ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू डिसेम्बर २७, २०१० मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछ। स्कूल निरीक्षकले नोभेम्बर १ देखि डिसेम्बर २७, २०१० सम्मका हप्तामा प्रस्तुत गरिएका असाइनमेन्टहरूमा आधारित २० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्।
१. पहिलो इतिहास १६:३४ मा लिपिबद्ध लेवीहरूले गाएको प्रशंसाको अभिव्यक्तिबाट हामी के पाठ सिक्न सक्छौं? [w०२ १/१५ पृ. ११ अनु. ६-७]
२. इस्राएलीहरूले मन्दिरमा गर्ने उपासनामा गीतले कस्तो भूमिका खेल्यो? (१ इति. २३:४, ५; २५:७) [w९४ ५/१ पृ. १६-१७ अनु. ८]
३. परमेश्वरप्रति छोरा सुलेमानले कस्तो भावना राखोस् भन्ने राजा दाऊद चाहन्थे? (१ इति. २८:९) [w०८ १०/१ पृ. ११, अनु. १८]
४. खँड्कुला बसाल्न गोरुहरूको आकृति बनाइनु किन उपयुक्त थियो? (२ इति. ४:२-४) [w०५ १२/१ पृ. १९, अनु. ३; w९८ ६/१५ पृ. १६, अनु. १७]
५. मन्दिर उद्घाटनको बेला सुलेमानले गरेको प्रार्थनाबाट हामी यहोवाबारे के सिक्न सक्छौं? (२ इति. ६:१९, २२, ३२) [w०५ १२/१ पृ. १९]
६. दोस्रो इतिहास १३:५, NRV मा “नूनको सोझो हुने करारको” अर्थ के हो? [w०५ १२/१ पृ. २०, अनु. २; it-2-E पृ. ८४२, अनु. ७]
७. दोस्रो इतिहास १७:९, १० को सिद्धान्तलाई क्षेत्र सेवामा कसरी लागू गर्न सकिन्छ? [w०९ ६/१ पृ. १८, अनु. ७]
८. राजा यहोशापातको उदाहरणबाट यहोवाबारे हामी के पाठ सिक्न सक्छौं? (२ इति. १९:१-३) [w०५ १२/१ पृ. २१; w०३ ७/१ पृ. १७, अनु. १३]
९. परमेश्वरको आजका जनहरू कसरी २ इतिहास २०:१७ अनुसारै चल्नेछन्? [w०३ ६/१ पृ. २१-२२, अनु. १४-१७]
१०. राजा उज्जियाहको अहङ्कारी कार्यसम्बन्धी विवरणबाट हामी के पाठ सिक्न सक्छौं? (२ इति. २६:१५-२१) [w९९ १२/१ पृ. २६, अनु. १-२]