थ एक हप्ताले सात वर्षलाई बुझाउँछ। यहूदीहरूले हरेक सात-सात दिनमा विश्राम दिन मनाएझैं हरेक सात-सात वर्षमा विश्राम वर्ष मनाउँथे। त्यसकारण एक हप्ताले सात दिनलाई बुझाएजस्तै एक हप्ताले सात वर्षलाई बुझाउँछ भनेर पनि यहूदीहरूलाई थाह थियो। (प्रस्थान २३:१०, ११) त्यसैले ६९ हप्ताले ६९ गुना ७ वर्ष अर्थात्‌ जम्मा ४८३ वर्षलाई बुझाउँछ।

      अब हामीले ईसापूर्व ४५५ देखि ४८३ वर्षसम्म गन्दै लग्यौं भने इस्वी संवत्‌ २९ मा पुग्छौं। ठीक यसै वर्ष येशूको बप्तिस्मा भयो र उहाँ मसीह नियुक्‍त हुनुभयो!a (लूका ३:१, २, २१, २२) बाइबल भविष्यवाणीको कति आश्‍चर्यजनक पूर्ति!

      Chart: The prophecy of the seventy weeks in Daniel 9 foretells the arrival of the Messiah
  • येशू ख्रीष्ट—प्रतिज्ञा गरिएको मसीह
    बाइबलले वास्तवमा के सिकाउँछ?
    • अतिरिक्‍त लेख

      येशू ख्रीष्ट—प्रतिज्ञा गरिएको मसीह

      हामीले मसीह चिन्‍न सकोस्‌ भनेर यहोवा परमेश्‍वरले तिनको जन्म, तिनले गर्ने सेवा र तिनको मृत्युबारे थुप्रै भविष्यवाणी लेख्न लगाउनुभयो। ती सबै भविष्यवाणी येशू ख्रीष्टमा पूरा भए। ती भविष्यवाणीमा दिइएका जानकारीहरू सही अनि विस्तृत थिए। उदाहरणको लागि मसीहको जन्म र बाल्यकालसित सम्बन्धित केही भविष्यवाणी विचार गरौं।

      भविष्यवक्‍ता यशैयाले मसीहको जन्म राजा दाऊदको परिवारमा हुनेछ भनेका थिए। (यशैया ९:७) हुन पनि येशूको जन्म दाऊदको घरानामै भयो।—मत्ती १:१, ६-१७.

      अर्को एक जना भविष्यवक्‍ता मीकाले मसीहको जन्म “बेतलेहेम एप्राता”-मा हुनेछ अनि पछि गएर तिनी राजा हुनेछन्‌ भनेर बताए। (मीका ५:२) येशूको जन्म हुँदा इस्राएलमा बेतलेहेम नामका दुइटा सहर थिए। एउटा, उत्तरी भागमा नासरत नजिकै थियो भने अर्कोचाहिं यहूदाको यरूशलेम नजिकै। यरूशलेम नजिकैको बेतलेहेमलाई पहिला एप्राता भनिन्थ्यो। भविष्यवाणी गरिएझैं येशूको जन्म त्यही एप्राता सहरमा भयो!—मत्ती २:१.

      बाइबलको अर्को भविष्यवाणीअनुसार परमेश्‍वरको छोरालाई “मिश्र देशबाट” बोलाइने थियो। येशूका आमाबुबाले तिनी जन्मेको केही समयपछि तिनलाई मिश्रमा लगे। यहूदाका राजा हेरोदको मृत्युपछि बालक येशूलाई लिएर उनीहरू मिश्रबाट फर्के। यसरी भविष्यवाणी पूरा भयो।—होशे ११:१; मत्ती २:१५.

      पृष्ठ २०० को पेटीमा मसीहसम्बन्धी अरू भविष्यवाणी दिइएका छन्‌। भविष्यवाणी लेखिएको पदलाई पूर्ति भएको पदसित दाँजेर हेर्नुहोस्‌। यसो गर्दा परमेश्‍वरको वचनमाथि तपाईंको विश्‍वास अझ बलियो हुनेछ।

      यी भविष्यवाणी येशू जन्मनुभन्दा सयौं वर्षअघि लेखिएका थिए भन्‍ने कुरा नबिर्सनुहोस्‌। येशूले यसो भन्‍नुभयो: “मोशाको व्यवस्था, भविष्यवक्‍ताहरूको लेखोट र भजनहरूमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनै पर्छ।” (लूका २४:४४) यी सबै भविष्यवाणीका एक-एक विवरण कसरी पूरा भए, तपाईंले आफ्नै बाइबलमा जाँचेर हेर्न सक्नुहुन्छ।

      मसीहसम्बन्धी भविष्यवाणीहरू

      घटना

      भविष्यवाणी

      पूर्ति

      यहूदाको कुलमा जन्म

      उत्पत्ति ४९:१०

      लूका ३:२३-३३

      कन्या केटीको कोखबाट जन्म

      यशैया ७:१४

      मत्ती १:१८-२५

      राजा दाऊदको वंश

      यशैया ९:७

      मत्ती १:१, ६-१७

      यहोवाले आफ्नो छोरा भनी घोषणा गर्नुभयो

      भजन २:७

      मत्ती ३:१७

      मानिसहरूले विश्‍वास गरेनन्‌

      यशैया ५३:१

      यूहन्‍ना १२:३७, ३८

      गधामाथि सवार भएर यरूशलेम प्रवेश गर्नुभयो

      जकरिया ९:९

      मत्ती २१:१-९

      घनिष्ठ साथीबाट विश्‍वासघात

      भजन ४१:९

      यूहन्‍ना १३:१८, २१-३०

      तीस टुक्रा चाँदीको लागि धोका दिइयो

      जकरिया ११:१२

      मत्ती २६:१४-१६

      आरोप लगाउनेहरूसामु मुख खोल्नुभएन

      यशैया ५३:७

      मत्ती २७:११-१४

      उहाँको लुगाको लागि गोला हालियो

      भजन २२:१८

      मत्ती २७:३५

      खम्बामा टाँगिंदा उहाँको अपमान

      भजन २२:७, ८

      मत्ती २७:३९-४३

      उहाँको एउटै हड्डी भाँचिएन

      भजन ३४:२०

      यूहन्‍ना १९:३३, ३६

      धनी मानिसको चिहानमा राखियो

      यशैया ५३:९

      मत्ती २७:५७-६०

      शरीर कुहिनुअघि ब्यूँताइनुभयो

      भजन १६:१०

      प्रेषित २:२४, २७

      परमेश्‍वरको दाहिने हाततर्फ बस्नुभयो

      भजन ११०:१

      प्रेषित ७:५६

  • बुबा, छोरा र पवित्र शक्‍तिबारे साँचो कुरा
    बाइबलले वास्तवमा के सिकाउँछ?
    • अतिरिक्‍त लेख

      बुबा, छोरा र पवित्र शक्‍तिबारे साँचो कुरा

      त्रिएकको शिक्षामा विश्‍वास गर्नेहरू ‘पिता, पुत्र र पवित्र आत्मा एउटै हो’ भन्छन्‌। ती तीनै व्यक्‍ति बराबर अनि सर्वशक्‍तिमान्‌ छन्‌ र तीनै जनाको सुरुवात छैन भनी तिनीहरू भन्छन्‌। त्रिएकको शिक्षाअनुसार बुबा परमेश्‍वर हुनुहुन्छ, छोरा परमेश्‍वर हुनुहुन्छ र पवित्र आत्मा पनि परमेश्‍वर हुनुहुन्छ तर परमेश्‍वर तीन जना फरक-फरक व्यक्‍ति नभई एउटै हुनुहुन्छ।

      त्रिएकको शिक्षामा विश्‍वास गर्नेहरू आफैले त्रिएकको शिक्षा बुझाउन सक्दैनन्‌। तैपनि यो बाइबलकै शिक्षा हो भनी तिनीहरू जिद्दी गर्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने