प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • असल र खराब राजाहरू
    बाइबल—यसले दिने सन्देश के हो?
    • एक जवान इस्राएली राजा

      भाग १३

      असल र खराब राजाहरू

      इस्राएल विभाजित भएको छ। समयको दौडान इस्राएलमा थुप्रै राजाले शासन गर्छन्‌ र अधिकांश अवफादार छन्‌। बेबिलोनीहरूले यरूशलेम नाश गर्छन्‌

      यहोवाले भविष्यवाणी गरेझैं सुलेमान शुद्ध उपासनाबाट तर्किएपछि इस्राएल विभाजित भयो। तिनका छोरा तथा उत्तराधिकारी रहबाम कठोर थिए। फलस्वरूप इस्राएलका दस कुलले विद्रोह गरे र उत्तरी राज्य खडा गरे। दुई कुलचाहिं यहूदाको दक्षिणी राज्य खडा गर्दै यरूशलेममा दाऊदको घरानाबाट आएका राजाप्रति विश्‍वासी रहे।

      दुवै राज्यको इतिहास गन्जागोलपूर्ण थियो, विशेषगरि अवफादार र अनाज्ञाकारी राजाहरूले गर्दा। इस्राएल अर्थात्‌ उत्तरी राज्यको अवस्था यहूदाको भन्दा झन्‌ दयनीय थियो किनभने यसका राजाहरूले सुरुदेखि नै झूटो उपासनालाई बढवा दिए। एलिया र एलीशाजस्ता अगमवक्‍ताले मरेकाहरूलाई ब्यूँताउने जस्ता शक्‍तिशाली कामहरू गर्दागर्दै पनि इस्राएलीहरू बारम्बार दुष्ट मार्गमा लागे। अन्ततः परमेश्‍वरले अश्‍शूरीहरूलाई उत्तरी राज्यको विनाश गर्न दिनुभयो।

      इस्राएलको तुलनामा यहूदा एक सय वर्षभन्दा अलि धेरै समयसम्म टिक्यो तर त्यसले पनि ईश्‍वरीय दण्ड भोग्यो। यहूदाका केही राजाहरूले मात्र परमेश्‍वरका अगमवक्‍ताहरूले दिएका चेतावनी सुने र आफ्ना प्रजालाई यहोवातर्फ फर्काउन कोसिस गरे। उदाहरणको लागि राजा योशियाहले यहूदाबाट झूटो उपासना हटाउन सुरु गरे र यहोवाको मन्दिर पुनर्स्थापना गरे। परमेश्‍वरले मोशामार्फत दिनुभएको व्यवस्थाको सक्कल प्रति भेट्टाइँदा योशियाह अत्यन्तै प्रभावित भए र सुधारको अभियानलाई अझ तीव्र पारे।

      तर दुःखको कुरा योशियाह पछिका राजाहरूले तिनको असल उदाहरण पछ्याएनन्‌। त्यसैले यहोवाले बेबिलोनलाई यहूदामाथि कब्जा जमाउन अनि यरूशलेम र यसको मन्दिर विनाश गर्न दिनुभयो। जीवित रहेकाहरूलाई बेबिलोनमा कैदी बनाएर लगियो। तिनीहरूले ७० वर्षसम्म निर्वासित जीवन बिताउनुपर्नेछ भनेर परमेश्‍वरले भविष्यवाणी गर्नुभयो। प्रतिज्ञा गरिएअनुरूपै ती इस्राएलीहरूलाई आफ्नो भूमिमा फर्कन नदिएसम्म यहूदा उजाड रह्‍यो।

      तथापि, प्रतिज्ञा गरिएका मुक्‍तिदाता अर्थात्‌ मसीहको शासन गर्ने समय नभइन्जेल दाऊदको घरानाबाट कुनै राजाले शासन गर्ने थिएन। यरूशलेममा शासन गरेका धेरैजसो राजाले के प्रमाणित गरे भने असिद्ध मानिसहरू शासन गर्न योग्य छैनन्‌। मसीह मात्र योग्य हुनुहुने थियो। त्यसैले दाऊदको घरानाबाट आएका अन्तिम राजालाई यहोवाले यसो भन्‍नुभयो: “शिरपेच उतारिदे। . . . जसको त्यसमाथि अधिकार छ, औ जसलाईनै म यो सुम्पिनेछु, ऊ नआइपुगुञ्जेल त्यसको नाउँ निशानै रहनेछैन।”—इजकिएल २१:२६, २७.

      — पहिलो राजा; दोस्रो राजा; २ इतिहास अध्याय १० देखि ३६; यर्मिया २५:८-११ मा आधारित।

      • इस्राएल किन विभाजित भयो र दुई राज्यलाई के भयो?

      • शासन गर्ने दाऊदको घरानालाई के भयो र किन?

      • योनाको कथाले हामीलाई यहोवाबारे के सिकाउँछ? (पेटी हेर्नुहोस्‌।)

  • कालक्रम
    बाइबल—यसले दिने सन्देश के हो?
      1. ई.पू. ६०७ (लगभग २,६१० वर्षअघि) यरूशलेमको विनाश; बेबिलोनमा निर्वासन

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने