प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • येशू चमत्कारहरू गर्नुहुन्छ
    बाइबल—यसले दिने सन्देश के हो?
    • येशूले अन्धो मान्छेको आँखा छुनुभयो र तिनलाई निको पार्नुभयो

      भाग १८

      येशू चमत्कारहरू गर्नुहुन्छ

      येशूले आफ्नो राजकीय शक्‍ति कसरी प्रयोग गर्नुहुनेछ, त्यो उहाँ आफ्ना चमत्कारहरूद्वारा देखाउनुहुन्छ

      परमेश्‍वरले येशूलाई अरू मानिसले गर्न नसक्ने कुराहरू गर्ने शक्‍ति दिनुभयो। येशूले अक्सर भीडहरूकै अगाडि थुप्रै ठूलठूला चमत्कार गर्नुभयो। उहाँसित शत्रुहरूलाई वशमा राख्ने र असिद्ध मानिसहरूले स्थायी रूपमा कहिल्यै हटाउन नसकेका समस्याहरू हटाउने शक्‍ति छ भनेर ती चमत्कारहरूले देखायो। केही उदाहरण विचार गर्नुहोस्‌।

      येशूले खाने-पिउने प्रबन्ध मिलाउनुभयो। येशूले आफ्नो पहिलो चमत्कारमा पानीलाई असल दाखमद्यमा परिणत गर्नुभयो। अन्य दुई अवसरमा उहाँले केही रोटी र माछाले, भोकाएका हजारौंलाई खुवाउनुभयो। दुवै अवसरमा सबैले अघाउन्जेल खाए।

      येशूले रोगबिमार निको पार्नुभयो। येशूले “हरेक किसिमका रोग र शारीरिक कमजोरी” भएका मानिसहरूलाई निको पार्नुभयो। (मत्ती ४:२३) उहाँले अन्धा, बहिरा, लुला-लङ्‌गडा, अङ्‌गभङ्‌ग भएका, कुष्ठ र छारे रोग लागेकाहरूलाई निको पार्नुभयो। उहाँले निको पार्न नसक्ने त्यस्तो कुनै रोगबिमार थिएन।

      येशूले डरलाग्दो आँधीलाई शान्त पार्नुभयो। येशू र उहाँका चेलाहरू गालीलको समुद्रमा यात्रा गर्दै गर्दा एउटा डरलाग्दो आँधी आयो। चेलाहरू साह्रै डराए। येशूले केवल आँधीतर्फ हेर्नुभयो र भन्‍नुभयो: “चूप लाग्‌, शान्त हो।” त्यसपछि समुद्र शान्त भयो। (मर्कूस ४:३७-३९) अर्को एकचोटि, डरलाग्दो आँधी चलिरहेको बेला उहाँ पानीमाथि हिंड्‌नुभयो।—मत्ती १४:२४-३३.

      येशूले दुष्ट आत्माहरूलाई वशमा पार्नुभयो। दुष्ट आत्माहरू मानिसहरूभन्दा धेरै शक्‍तिशाली छन्‌। थुप्रै मानिसहरू परमेश्‍वरका यी दुष्ट शत्रुहरूबाट मुक्‍त हुन सकेका छैनन्‌। तर जब येशू बारम्बार यस्ता दुष्ट आत्माहरूलाई त्यसले वशमा पारेका व्यक्‍तिबाट निस्केर आउन आदेश दिनुहुन्थ्यो, तिनीहरू निस्केर आउँथे। उहाँ ती दुष्ट आत्माहरूसित डराउनुभएन। बरु, उहाँको अख्तियार थाह भएकोले तिनीहरू उहाँसँग डराउँथे।

      येशू मृत्युमाथि विजयी हुनुभयो। मृत्युलाई “सबैभन्दा पछि नामेट हुने शत्रु” भन्‍नु उपयुक्‍त छ। किनभने कुनै मानिस मृत्युमाथि विजयी हुन सक्दैन। (१ कोरिन्थी १५:२६) तर येशूले मरेकाहरूलाई फेरि ब्यूँताउनुभयो। जस्तै: एक विधवाको जवान छोरो र शोकमा परेका आमाबाबुका एक जवान छोरी। येशूले ब्यूँताउनुभएको एउटा असाध्यै उल्लेखनीय उदाहरण आफ्नो प्रिय मित्र लाजरसको हो। तिनको मृत्यु भएको झन्डै चार दिन भइसके तापनि येशूले शोक गरिरहेका ठूलो भीडअगाडि तिनलाई ब्यूँताउनुभयो। येशूका कट्टर विरोधीहरूले समेत उहाँले गर्नुभएको यो चमत्कार स्वीकारे।—यूहन्‍ना ११:३८-४८; १२:९-११.

      येशूले यी सब चमत्कार किन गर्नुभयो? उहाँले ब्यूँताएका मानिसहरू आखिर सबै मरे नि, होइन र? हो, तर येशूका चमत्कारहरूले अनन्त हित गऱ्‍यो। ती चमत्कारले मसीही राज्यबारे गरिएका सम्पूर्ण रोमाञ्चकारी भविष्यवाणीहरू तथ्यमा आधारित छन्‌ भनेर प्रमाणित गऱ्‍यो। निस्सन्देह, परमेश्‍वरका नियुक्‍त राजाले खाने-पिउने प्रबन्ध मिलाउनुहुनेछ, रोगबिमार निको पार्नुहुनेछ, डरलाग्दो आँधीलाई शान्त पार्नुहुनेछ, दुष्ट आत्माहरूलाई वशमा पार्नुहुनेछ अनि उहाँ मृत्युमाथि विजयी हुनुहुनेछ। यी सबै गर्न परमेश्‍वरले शक्‍ति दिनुभएको कुरा उहाँले देखाइसक्नुभयो।

      — मत्ती, मर्कूस, लूका र यूहन्‍नाको पुस्तकमा आधारित।

      • येशूले यी कुराहरूमा आफ्नो शक्‍ति कसरी देखाउनुभयो: खाने-पिउने प्रबन्ध मिलाउने, रोगबिमार निको पार्ने, डरलाग्दो आँधी शान्त पार्ने, दुष्ट आत्मालाई वशमा पार्ने, मृत्युमाथि विजयी हुने?

      • भविष्यमा येशूले पृथ्वीमाथि गर्ने शासनबारे उहाँका चमत्कारहरूले के संकेत गर्छ?

  • कालक्रम
    बाइबल—यसले दिने सन्देश के हो?
      1. इ.सं. ३२ येशूद्वारा लाजरसको पुनरुत्थान

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने