प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bm भाग २३ पृ. २६
  • सुसमाचार फैलिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुसमाचार फैलिन्छ
  • बाइबल—यसले दिने सन्देश के हो?
  • मिल्दोजुल्दो सामग्री
  • निर्भयतासाथ यहोवाको राज्यको घोषणा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • साहसी हुनुहोस्‌—यहोवा तपाईँको मदतगार हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उच्च ओहदाका मानिसहरूसामु सुसमाचारको पक्षमा बोल्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • “मेरो प्रतिवाद सुन्‍नुहोस्‌”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
थप हेर्नुहोस्
बाइबल—यसले दिने सन्देश के हो?
bm भाग २३ पृ. २६
पावलले एथेन्समा प्रचार गरे

भाग २३

सुसमाचार फैलिन्छ

पावल स्थलयात्रा र जलयात्रा गरेर प्रचार गर्छन्‌

ख्रीष्टियान भइसकेपछि पावलले उत्सुकतापूर्वक परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरे। अब भने एक समयका विरोधी तिनी आफैले पटक-पटक कठोर विरोधको सामना गर्नुपऱ्‍यो। मानिसजातिका लागि परमेश्‍वरको सुरुको उद्देश्‍य पूरा गर्ने उहाँको राज्यको सुसमाचार टाढा-टाढासम्म फैलाउन यी मेहनती प्रेरित थुप्रै चोटि प्रचारयात्रामा निस्किए।

लिस्त्रामा पहिलो प्रचारयात्राको दौडान पावलले जन्मैदेखिको लङ्‌गडालाई निको पारे। पावल र तिनका सहयात्री वर्णाबास देवता हुन्‌ भन्दै भीडहरू कराउन थाले। यी दुई पुरुषले मानिसहरूलाई तिनीहरूका निम्ति बलिपूजा गर्नबाट बल्लतल्ल रोक्न सके। तर पछि पावलका शत्रुहरूको बहकाउमा परेर यसै भीडले तिनीमाथि ढुङ्‌गा वर्षाए र मरे होलान्‌ भन्ठानी छोडेर हिंडे। तर पावल मरेनन्‌। समयको दौडान, प्रोत्साहनदायी शब्दहरूले त्यस सहरका चेलाहरूलाई सुदृढ पार्न तिनी फर्के।

विश्‍वासी भएका अन्यजातिहरूले मोशाको व्यवस्थाको केही भाग पालन गर्नुपर्छ भनेर केही यहूदी ख्रीष्टियानहरूले विवाद गरे। पावलले यस विवादलाई यरूशलेममा प्रेरितहरू र धर्मगुरुहरूकहाँ पुऱ्‍याए। धर्मशास्त्रलाई होसियारीसाथ विचार गरेपछि र परमेश्‍वरको पवित्र आत्माको डोऱ्‍याइ पाएर यी पुरुषहरूले मण्डलीहरूलाई पत्र लेखे र मूर्तिपूजा, रगत, रगत ननिथारिएको मासु र व्यभिचारबाट अलग रहन अर्ती दिए। यी आज्ञा “जरुरतका कुराहरू” थिए तर यिनलाई पालन गर्न मोशाको व्यवस्था मान्‍नुपर्दैनथ्यो।—प्रेरित १५:२८, २९.

दोस्रो प्रचारयात्रामा पावल बिरिया गए जुन ठाउँ अहिले ग्रीसमा पर्छ। त्यहाँ बसोबास गरिरहेका यहूदीहरूले उत्सुकतासाथ तिनको शिक्षा ग्रहण गरे र ती शिक्षाहरू ठीक हुन्‌ कि होइनन्‌ भनेर दिनहुँ धर्मशास्त्रमा खोजी गरे। फेरि एक पटक विरोधले तिनलाई त्यो ठाउँ छोडेर जान बाध्य तुल्यायो, यस पटक भने तिनी एथेन्स गए। एथेन्सका शिक्षित समूहसामु पावलले सशक्‍त भाषण दिए। यो कौशल, विवेकी र बोल्नमा सिपालु हुनुपर्ने विषयमा राम्रो उदाहरण हो।

तेस्रो प्रचारयात्रापछि पावल यरूशलेम गए। त्यहाँको मन्दिरमा जाँदा केही यहूदीहरूले तिनलाई मार्ने मनसायले हुलदङ्‌गा मच्चाए। रोमी सिपाहीहरूले हस्तक्षेप गरे र पावललाई केरकार गरे। रोमी नागरिक भएकोले पछि तिनले रोमी बडाहाकिम फेलिक्ससामु आफ्नो प्रतिरक्षा गरे। पावललाई लगाएको अभियोगको ती यहूदीहरूले कुनै प्रमाण दिन सकेनन्‌। अर्का रोमी बडाहाकिम फेस्तसले तिनलाई यहूदीहरूको हातमा नसुम्पिऊन्‌ भनेर पावलले यसो भने: “म सिजरकहाँ अपील गर्दछु।” फेस्तसले जवाफ दिए: “तँ सिजरकहाँनै जालास्‌।”—प्रेरित २५:११, १२.

रोमी सेनाले पावललाई रिसाएको भीडबाट भगाए

त्यसपछि मुद्दाको सुनुवाइको लागि पावललाई जहाजबाट इटाली लगियो। त्यस यात्रामा जहाज डुबेपछि तिनी जाडो यामभरि माल्टा भन्‍ने टापुमा बस्नुपर्ने भयो। अन्तमा रोम आइपुगेपछि तिनी दुई वर्षसम्म डेरा गरेर बसे। सिपाहीको निगरानीमा भए तापनि सदा जोसिला यी प्रेरितले तिनलाई भेट्‌न आउने सबैलाई परमेश्‍वरको राज्यबारे प्रचार गर्न छोडेनन्‌।

— प्रेरित ११:२२–२८:३१ मा आधारित।

  • पावलले लिस्त्रामा लङ्‌गडा मानिसलाई निको पारेपछि के भयो?

  • मोशाको व्यवस्थासम्बन्धी विवादलाई कसरी सुल्झाइयो?

  • पावल कसरी रोममा पुगे र त्यहाँ हुँदा तिनले के गरे?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने