प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • खुलस्त कुराकानी गर्ने हुनुहोस्‌!
    राज्य सेवकाई—२००२ | अगस्त
    • खुलस्त कुराकानी गर्ने हुनुहोस्‌!

      १ प्रचार गर्ने तथा चेला बनाउने हाम्रो काम पूरा गर्न हामीले अरूलाई जानकारी दिनै पर्छ। (मत्ती २४:१४; २८:१९, २०) साथीहरूमाझ समेत कुरा गर्न गाह्रो हुन सक्छ। अपरिचित व्यक्‍तिहरूलाई सुसमाचार सुनाउन कुन कुराले हामीलाई मदत गर्न सक्छ?

      २ अपरिचितदेखि साथीसम्म: सेवकाईमा हामीले भेट्‌नेहरूको ठाउँमा आफूलाई राख्ने कोसिस गर्नुहोस्‌। आजको संसारमा अपरिचित व्यक्‍तिहरू देख्दा कोही-कोही शंकालु हुनु वा डराउनु स्वाभाविकै हो। यसले कुराकानी गर्न बाधा पुऱ्‍याउन सक्छ। सुरुमा आफूले भेटेको व्यक्‍तिको शंकामाथि तपाईं कसरी विजयी हुन सक्नुहुन्छ? एक शब्द नबोली कुराकानी गर्ने एउटा तरिका हो, हाम्रो भद्र बाहिरी रूप। हाम्रो साधा पहिरन अनि मर्यादित आचरणले डर कम गर्न मदत गर्छ।—१ तिमो. २:९, १०.

      ३ कुराकानी गर्न मदत गर्ने अर्को तरिका तनाउ मुक्‍त, मित्रैलो व्यवहार हो। यसले अरूलाई सजिलो महसुस गराउनुका साथै हाम्रो कुरा सुन्‍न इच्छुक बनाउँछ। यस सम्बन्धमा राम्रो तयारी आवश्‍यक छ। के भन्‍ने हो त्यो कुरा दिमागमा ठप्प बसेको छ भने हामी त्यति अतालिने छैनौं। हाम्रो यस्तो शान्त स्वभावले अरूलाई हाम्रो सन्देशतर्फ आकर्षित गर्छ। एक जना साक्षीसँग कुरा गर्दाको क्षण सम्झँदै एउटी आइमाईले यसो भनिन्‌: “मैले अहिलेसम्म भुल्न नसकेको कुरा के हो भने, तिनको शान्त हँसिलो मुहार। मलाई तिनको यस्तो शान्तिको रहस्य जान्‍ने इच्छा जाग्यो। यसले गर्दा ती आइमाईको लागि सुसमाचार सुन्‍ने बाटो खुल्यो।

      ४ आकर्षित गर्ने गुणहरू: हामीले अरूका कुरामा पनि व्यक्‍तिगत तवरमा ध्यान दिनुपर्छ। (फिलि. २:४) यसो गर्ने एउटा तरिका आफै मात्र बोल्या-बोल्यै नगरेर हो। किनभने कुराकानी गर्नुमा सुन्‍नु पनि समावेश छ। हाम्रो कुरा सुनिरहेका व्यक्‍तिहरूलाई कुरा गर्न आमन्त्रित गर्दा र उनीहरूले भनेका कुराहरू ध्यान दिएर सुनिदिंदा हामी उनीहरूको ख्याल गर्छौं भन्‍ने कुरा उनीहरूले थाह पाउँछन्‌। त्यसैकारण, आफ्ना श्रोताहरू बोल्दा आफूले तयारी गरेको प्रस्तुति टक्य्राउन नहतारिनुहोस्‌। सक्नुहुन्छ भने, निष्कपटतासाथ उनीहरूको प्रशंसा गर्नुहोस्‌ र आफूले भन्‍न चाहेको कुरालाई उनीहरूले भनेको कुरासँग जोड्‌नुहोस्‌। यदि उनीहरूको टिप्पणीमा उनीहरूलाई लागिरहेको चिन्ता झल्किएमा त्यसैअनुसार आफ्नो प्रस्तुतिलाई मोड्‌नुहोस्‌।

      ५ विनय र नम्रता छ भने कुराकानी गर्दा कुनै समस्या खडा हुँदैन। (हितो. ११:२; प्रेरि. २०:१९) येशू “विनयी र नम्र” हुनुभएकोले मानिसहरू उहाँप्रति आकर्षित भए। (मत्ती ११:२९) अर्कोतर्फ, अरूभन्दा श्रेष्ठ छु भन्‍ने मनोभाव भएको व्यक्‍तिको नजिक कोही पनि पर्न चाहँदैन। तसर्थ, हामीसित सत्य छ भन्‍ने कुरामा हामी पक्का भए तापनि हामी जिद्दी गर्नदेखि बुद्धिमानपूर्वक अलग बस्छौं।

      ६ कुनै व्यक्‍तिको विचारधारा बाइबलको शिक्षाअनुरूप छैन भने नि? के हामीले तिनको सोचाइ सुधार्नु आवश्‍यक छ? समयमा सुधार्नु आवश्‍यक पर्ला, तर सुरुमै यसो गर्ने प्रयास गर्नु हुँदैन। हामीले सुनाउने बाइबलका शिक्षाहरू हाम्रो श्रोतालाई स्वीकार्न गाह्रो पर्नुअघि नै हामी र श्रोता दुवै जना सहमत हुने कुराहरू गर्नु अक्सर लाभदायी हुन्छ। यसको लागि धीरज र कौशलता चाहिन्छ। यस सम्बन्धमा पावलले अरैयापागसका न्यायाधीशहरूलाई प्रचार गर्दा राम्रो उदाहरण बसाले।—प्रेरि. १७:१८, २२-२३.

      ७ सबैभन्दा ठूलो कुरा त, निष्कपट प्रेमले हामीलाई प्रभावशाली ढंगमा कुराकानी गर्न सक्ने हुन मदत गर्छ। येशूजस्तै हामी पनि “गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका” मानिसहरू देख्दा दयाले भरिनुपर्छ। (मत्ती ९:३६) यसले हामीलाई त्यस्ता मानिसहरूकहाँ गएर सुसमाचार सुनाउन र उनीहरूलाई जीवनको बाटोमा हिंड्‌न मदत गर्न उत्प्रेरित गर्छ। हाम्रो सन्देश प्रेमको सन्देश हो। त्यसैले आउनुहोस्‌, यसलाई मायालु ढंगमा सुनाइरहौं। यसो गरेको खण्डमा हामी ब्रह्‍माण्डकै प्रथम खुलस्त कुराकानी गर्नुहुने यहोवा परमेश्‍वर तथा येशू ख्रीष्टको अनुकरण गरिरहेका हुन्छौं।

  • पत्रिकाहरूबारे के भन्‍ने
    राज्य सेवकाई—२००२ | अगस्त
    • पत्रिकाहरूबारे के भन्‍ने

      ब्यूँझनुहोस्‌! अग. ८

      “बाइबलले आखिरी दिनमा समय निकै कठिन हुनेछ भनी भविष्यवाणी गरेको थियो। [२ तिमोथी ३:१, ३ पढ्‌नुहोस्‌।] यसको प्रमाण सारा संसारभरि व्याप्त अपराधिक गतिविधिले दिन्छ। प्रहरीहरू नभएका भए परिस्थिति झनै कति नाजुक हुनेथियो होला! ब्यूँझनुहोस्‌!-को यस अंकले संसारभरि प्रहरीहरूले सामना गर्ने चुनौतीहरूबारे छलफल गर्छ।”

      प्रहरीधरहरा अग. १५

      “एकदमै उच्च किसिमको वफादारिता के होला? [जवाफ दिने मौका दिनुहोस्‌।] यस लेखमा साँचो परमेश्‍वरप्रतिको वफादारितामाथि जोड दिइएको छ। [पृष्ठ ५ देखाउनुहोस्‌ र २ शमूएल २२:२६ पढ्‌नुहोस्‌।] परमेश्‍वरप्रतिको वफादारिताले मानिसहरूलाई अरूप्रति निर्दयी व्यवहार गर्नदेखि रोक्छ भन्‍ने कुरा के तपाईंलाई थाह थियो? मलाई आशा छ तपाईंले यो पत्रिका पढेर आनन्द उठाउनुहुनेछ।”

      ब्यूँझनुहोस्‌! अग. ८

      “धेरै मानिसहरू अश्‍लील सामग्रीहरू अहानिकारक रमाइलो वा मनोरञ्जन मात्र हुन्‌ भन्‍ने गर्छन्‌। अरू कतिपयको चाहिं यसले व्यक्‍तिविशेष, परिवार र समाजलाई नै हानि गर्छ भन्‍ने धारणा छ। ब्यूँझनुहोस्‌!-को यस अंकले अश्‍लील सामग्रीसित सम्बन्धित बाइबल सिद्धान्तहरूलाई ध्यानमा राख्दै यस विषयलाई जाँच्छ।” उदाहरणको लागि एफिसी ४:१७-१९ पढ्‌नुहोस्‌।

      प्रहरीधरहरा सेप्टे. १

      “धेरैजसो ठाउँहरूमा पहिलाजस्तो छिमेकीहरूले एक अर्कालाई नचिनेको के तपाईंले याद गर्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌।] येशूले असल छिमेकीको लागि महत्त्वपूर्ण सिद्धान्त बताउनुभयो। [मत्ती ७:१२ पढ्‌नुहोस्‌।] यी लेखहरूले हामी कसरी असल छिमेकी बन्‍न र अरूलाई पनि त्यस्तै हुन प्रोत्साहित गर्न सक्छौं भनेर देखाउँछ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने