प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • सान्त्वना र शिक्षा दिने प्रेरित भजनहरू
    बाइबल—यसले दिने सन्देश के हो?
    • दाऊद विणा बजाउँदै गीत गाउँछन्‌

      भाग ११

      सान्त्वना र शिक्षा दिने प्रेरित भजनहरू

      दाऊद र अरू मानिस उपासनामा प्रयोग गर्न भजनहरू रच्छन्‌। भजनको पुस्तक त्यस्ता १५० गीतहरूको संकलन हो

      बाइबलको सबैभन्दा ठूलो पुस्तक पवित्र भजनहरूको सँगालो हो। यो पूरा पुस्तक लेख्न लगभग १,००० वर्ष लाग्यो। अहिलेसम्मका रचनाहरूमध्ये भजनको पुस्तकमा विश्‍वासका यस्ता अभिव्यक्‍तिहरू पाइन्छन्‌ जुन एकदमै गहन र मन छुने खालका छन्‌। यस पुस्तकमा मानिसका विभिन्‍न भावना—आनन्द, प्रशंसा र धन्यवाददेखि शोक, दुःख र पश्‍चात्तापका भावनाहरू समेटिएका छन्‌। यी भजनका रचयिताहरूको परमेश्‍वरसित भरोसायोग्य र घनिष्ठ सम्बन्ध थियो भन्‍ने कुरा स्पष्ट छ। यी भजनका केही मुख्य विषय विचार गर्नुहोस्‌।

      यहोवा उपासना र प्रशंसाका योग्य, वैध शासक हुनुहुन्छ। ‘तिनीहरूले जानून्‌, कि तपाईं जसको नाउँ यहोवाa हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ’ भनी भजन ८३:१८ मा लेखिएको पाउँछौं। थुप्रै भजनहरूमा यहोवाका सृष्टिका कामहरूको प्रशंसा गरिएका छन्‌। जस्तै टिलपिल ताराले भरिएको आकास, पृथ्वीका अद्‌भुत प्राणीहरू र आश्‍चर्यजनक मानव शरीर। (भजन ८, १९, १३९, १४८) अरू भजनले आफ्ना वफादार जनहरूलाई जोगाउने र उनीहरूको रक्षाको लागि कदम चाल्ने परमेश्‍वरको रूपमा यहोवाको महिमा गरेको छ। (भजन १८, ९७, १३८) अनि अन्य भजनले भने थिचोमिचोमा परेकाहरूलाई उद्धार गर्ने र दुष्टलाई सजाय दिने न्यायी परमेश्‍वरको रूपमा उहाँको गुणगान गाएको छ।—भजन ११, ६८, १४६.

      यहोवा उहाँलाई प्रेम गर्नेहरूलाई मदत र सान्त्वना दिनुहुन्छ। सायद २३ औं भजन सबैभन्दा परिचित भजन हो जसमा दाऊदले यहोवालाई डोऱ्‍याइ र हेरचाह गर्ने अनि सुरक्षा दिने मायालु गोठालोको रूपमा चिनाएका छन्‌। यहोवा “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर हुनुहुन्छ भनी भजन ६५:२ उहाँका उपासकहरूलाई सम्झाउँछ। गम्भीर गल्तीमा फसेकाहरूले भजन ३९ र ५१ बाट ठूलो सान्त्वना पाएका छन्‌। उक्‍त भजनहरूमा दाऊदले सच्चा मनले आफ्नो गम्भीर गल्तीको लागि पश्‍चात्ताप गरेका छन्‌ र यहोवाले क्षमा दिनुहुन्छ भन्‍ने कुरामा आफ्नो विश्‍वास व्यक्‍त गरेका छन्‌। भजन ५५:२२ मा यहोवामा भरोसा राख्न र सम्पूर्ण भारी उहाँमा बिसाउन अर्ती दिइएको छ।

      मसीहको राज्यद्वारा यहोवाले संसार परिवर्तन गर्नुहुनेछ। कतिपय भजनहरू स्पष्टै रूपमा भविष्यवाणी गरिएका राजा अर्थात्‌ मसीहमा लागू हुन्छन्‌। भजन २ मा यी शासकले उहाँको विरोध गर्ने दुष्ट राष्ट्रहरूलाई नाश गर्नेछन्‌ भनेर भविष्यवाणी गरिएको छ। भजन ७२, यी राजाले भोक, अन्याय र अत्याचारको अन्त गर्नेछन्‌ भनी प्रकाश पार्छ। भजन ४६:९ अनुसार मसीहको राज्यद्वारा परमेश्‍वरले युद्ध रोक्नुहुनेछ र त्यसमा चलाइने हातहतियारसमेत नष्ट गर्नुहुनेछ। भजन ३७ ले बताएअनुसार दुष्टहरूको विनाश हुनेछ भने परमेश्‍वरका स्तरअनुसार चल्ने व्यक्‍तिहरूचाहिं विश्‍वव्यापी शान्ति र मिलापको आनन्द उठाउँदै पृथ्वीमा सधैंभरि बाँच्नेछन्‌।

      — भजनको पुस्तकमा आधारित।

  • कालक्रम
    बाइबल—यसले दिने सन्देश के हो?
      1. ई.पू. ९९७ (लगभग ३,००० वर्षअघि) इस्राएल दुई राज्यमा टुक्रिन्छ

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने