प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ५२
  • गिदोन र उसका ३०० मान्छे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गिदोन र उसका ३०० मान्छे
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • गिदोनले मिद्यानीहरूलाई हराए
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • एल्डरहरू हो, गिदोनको उदाहरणबाट सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • यहोवा—हाम्रो सबैभन्दा असल मित्र
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ५२
गिदोनले आफ्ना सिपाहीहरूलाई समूह-समूहमा विभाजन गर्छन्‌

कथा ५२

गिदोन र उसका ३०० मान्छे

चित्रमा के हुँदैछ, हेर। यिनीहरू सबै इस्राएलका सिपाहीहरू हुन्‌। उनीहरू घोप्टो परेर पानी पिउँदैछन्‌। छेउमा उभिरहेको मान्छेचाहिं न्यायकर्ता गिदोन हो। आफ्ना सिपाहीहरूले कसरी पानी पिउँछन्‌, ऊ हेरिरहेको छ।

तिमी पनि मान्छेहरूले कसरी पानी पिउँदैछन्‌ हेर त। केहीले पानीसम्मै मुख लगेर पिइरहेका छन्‌। एक जनाले चाहिं पानी आफ्नो हातमा लिएर पिउँदैछ। ऊ आफ्नो वरिपरि के भइरहेको छ भनेर पनि हेरिरहेको छ। यहोवाले वरिपरि हेर्दै पानी पिउने मान्छेहरू मात्र रोज्न लगाउनुहुन्छ। बाँकीलाई उहाँले घर फर्कन लगाउनुहुन्छ। किन तिमीलाई थाह छ?

इस्राएलीहरू फेरि ठूलो संकटमा परेका छन्‌। किनभने उनीहरूले यहोवाको आज्ञा पालन गरेनन्‌। इस्राएलीहरूभन्दा शक्‍तिशाली मिद्यानका मान्छेहरूले अहिले उनीहरूलाई दुःख दिइरहेका छन्‌। यसकारण इस्राएलीहरूले यहोवालाई पुकार्छन्‌। यहोवाले उनीहरूको पुकारा सुनेर मदत गर्नुहुन्छ।

यहोवाले गिदोनलाई फौज तयार गर्न लगाउनुहुन्छ। त्यसकारण गिदोनले ३२,००० मान्छे जम्मा गर्छ। तर इस्राएलीहरूसित लड्‌न भनेर १,३५,००० शत्रु सिपाहीहरू आइसकेका हुन्छन्‌। तैपनि यहोवाले गिदोनलाई यसो भन्‍नुहुन्छ: ‘तँसित धेरै मान्छे भयो।’ यहोवाले किन त्यसो भन्‍नुभएको होला?

किनभने इस्राएलीहरू धेरै भए भने उनीहरूले आफ्नै शक्‍तिले मिद्यानीहरूलाई जितेको भन्ठान्‍न सक्छन्‌। उनीहरूले यहोवाको मदत चाहिंदैन भनी सोच्न सक्छन्‌। त्यसकारण यहोवाले गिदोनलाई यसो भन्‍नुहुन्छ: ‘जस-जसलाई लडाइँ गर्न डर लागिरहेको छ, उनीहरू सबैलाई घर फर्कन भनिदे।’ गिदोनले त्यसो गर्दा २२,००० मान्छेहरू घर फर्कन्छन्‌। अब १,३५,००० मिद्यानी सिपाहीहरूसित लड्‌न गिदोनसित १०,००० मान्छे मात्र हुन्छन्‌।

तर यहोवाले फेरि यसो भन्‍नुहुन्छ: ‘तँसित अझ धेरै मान्छे भयो।’ उहाँले गिदोनलाई खोलामा इस्राएलीहरूलाई पानी पिउन लगाउन अह्राउनुहुन्छ। जस-जसले खोलासम्मै मुख लगेर पानी पिउँछ, उनीहरू जम्मैलाई यहोवाले घर फर्कन लगाउनुहुन्छ। त्यसपछि यहोवाले ‘यताउता हेर्दै पानी पिउने ३०० जना मान्छेद्वारा विजयी तुल्याउँछु’ भनेर गिदोनसित प्रतिज्ञा गर्नुहुन्छ।

गिदोनका चनाखो सिपाहीहरूले वरिपरि हेर्दै पानी पिउँछन्‌

गिदोनले आफ्ना ३०० जना सिपाहीहरूलाई तीन समूहमा विभाजित गर्छ। उसले हरेक सिपाहीलाई एउटा तुरही र एउटा गाग्रो दिन्छ। अनि उनीहरू सबैलाई गाग्रोभित्र बलिरहेको राँको बोक्न लगाउँछ। मध्यरातमा उनीहरूले शत्रुको छाउनीलाई चारैतिरबाट घेर्छन्‌। तब सबैले एकै चोटि आ-आफ्ना तुरही फुक्छन्‌, गाग्रो फुटाउँछन्‌ र यसो भन्दै कराउँछन्‌: ‘यहोवाको निम्ति र गिदोनको निम्ति तरबार!’ सुतिरहेका शत्रु सिपाहीहरू अलमलमा परेर डराउँछन्‌। उनीहरू सबै भाग्न थाल्छन्‌। यसरी इस्राएलीहरूले मिद्यानीहरूलाई लडाइँमा हराउँछन्‌।

न्यायकर्त्ता अध्याय ६ देखि ८ सम्म।

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने