-
परमेश्वरको नाम—यसको प्रयोग अनि अर्थबाइबलले वास्तवमा के सिकाउँछ?
-
-
घनिष्ठ हुन सक्छन् र? परमेश्वरको नाम प्रयोग नगर्दा तिनीहरूलाई उहाँको नाम कत्तिको अर्थपूर्ण छ भनेर पनि थाह हुँदैन। परमेश्वरको नामको अर्थ के हो?
परमेश्वर आफैले वफादार सेवक मोशालाई आफ्नो नामको अर्थ बताउनुभयो। तिनले परमेश्वरको नामबारे सोध्दा यहोवाले यस्तो जवाफ दिनुभयो: “म हुँ जो म हुँ।” (प्रस्थान ३:१४) एउटा बाइबलले यसलाई यसरी अनुवाद गरेको छ: “म जे हुन चाहन्छु, त्यही हुन्छु।” आफ्ना उद्देश्यहरू पूरा गर्न जे आवश्यक छ, यहोवा त्यही हुन वा बन्न सक्नुहुन्छ।
मानिलिनुहोस्, तपाईं जे बन्न चाहनुहुन्छ, त्यही बन्न सक्नुहुन्छ। तपाईं आफ्ना साथीभाइहरूका लागि के-के बन्नुहुनेछ? साथी सिकिस्त बिरामी भयो भने तपाईं दक्ष डाक्टर बनेर तिनलाई निको पार्न सक्नुहुन्छ। अर्को साथीले आर्थिक क्षति भोग्नुपऱ्यो भने तपाईं दानी बनेर तिनलाई मदत गर्न सक्नुहुन्छ। तर हामी सबैले गर्न सक्ने कुरा सीमित छ। आफ्नो प्रतिज्ञा पूरा गर्न जे आवश्यक छ, यहोवा त्यही बन्न सक्नुहुन्छ भनी सिक्दै जाँदा तपाईं दङ्ग पर्नुहुनेछ। आफूलाई प्रेम गर्नेहरूको खातिर शक्ति चलाउन यहोवा खुसी हुनुहुन्छ। (२ इतिहास १६:९) उहाँको नाम नचिन्नेले उहाँको व्यक्तित्वका सुन्दर पक्षहरू थाह पाउन सक्दैन।
परमेश्वरको नाम प्रयोग गर्नुपर्छ भनेर बाइबलमा प्रस्टै लेखिएको छ। उहाँको नामको अर्थ बुझ्यौं र उपासनामा उहाँको नाम लिन हिचकिचाएनौं भने स्वर्गमा बस्नुहुने बुबा यहोवासित घनिष्ठ हुनेछौं।
-
-
मसीह देखा पर्ने समयबारे दानियलको भविष्यवाणीबाइबलले वास्तवमा के सिकाउँछ?
-
-
अतिरिक्त लेख
मसीह देखा पर्ने समयबारे दानियलको भविष्यवाणी
भविष्यवक्ता दानियल येशूभन्दा ५०० वर्षअघि जन्मिएका थिए। यहोवाले दानियललाई दिनुभएको जानकारीको आधारमा येशू कहिले मसीहको रूपमा नियुक्त हुनुहुने थियो भनेर ठ्याक्कै थाह पाउन सकिन्थ्यो। दानियलले यस्तो लेखे: ‘यो जान र बुझ, यरूशलेमको पुनर्प्राप्ति र पुनर्निर्माण हुनेछ भन्ने वचन निस्केको समयदेखि एक अभिषेक जन देखा परेको समयसम्म सात हप्ता र बासट्ठी हप्ता बित्नेछ।’—दानियल ९:२५.
मसीह देखा पर्ने समय थाह पाउन हामीले दानियलको भविष्यवाणी कहिलेदेखि पूरा हुन थाल्यो, त्यो पत्ता लगाउनुपर्छ। “यरूशलेमको पुनर्प्राप्ति र पुनर्निर्माण हुनेछ भन्ने वचन निस्केको समयदेखि” त्यो भविष्यवाणी पूरा हुन थाल्यो। तर त्यो “वचन निस्केको” कहिले हो? बाइबलका एक जना लेखक नहेम्याहअनुसार यरूशलेमको पर्खाल पुनर्निर्माण हुनेछ भन्ने वचन “आर्ट-जारसेज राजाको बीसौं वर्ष”-मा निस्कियो। (नहेम्याह २:१, ५-८) इतिहासकारहरूअनुसार फारसका राजा आर्टजारसेजको शासन ईसापूर्व ४७५ मा सुरु भयो। त्यसैले ईसापूर्व ४५५ तिनको शासनको २० औं वर्ष थियो। दानियलले मसीहबारे गरेको भविष्यवाणी ईसापूर्व ४५५ देखि सुरु हुन थाल्यो।
दानियलको भविष्यवाणीले ‘सात हप्ता र बासट्ठी हप्ता’ अर्थात् जम्मा ६९ हप्ता बितेपछि “अभिषेक जन” अर्थात् मसीह देखा पर्नेछ भनेर सङ्केत गर्छ। यो कति लामो समय हो? थुप्रै बाइबल अनुवादक एक दिन बराबर एक वर्ष मानेर ६९ हप्ताको गणना गर्नुपर्छ भन्छन्। यसको अर्थ एक हप्ताले सात वर्षलाई बुझाउँछ। यहूदीहरूले हरेक सात-सात दिनमा विश्राम दिन मनाएझैं हरेक सात-सात वर्षमा विश्राम वर्ष मनाउँथे। त्यसकारण एक हप्ताले सात दिनलाई बुझाएजस्तै एक हप्ताले सात वर्षलाई बुझाउँछ भनेर पनि यहूदीहरूलाई थाह थियो। (प्रस्थान २३:१०, ११) त्यसैले ६९ हप्ताले ६९ गुना ७ वर्ष अर्थात् जम्मा ४८३ वर्षलाई बुझाउँछ।
अब हामीले ईसापूर्व ४५५ देखि ४८३ वर्षसम्म गन्दै लग्यौं भने इस्वी संवत् २९ मा पुग्छौं। ठीक यसै वर्ष येशूको बप्तिस्मा भयो र उहाँ मसीह नियुक्त हुनुभयो!a (लूका ३:१, २, २१, २२) बाइबल भविष्यवाणीको कति आश्चर्यजनक पूर्ति!
a ईसापूर्व ४५५ देखि ईसापूर्व १ सम्म ४५४ वर्ष हुन्छ। अनि ईसापूर्व १ देखि इस्वी संवत् १ सम्म एक वर्ष हुन्छ। इस्वी संवत् १ देखि इस्वी संवत् २९ सम्ममा २८ वर्ष हुन्छ। यी तीनैवटा सङ्ख्यालाई (४५४+१+२८) जोड्यौं भने जम्मा ४८३ वर्ष हुन्छ। भविष्यवाणीअनुसारै ७० औं हप्तामा अर्थात् इस्वी संवत् ३३ मा येशूलाई ‘हटाइयो’ अर्थात् उहाँको मृत्यु भयो। (दानियल ९:२४, २६) यहोवाका साक्षीहरूद्वारा प्रकाशित दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्! किताबको अध्याय ११ हेर्नुहोस्।
-
-
येशू ख्रीष्ट—प्रतिज्ञा गरिएको मसीहबाइबलले वास्तवमा के सिकाउँछ?
-
-
अतिरिक्त लेख
येशू ख्रीष्ट—प्रतिज्ञा गरिएको मसीह
हामीले मसीह चिन्न सकोस् भनेर यहोवा परमेश्वरले तिनको जन्म, तिनले गर्ने सेवा र तिनको मृत्युबारे थुप्रै भविष्यवाणी लेख्न लगाउनुभयो। ती सबै भविष्यवाणी येशू ख्रीष्टमा पूरा भए। ती भविष्यवाणीमा दिइएका जानकारीहरू सही
-