प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मे ११ को हप्ताको तालिका
    राज्य सेवकाई—२००९ | मे
    • मे ११ को हप्ताको तालिका

      मे ११ मा सुरु हुने हप्ता

      गीत १४ (११७)

      □ मण्डली बाइबल अध्ययन:

      my-NP कथा ७३-७४

      □ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

      बाइबल पढाइ: प्रस्थान २७-२९

      न. १: प्रस्थान २९:१-१८

      न. २: याकूबले पवित्र कुराहरूको मोल गरे (my-NP कथा १७)

      न. ३: गलत कुराप्रति वफादार हुनु र यसका खतराहरू

      □ सेवा सभा:

      गीत ४ (४३)

      ५ मि: घोषणाहरू।

      १० मि: सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्छ कि? सहायक अग्रगामी सेवाबारे हाम्रो राज्य सेवकाई, मार्च २००७, पृष्ठ ४ (अर्गनाइज्ड पुस्तक, पृष्ठ ११२-११३) मा पाइने जानकारीमा आधारित श्रोतासित छलफल। सहायक अग्रगामी सेवा गर्न चाहिने आवश्‍यकताबारे बताउनुहोस्‌। विगतमा सहायक अग्रगामी सेवा गरेकाहरूलाई उनीहरूले पाएका आशिष्‌बारे बताउन निम्तो दिनुहोस्‌।

      १० मि: प्रचारकार्यमा भाग लिन परिवारसँग मिलेर तयारी गर्नुहोस्‌। पारिवारिक उपासनाको केही समय प्रचारकार्यको तयारी गर्न प्रयोग गर्ने गरेका दुई परिवारका शिरको छोटो अन्तरवार्ता लिनुहोस्‌। तिनीहरू कसरी तयारी गर्छन्‌? तयारी गर्दा कस्तो फाइदा पुगेको छ? एउटा परिवारको शिरले पत्रिकाकार्यमा भाग लिनको लागि कसरी अभ्यास गर्छन्‌, प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्‌।

      १० मि: “सजिलै बुझ्न सक्नेगरि सिकाउनुहोस्‌।” प्रश्‍न-उत्तर छलफल।

      गीत २३ (२००)

  • सजिलै बुझ्न सक्नेगरि सिकाउनुहोस्‌
    राज्य सेवकाई—२००९ | मे
    • सजिलै बुझ्न सक्नेगरि सिकाउनुहोस्‌

      १. स्पष्ट अनि प्रभावकारी तरिकामा सिकाउन चाहिने एउटा महत्त्वपूर्ण पक्ष के हो?

      १ प्रभावकारी तरिकामा सिकाउनको लागि चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा सजिलै बुझ्न सक्नेगरि सिकाउनु हो। महान्‌ शिक्षक येशूको सिकाउने तरिका विचार गऱ्‍यौं भने हामी आफ्नो “शिक्षण कला”-मा निपुण हुन सक्छौं।—२ तिमो. ४:२, NW; यूह. १३:१३.

      २. सजिलै बुझ्न सक्नेगरि सिकाउन के गर्नुपर्छ र यसरी सिकाउँदा मानिसमाथि कस्तो प्रभाव पर्छ?

      २ सजिलै बुझ्न सक्नेगरि बोल्नुहोस्‌: अहिलेसम्म मानिसले बोलेका सबैभन्दा गहिरा सत्यमध्ये केही डाँडाको उपदेशमा पाइन्छ। तैपनि उक्‍त सत्य सजिलै बुझ्न सकिनेगरि व्यक्‍त गरिएको छ। (मत्ती अध्याय ५-७) भीड येशूको “शिक्षा सुनेर छक्क पऱ्‍यो।” उहाँलाई पक्रन पठाइएका अफिसरहरू पनि येशूको शिक्षा सुनेर अत्यन्तै प्रभावित भएर यसो भने: “यस मानिसले जस्तो त कुनै मानिसले कहिल्यै बोलेन।” (मत्ती ७:२८, २९, NRV; यूह. ७:४६) अरूलाई बाइबल सत्यमा पूर्ण रूपमा मनाउन ठूलठूला अनि गाह्रा शब्दहरू प्रयोग गर्नु वा लम्बेतान उदाहरणहरू दिइरहनुपर्दैन। सबैले जानेबुझेका शब्दहरू प्रयोग गरेर नै बाइबल सत्य स्पष्टै बुझाउन सकिन्छ।

      ३. किन कसै-कसैमा श्रोतालाई तीनथुप्रो जानकारी दिने झुकाव हुन सक्छ? अनि यस्तो बानीलाई कसरी त्याग्न सकिन्छ?

      ३ एक पटकमा कति सिकाउने, पहिल्यै पक्का गर्नुहोस्‌: एक पटकमा कति जानकारी दिने हो, त्यो पक्का गर्न येशू आफ्ना श्रोतालाई विचार गर्नुहुन्थ्यो। (यूह. १६:१२) यससम्बन्धमा हामी विचारशील र लचकदार हुनैपर्छ। त्यसमा पनि विशेषगरि नातेदार, भर्खरै चासो देखाउन थालेकाहरू वा केटाकेटीलाई सिकाउँदा त झनै विचारशील र लचकदार हुनुपर्छ। श्रोताले ध्यान दिएर सुनेको जस्तो देखिए तापनि एकै पटकमा तीनथुप्रो जानकारी दिएर उनीहरूलाई अलमल्लमा पार्नुहुँदैन। निष्कपट मानिसहरूले सत्य परमेश्‍वर यहोवाको ज्ञान निरन्तर लिइरहनेछन्‌।—यूह. १७:३; १ कोरि. ३:६.

      ४. विस्तृत विवरण दिनुभन्दा पनि मुख्य-मुख्य बुँदामा ध्यान दिनु किन फाइदाजनक हुन्छ?

      ४ मुख्य-मुख्य बुँदामा ध्यान खिच्नुहोस्‌: येशू श्रोतालाई लामो विवरण दिएर सिकाएको कुरै बुझ्न गाह्रो पार्नुहुन्‍न थियो। [“सम्झनाको,” NW] चिहानमा हुनेहरू सबै . . . निस्किआउनेछन्‌” भनेर बताउँदा पुनरुत्थान हुने दुई वर्गबारे विस्तृत विवरण दिने समय त्यो थिएन। (यूह. ५:२८, २९) त्यसैगरि बाइबल अध्ययन सञ्चालन गर्दा हामीले मुख्य-मुख्य बुँदामा ध्यान खिच्नुपर्छ। अध्ययन गरिरहेको प्रकाशनमै नभएका अनावश्‍यक जानकारी दिने खसखसीलाई नियन्त्रणमा राख्नुपर्छ।

      ५. सजिलै बुझ्न सक्नेगरि सिकाउँदा कस्तो आशिष्‌ पाउन सक्छौं?

      ५ हामीले थाह पाउनुपर्ने जति जानकारी सजिलै बुझ्न सक्नेगरि सिकाउनुभएकोमा हामी यहोवाप्रति अत्यन्तै कृतज्ञ छौं। (मत्ती ११:२५) हामीले पनि सिकाउँदा सजिलै बुझ्न सक्नेगरि सिकाउन सकौं र सेवाको काम फलदायी हुँदा प्राप्त हुने आनन्द अनुभव गर्न सकौं।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने