प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेरितहरू निडर भई प्रचार गर्छन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
    • प्रेषितहरू यहूदी न्यायपरिषद्‌सामु बोले

      भाग २२

      प्रेरितहरू निडर भई प्रचार गर्छन्‌

      सतावटको बाबजुद ख्रीष्टका अनुयायीहरूको संख्या तीव्र गतिमा वृद्धि हुन्छ

      येशूको स्वर्गारोहण भएको १० दिनपछि करिब १२० जना चेला इ.सं ३३ मा यहूदी चाड पेन्तिकोस मनाउन यरूशलेमको एउटा घरमा भेला भए। तिनीहरू बसेको घरमा अचानक ठूलो बतास बहेको जस्तो हुरूरूरू आवाज आयो। चेलाहरू चमत्कारपूर्ण तरिकामा तिनीहरूलाई थाह नभएको भाषाहरूमा बोल्न लागे। यो अनौठो घटना कसरी सम्भव भयो? परमेश्‍वरले चेलाहरूलाई पवित्र आत्मा दिएकोले।

      बाहिर एउटा ठूलो भीड थियो। किनभने थुप्रै ठाउँबाट मानिसहरू त्यो चाड मनाउन यरूशलेममा आएका थिए। येशूका चेलाहरूले ती मानिसहरूको भाषा फरर्र बोलेको देखेर तिनीहरू छक्क परे। परमेश्‍वरले पवित्र आत्मा ‘खन्याउने’ र यो पाउनेहरूले अचम्मका कामहरू गर्न सक्ने योएलको भविष्यवाणीलाई संकेत गर्दै पत्रुसले यरूशलेममा भएको घटनाको वर्णन गरे। (योएल २:२८, २९) पवित्र आत्माको यो सशक्‍त प्रमाणले एउटा महत्त्वपूर्ण परिवर्तन भएको स्पष्ट पाऱ्‍यो: त्यो हो, परमेश्‍वरको अनुग्रह अब इस्राएलमा होइन तर भर्खरै बनेको ख्रीष्टियान मण्डलीमा थियो। परमेश्‍वरलाई स्वीकार्य तरिकामा उहाँको सेवा गर्न चाहनेहरू अब ख्रीष्टको अनुयायी बन्‍नुपर्ने थियो।

      त्यसैबीच, सतावट अझै बढ्यो अनि शत्रुहरूले चेलाहरूलाई झ्यालखानामा हालिदिए। तर राती यहोवाको स्वर्गदूतले झ्यालखानाको ढोका खोलिदिए र प्रचारकार्यलाई निरन्तरता दिन चेलाहरूलाई भने। उज्यालो भएपछि तिनीहरूले ठीक त्यसै गरे। तिनीहरू मन्दिरमा गएर येशूबारे सुसमाचार सिकाउन थाले। तिनीहरूका विरोधीहरू क्रोधित भए र प्रचारकार्य बन्द गर्ने आज्ञा दिए। निडर हुँदै प्रेरितहरूले यस्तो जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।”—प्रेरित ५:२८, २९.

      सतावट झनै चर्कियो। केही यहूदीहरूले चेला स्तिफनसलाई ईश्‍वरनिन्दा गरेको आरोप लगाए र नमरुन्जेल ढुङ्‌गाले हाने। टार्ससका शावल नाउँ गरेका एक युवकले त्यो हत्यामा स्वीकृति जनाउँदै हेरिरहे। त्यसपछि तिनी ख्रीष्टको पछि लाग्नेजति सबैलाई समात्न दमीशक गए। बाटोमा जाँदै गर्दा स्वर्गबाट अचानक एउटा ज्योति तिनको वरिपरि चम्क्यो र तिनले यसो भन्‍ने सोर सुने: “हे शावल, हे शावल तिमी किन मेरो खेदो गर्दछौ?” त्यो ज्योतिले गर्दा अन्धो भएका शावलले सोधे: “हे प्रभु, तपाईं को हुनुहुन्छ?” जवाफ यस्तो आयो: “म येशू हुँ।”—प्रेरित ९:३-५.

      तीन दिनपछि येशूले हननिया नाउँका एक चेलालाई शावलको दृष्टि फर्काउन तिनीकहाँ पठाउनुभयो। शावलले बप्तिस्मा लिए र साहसी भई येशूबारे प्रचार गर्न थाले। शावल पछि प्रेरित पावल भनेर चिनिए र ख्रीष्टियान मण्डलीका एक जोसिला सदस्य भए।

      येशूका चेलाहरूले परमेश्‍वरको राज्यको सुसमाचार यहूदी र सामरीहरूलाई मात्र सुनाउँदै थिए। अब एक जना स्वर्गदूत परमेश्‍वरको भय मान्‍ने रोमी कप्तान कर्नीलियसकहाँ देखा परे र प्रेरित पत्रुसलाई बोलाइ पठाउन भने। पत्रुस र अरू भाइहरूले कर्नीलियस र तिनको घरानालाई प्रचार गरे। पत्रुस बोल्दै गर्दा ती गैर-यहूदी विश्‍वासीहरूमाथि पवित्र आत्मा खनियो र तिनले येशूको नाउँमा तिनीहरूलाई बप्तिस्मा दिने निर्देशन दिए। अब अनन्त जीवनको बाटो सबै जातिका मानिसहरूका निम्ति खुला भयो। ती ख्रीष्टियानहरूको मण्डली पृथ्वीको कुना-कुनासम्म सुसमाचार प्रचार गर्न तयार भयो।

      — प्रेरित १:१–११:२१ मा आधारित।

      • पेन्तिकोसको चाडको बेला के भयो?

      • येशूका चेलाहरूको प्रचारकार्यलाई शत्रुहरूले कसरी लिए?

      • सबै जातिका मानिसहरूका लागि अनन्त जीवनको बाटो कसरी खोलियो?

  • कालक्रम
    बाइबल—यसले दिने सन्देश के हो?
      1. इ.सं. ४७-४८ तिर पावलको पहिलो प्रचारयात्रा

      2. इ.सं. ४९-५२ तिर पावलको दोस्रो प्रचारयात्रा

      3. इ.सं. ५२-५६ तिर पावलको तेस्रो प्रचारयात्रा

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने