प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bm भाग २० पृ. २३
  • येशू ख्रीष्टलाई मारिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू ख्रीष्टलाई मारिन्छ
  • बाइबल—यसले दिने सन्देश के हो?
  • मिल्दोजुल्दो सामग्री
  • प्रभुको साँझको भोज
    येसु—बाटो, सत्य र जीवन
  • येशूको मानव जीवनको आखिरी दिन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • ख्रिष्टलाई धोका दिइन्छ र पक्राउ गरिन्छ
    येसु—बाटो, सत्य र जीवन
  • स्मरणार्थको भोज
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
बाइबल—यसले दिने सन्देश के हो?
bm भाग २० पृ. २३
येशू

भाग २०

येशू ख्रीष्टलाई मारिन्छ

येशू एउटा नयाँ उत्सव स्थापना गर्नुहुन्छ; उहाँलाई धोका दिइन्छ र झुन्ड्याएर मारिन्छ

प्रचार र शिक्षण कार्यमा साढे तीन वर्ष बिताएपछि येशूलाई आफ्नो अन्तको समय नजिकै छ भनेर थाह थियो। यहूदी धर्मगुरुहरूले उहाँलाई मार्ने षड्यन्त्र गरिरहेका थिए तर भविष्यवक्‍ताको रूपमा उहाँलाई विश्‍वास गर्ने मानिसहरूले विरोध गर्लान्‌ भन्‍ने डर तिनीहरूलाई थियो। तर यसैबीच शैतानले येशूका १२ प्रेरितमध्ये एक यहूदा इस्करयोतीलाई प्रभावमा पारेर धोका दिन लगायो। येशूलाई धोका दिएबापत यहूदालाई चाँदीका ३० टुक्रा दिने कबुल धर्मगुरुहरूले गरे।

पृथ्वीमा आफ्नो अन्तिम रात येशू निस्तार चाड मनाउन प्रेरितहरूसित भेला हुनुभयो। यहूदालाई पठाइसकेपछि उहाँले एउटा नयाँ उत्सव, प्रभुको साँझको भोज स्थापना गर्नुभयो। उहाँले रोटी लिएर प्रार्थना चढाउनुभयो अनि बाँकी ११ जनालाई त्यो रोटी दिनुभयो। उहाँले भन्‍नुभयो, “तिमीहरूका निम्ति दिएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्ने गर।” दाखमद्य लिएर पनि उहाँले त्यस्तै गर्नुभयो र भन्‍नुभयो: “यो कचौरा तिमीहरूका निम्ति बगेको मेरो रगतमा भएको नयाँ करार हो।”—लूका २२:१९, २०.

त्यस रात येशूले आफ्ना प्रेरितहरूलाई भन्‍नुपर्ने कुरा धेरै थियो। उहाँले तिनीहरूलाई आपसमा निःस्वार्थ प्रेम देखाउनू भन्‍ने एउटा नयाँ आज्ञा दिनुभयो। उहाँले भन्‍नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३४, ३५) हुनै लागेको दुःखद्‌ घटनाहरूको कारण विचलित नहुन उहाँले तिनीहरूलाई सल्लाह दिनुभयो। येशूले तिनीहरूका लागि व्यग्र प्रार्थना गर्नुभयो। सँगै स्तुति गाएपछि तिनीहरू त्यसै रात गेतसमनीको बगैंचामा गए।

गेतसमनीको बगैंचामा येशूले घुँडा टेकेर परमेश्‍वरलाई व्यग्र प्रार्थना गर्नुभयो। चाँडै हतियारधारी सिपाहीहरू, पूजाहारीहरू र अरू उहाँलाई पक्रन आए। यहूदा अगाडि बढे र येशूलाई चिनाउन उहाँलाई चुम्बन गरे। सिपाहीहरूले उहाँलाई पक्रँदा प्रेरितहरू भागे।

यहूदी महासभासामु येशूले आफूलाई परमेश्‍वरको पुत्रको रूपमा चिनाउनुभयो। महासभाले उहाँलाई ईश्‍वरनिन्दा गरेको दोष लगायो र प्राणदण्डको योग्य ठहऱ्‍यायो। त्यसपछि उहाँलाई रोमी बडा हाकिम पन्तियस पिलातसकहाँ लगियो। तिनले येशूमा कुनै अपराधको दोष नभेट्टाए तापनि उहाँको मृत्युको माग गरिरहेको भीडसामु उहाँलाई सुम्पिदिए।

अनि येशूलाई गोलगथामा लगियो जहाँ रोमी सिपाहीहरूले उहाँलाई शासनाको खम्बामा झुन्ड्याए। मध्य दिनमै चमत्कारपूर्ण ढंगमा अन्धकार छायो। पछि त्यही दिउँसो येशू मर्नुभयो र ठूलो भैंचालो गयो। उहाँको शरीरलाई चट्टानमा बनाइएको चिहानमा राखियो। भोलिपल्ट पूजाहारीले ढुङ्‌गामा छाप लगाई पहरेदार राखेर चिहान सुरक्षित राखे। के येशू चिहानमै रहनुहुने थियो? थिएन। सबैभन्दा ठूलो चमत्कार हुनै लागेको थियो।

— मत्ती अध्याय २६ र २७; मर्कूस अध्याय १४ र १५; लूका अध्याय २२ र २३; यूहन्‍ना अध्याय १२ देखि १९ मा आधारित।

  • येशूले कुन एउटा नयाँ उत्सव स्थापना गर्नुभयो?

  • येशू मर्नुअघि के-कस्ता घटनाहरू भए?

येशूको महत्त्वपूर्ण भूमिका

यहोवाको उद्देश्‍यको पूर्तिमा येशूको मृत्युले मुख्य भूमिका खेल्यो। येशू परमेश्‍वरको पवित्र आत्माको मदतले गर्दा गर्भमा रहनुभएकोले उहाँ सिद्ध जन्मनुभयो, उहाँ जन्मजात मृत्युको वशमा हुनुहुन्थेन। तैपनि, मानिसजाति सधैंभरि बाँच्न सकून्‌ र आदम अनाज्ञाकारी भएकोले तिनको सन्तानले गुमाउनुपरेको जीवनको आनन्द उठाउन सकून्‌ भनेर उहाँले आफ्नो जीवन अर्पण गर्नुभयो।a—मत्ती २०:२८; लूका १:३४, ३५; यूहन्‍ना ३:१६, ३६; २ पत्रुस ३:१३.

a येशूको बलिदानरूपी मृत्युको मोलबारे जानकारी लिन बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ५ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने