प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • क्लोभिसको बप्तिस्मा फ्रान्समा क्याथोलिकवादको १,५०० वर्ष
    प्रहरीधरहरा—२००२ | मार्च १
    • क्याथोलिकहरू थिए। अहिले यो छैठौं स्थानमा झरेको छ र फिलिपिन्स अनि संयुक्‍त राज्यजस्ता मुलुकहरू पछाडि परेको छ। फ्रान्समा चार करोड पचास लाख क्याथोलिकहरू छन्‌ तर ६० लाख मात्र नियमित तवरमा मास समारोहको लागि उपस्थित हुन्छन्‌। हालै फ्रान्सेली क्याथोलिकहरूसित लिइएको सर्वेक्षणअनुसार ६५ प्रतिशतले “यौनसम्बन्धी विषयहरूमा चर्चको शिक्षाको वास्तै गर्दैनन्‌” अनि ५ प्रतिशत मानिसहरूको लागि येशूले “कुनै अर्थ राख्दैन।” यस्ता नकारात्मक झुकाउहरूले गर्दा सन्‌ १९८० मा फ्रान्सको भ्रमण गर्दा पोपले यो प्रश्‍न सोधेका थिए: “फ्रान्स, के तिमीले बप्तिस्मा लिंदा गरेको प्रतिज्ञा बिर्स्यौ?”

  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा—२००२ | मार्च १
    • पाठकहरूका प्रश्‍नहरू

      के यहोवाको न्यायलाई उहाँको दयाले हल्का बनाउँछ भन्‍नु सही हो?

      यो अभिव्यक्‍ति प्रयोग गरिएको भए तापनि यसलाई नचलाउनु नै बेस हुन्छ किनभने यसले यहोवाको न्यायलाई उहाँको दयाले कमजोर बनाउँछ र न्यायजस्तो कडा गुणभन्दा दया श्रेष्ठ भन्‍नेजस्तो पनि बुझाउँछ। यो सही होइन।

      न्यु वर्ल्ड ट्रान्सलेसन-मा “न्याय” भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “न्यायदण्ड” पनि हुन सक्छ। न्यायको धार्मिकतासँग नजिकको सम्बन्ध छ। तथापि, न्यायको साधारणतया कानुनी अर्थ हुन्छ। धार्मिकताको साधारणतया त्यस्तो अर्थ हुँदैन। हो, यहोवाको न्यायमा दण्ड पाउन योग्यहरूलाई दण्ड दिनु तर योग्यहरूलाई उद्धार गर्नु पनि समावेश हुन सक्छ। (उत्पत्ति १८:२०-३२; यशैया ५६:१; मलाकी ४:२) तसर्थ, यहोवाको न्याय क्रूर छ वा अलि नरम बनाउनुपर्छ भन्‍ने धारणा राख्नुहुँदैन।

      “दया” भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्थ न्याय गर्दा सन्तुलित हुनु पनि हुन सक्छ। यसको अर्थ, अप्ठ्‌यारोमा परेकाहरूलाई उद्धार गर्न सक्रियतासाथ अनुकम्पा देखाउने पनि हुन सक्छ।—व्यवस्था १०:१८; लूका १०:२९-३७.

      यहोवा न्याय र दया दुवैको परमेश्‍वर हुनुहुन्छ। (प्रस्थान ३४:६, ७; व्यवस्था ३२:४; भजन १४५:९) उहाँका न्याय र दया दुवै सिद्ध छन्‌ र यी दुई गुण सँगै मिलेर काम गर्छ। (भजन ११६:५; होशे २:१९) यी दुवै गुण पूर्णतया सन्तुलित वा एक अर्काका पूरक हुन्‌। यसर्थ, हामीले यहोवाको कृपाले उहाँको दयालाई हल्का बनाउँछ भन्यौं भने हामीले, न्यायले दयालाई पनि हल्का बनाउँछ भन्‍नुपर्ने हुन्छ।

      यशैयाले यस्तो भविष्यवाणी गरे: “तिमीहरूमाथि अनुग्रह गर्न परमप्रभुले पर्खनुहुनेछ, किनकि परमप्रभु इन्साफ गर्नुहुने परमेश्‍वर हुनुहुन्छ।” (यशैया ३०:१८) यशैयाले यहाँ यहोवाको कृपाले उहाँको न्यायलाई कमजोर बनाउनुको सट्टा दयाका कार्य गर्न उत्प्रेरित गर्छ भनेर देखाएका छन्‌। यहोवाले दया देखाउनुहुन्छ किनभने उहाँ न्यायी साथै मायालु पनि हुनुहुन्छ।

      हो, बाइबल लेखक याकूबले यस्तो लेखे: “दयाले इन्साफमाथि दिग्विजय गर्दछ।” (याकूब २:१३ख) तथापि, यस प्रसंगमा याकूबले यहोवाबारे होइन तर दुःखकष्टमा परेका वा गरिबहरूलाई कृपा देखाउने मसीहीहरूबारे कुरा गरिरहेका थिए। (याकूब १:२७; २:१-९) त्यस्ता दयालु व्यक्‍तिहरूको न्याय गर्नुपर्दा यहोवाले तिनीहरूको आचरणलाई विचार गर्नुहुन्छ र उहाँको पुत्रको छुडौतीको बलिदानको आधारमा दयालु भई क्षमा दिनुहुन्छ। यस प्रकार, तिनीहरूको दयालु आचारण कुनै पनि प्रतिकूल न्यायमाथि विजयी हुन्छ।—हितोपदेश १४:२१; मत्ती ५:७; ६:१२; ७:२.

      त्यसैकारण, यहोवाको न्याय उहाँको कृपाद्वारा हल्का बनाइएको छ भन्‍ने अर्थ लगाएर उहाँको न्यायलाई कृपाले नरम बनाउनुपर्छ भन्‍नु कदापि मिल्दैन। यहोवाले यी दुवै गुणलाई पूर्णतया सन्तुलनमा राख्नुहुन्छ। प्रेम र बुद्धिजस्ता यहोवाका अन्य गुणहरू पूर्णतया सन्तुलनमा भएझैं यी गुणहरू पनि सन्तुलित छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने