प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • सुलेमान बुद्धिमानीसाथ शासन गर्छन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
    • शबाकी रानी सुलेमानको सिंहासनतर्फ आइन्‌

      भाग १०

      सुलेमान बुद्धिमानीसाथ शासन गर्छन्‌

      राजा सुलेमानलाई यहोवा बुद्धि दिनुहुन्छ; सुलेमानको शासनकालमा जत्तिको शान्ति र संवृद्धि इस्राएलीहरूले कहिल्यै अनुभव गरेनन्‌

      सम्पूर्ण राष्ट्र र यसका शासकले यहोवालाई आफ्नो सार्वभौमको रूपमा स्वीकारेर उहाँको आज्ञा मानेका भए कस्तो हुन्थ्यो होला? यसको जवाफ राजा सुलेमानको ४० वर्षीय शासनको दौडान स्पष्ट भयो।

      दाऊदले आफ्नो मृत्युअघि छोरा सुलेमानलाई उत्तराधिकारीको रूपमा नियुक्‍त गरे। सुलेमानलाई सपनामा परमेश्‍वरले तिनलाई चाहिने कुरा माग्नू भन्‍नुभयो। तिनले मानिसहरूलाई ठीकसित शासन गर्न बुद्धि र समझ मागे। यहोवा खुसी हुनुभयो र सुलेमानलाई बुद्धि अनि समझ भएको मन दिनुभयो। आज्ञाकारी भइरहेमा यहोवाले तिनलाई धनसम्पत्ति, मान र दीर्घायु जीवन दिने प्रतिज्ञा पनि गर्नुभयो।

      सुलेमानले ठीकसित फैसला गर्ने व्यक्‍तिको रूपमा नाउँ कमाए। एकचोटि, दुई जना आइमाईले बच्चा आफ्नो भएको दाबी गर्दै झगडा गरे। सुलेमानले त्यो बच्चालाई दुई टुक्रा गरी काटेर दुवैलाई बाँडिदिन भने। पहिलो आइमाई राजी भइन्‌। तर वास्तविक आमाले चाहिं बच्चा त्यसै आइमाईलाई दिन बिन्ती गरिन्‌। ती ममतामयी आइमाई नै वास्तविक आमा हुन्‌ भनी सुलेमानले स्पष्टै बुझे र तिनलाई नै बच्चा दिए। यो न्यायको फैसला चाँडै इस्राएलभरि फैलियो र परमेश्‍वरको बुद्धि सुलेमानसित रहेछ भनी उनीहरूले थाह पाए।

      सुलेमानको एउटा ठूलो उपलब्धि यहोवाको मन्दिरको निर्माणकार्य थियो। यरूशलेममा बनाइएको उक्‍त भव्य भवन इस्राएलमा उपासनाको केन्द्र रहने थियो। मन्दिरको उद्‌घाटनमा सुलेमानले यसरी प्रार्थना गरे: “हेर्नुहोस्‌, उच्चभन्दा पनि उच्च स्वर्गमा तपाईं अटाउनुहुन्‍न। औ मैले बनाएको यो भवनमा त झन्‌ कसरी अटाउनुहुन्छ?”—१ राजा ८:२७.

      सुलेमानको ख्याति अरू ठाउँमा फैलियो, यहाँसम्म कि अरबको शबाजस्तो टाढाको देशसम्म। शबाकी रानी सुलेमानको गौरव र धनसम्पत्ति हेर्न अनि तिनको बुद्धिको गहिराइ जाँच गर्न आइन्‌। सुलेमानको बुद्धि र इस्राएलको संवृद्धि देखेर रानी यत्ति प्रभावित भइन्‌ कि तिनले त्यस्तो बुद्धिमान्‌ राजालाई सिंहासनमा बसालेकोमा यहोवाको प्रशंसा गरिन्‌। साँच्चै, यहोवाको आशिष्‌ले गर्दा सुलेमानको शासन प्राचीन इस्राएलको इतिहासमा सबैभन्दा संवृद्ध र शान्तिमय थियो।

      दुःखको कुरा सुलेमानले यहोवाको बुद्धि विपरीत काम गर्न थाले। परमेश्‍वरको आज्ञालाई बेवास्ता गर्दै तिनले सयौं स्त्रीसित विवाह गरे जसमध्ये कतिले विदेशी देवताहरूलाई उपासना गर्थे। बिस्तारै तिनका पत्नीहरूले तिनको मन यहोवाको उपासनादेखि तर्काएर मूर्तिहरूतर्फ लगाइदिए। सुलेमानको राज्य तिनीबाट खोसिनेछ भनेर यहोवाले तिनलाई बताउनुभयो। सुलेमानका बुबा दाऊदसित आफूले गरेको प्रतिज्ञाको कारण एउटा सानो भागमात्रै तिनको घरानासित रहनेछ भनी परमेश्‍वरले भन्‍नुभयो। सुलेमानले अनाज्ञाकारी भएर यहोवाको सेवा गर्न छोडे तापनि दाऊदसित बाँधेको राज्य करारलाई यहोवाले बिर्सनुभएन।

      — पहिलो राजा अध्याय १ देखि ११; २ इतिहास अध्याय १ देखि ९; व्यवस्था १७:१७ मा आधारित।

      • सुलेमानको आग्रहको जवाफ परमेश्‍वरले कसरी दिनुभयो?

      • सुलेमानले आफू बुद्धिमान्‌ भएको कुरा कसरी देखाए?

      • सुलेमान यहोवाको मार्गबाट कसरी तर्किए र त्यसको नतिजा के भयो?

  • कालक्रम
    बाइबल—यसले दिने सन्देश के हो?
      1. ई.पू. १०७० परमेश्‍वर दाऊदसित राज्य करार बाँध्नुहुन्छ

      2. ई.पू. १०३७ सुलेमान राजा हुन्छन्‌

      3. ई.पू. १०२७ (लगभग ३,०३० वर्षअघि) यरूशलेममा मन्दिरको निर्माण पूरा

      4. ई.पू. १०२० तिर श्रेष्ठगीत पूरा

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने