प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • परमेश्‍वर आफ्ना भविष्यवक्‍ताहरूमार्फत बोल्नुहुन्छ
    बाइबल—यसले दिने सन्देश के हो?
    • परमेश्‍वरको भविष्यवक्‍ता सन्देश सुनाउँछन्‌

      भाग १४

      परमेश्‍वर आफ्ना भविष्यवक्‍ताहरूमार्फत बोल्नुहुन्छ

      भविष्यवक्‍ताहरू न्यायदण्ड, शुद्ध उपासना र मसीही आशाका सन्देश दिन यहोवाद्वारा नियुक्‍त व्यक्‍तिहरू हुन्‌

      इस्राएल र यहूदाका राजाहरूको समयमा पुरुषहरूको विशेष समूह अर्थात्‌ भविष्यवक्‍ताहरूले परमेश्‍वरको सन्देश सुनाए। परमेश्‍वरको न्यायदण्डको सन्देश सुनाउने यी पुरुषहरू असाधारण विश्‍वास र साहस भएका व्यक्‍तिहरू थिए। परमेश्‍वरका यी भविष्यवक्‍ताहरूले बताएका चार महत्त्वपूर्ण विषय विचार गर्नुहोस्‌।

      १. यरूशलेमको विनाश। परमेश्‍वरका भविष्यवक्‍ताहरू विशेषगरि यशैया र यर्मियाले यरूशलेम विनाश हुनेछ र यो त्यागिनेछ भनेर धेरै अघिदेखि चेतावनी दिन थालेका थिए। यो सहरमाथि परमेश्‍वरको रीस किन खनिनेछ भनेर तिनीहरूले जीवन्त शब्दहरूद्वारा प्रकाश पारे। यहोवाको प्रतिनिधित्व गरेको यसको दाबी झूटो साबित भयो किनभने उनी झूटा धार्मिक प्रचलन, भष्टाचार र हिंसामा मुछिएकी थिई।—२ राजा २१:१०-१५; यशैया ३:१-८, १६-२६; यर्मिया २:१–३:१३.

      २. शुद्ध उपासनाको पुनर्स्थापना। निर्वासनमा ७० वर्ष बिताएपछि परमेश्‍वरका जनहरूलाई बेबिलोनबाट मुक्‍त गरिने थियो। तिनीहरूले आफ्नो उजाड जन्मभूमिमा फर्केर यरूशलेममा यहोवाको मन्दिर पुनर्निर्माण गर्ने थिए। (यर्मिया ४६:२७; आमोस ९:१३-१५) यशैयाले झन्डै २०० वर्षअघि बेबिलोनलाई पराजय गर्ने व्यक्‍तिको नाउँ कोरेस हुनेछ र तिनले परमेश्‍वरका जनहरूलाई शुद्ध उपासनाको पुनर्स्थापना गर्न दिनेछन्‌ भनेर भविष्यवाणी गरे। त्यस सहरमाथि कब्जा जमाउन कोरेसले अपनाउने असाधारण रणनीतिबारे समेत यशैयाले बताए।—यशैया ४४:२४–४५:३.

      निर्वासनमा परेका यहुदीहरू बेबिलोनबाट निस्केर येरूशलेम फर्कन्छन्‌

      ३. मसीहको आगमन र तिनले गर्ने अनुभवहरू। मसीहको जन्म बेतलेहेम सहरमा हुने थियो। (मीका ५:२) तिनी नम्र भई गधामा चढेर यरूशलेम आउने थिए। (जकरिया ९:९) नम्र र दयालु भए तापनि तिनलाई सबैले मन पराउने थिएनन्‌ र थुप्रैले तिनलाई तिरस्कार गर्ने थिए। (यशैया ४२:१-३; ५३:१, ३) तिनलाई निर्दयी ढंगमा मारिने थियो। के तिनको जीवन यत्तिमै अन्त हुने थियो? अहँ थिएन किनभने तिनको बलिदानले गर्दा थुप्रैले आफ्नो पापको क्षमा पाउन सक्ने थिए। (यशैया ५३:४, ५, ९-१२) तिनको पुनरुत्थानले मात्र यो सम्भव गर्ने थियो।

      ४. पृथ्वीमाथि मसीहको शासन। असिद्ध मानिसहरूले शान्तिपूर्वक शासन गर्न सक्दै-सक्दैनन्‌ तर मसीही राजा शान्तिका राजकुमार कहलिनेछन्‌। (यशैया ९:६, ७; यर्मिया १०:२३) तिनको शासनमा सबै मानिसहरू एक-अर्कासित र पशुहरूसित समेत शान्तिमा रहनेछन्‌। (यशैया ११:३-७) रोगबिमार रहनेछैन। (यशैया ३३:२४) मृत्युसमेत सदाको लागि निलिनेछ। (यशैया २५:८) मरेका मानिसहरू मसीही शासनको बेला यस पृथ्वीमा फेरि जिउनेछन्‌।—दानिएल १२:१३.

      —यशैया, यर्मिया, दानिएल, आमोस, मीका र जकरियाको पुस्तकमा आधारित।

      • परमेश्‍वरका भविष्यवक्‍ताहरूले कस्ता सन्देशहरू सुनाए?

      • यरूशलेमको विनाश र यसको पुनर्स्थापनाबारे भविष्यवक्‍ताहरूले कस्तो भविष्यवाणी गरे?

      • मसीह र तिनले गर्ने अनुभवहरूबारे यहोवाका भविष्यवक्‍ताहरूले के भने?

      • पृथ्वीमाथि मसीहको शासनको वर्णन भविष्यवक्‍ताहरूले कसरी गरे?

  • कालक्रम
    बाइबल—यसले दिने सन्देश के हो?
      1. ई.पू. ५३९ बेबिलोनमाथि कोरेसको विजय

      2. ई.पू. ५३७ (लगभग २,५४० वर्षअघि) निर्वासित यहूदीहरू यरूशलेम फिर्ती

      3. ई.पू. ४५५ (लगभग २,४०० वर्षअघि) यरूशलेमको पर्खालको पुनर्निर्माण; ६९ हप्ता सुरु

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने