प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ४/१ पृ. १०
  • के सन्‌ २०१२ मा पृथ्वी नाश होला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के सन्‌ २०१२ मा पृथ्वी नाश होला?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • के यो पृथ्वी विनाश हुनेछ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • के मानिसहरूले गर्दा पृथ्वीको विनाश हुन्छ त?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • के पृथ्वी आगोले भस्म हुनेछ?
    ब्यूँझनुहोस्‌!—१९९७
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ४/१ पृ. १०

हाम्रा पाठकहरू सोध्छन्‌ . . .

के सन्‌ २०१२ मा पृथ्वी नाश होला?

▪ “महाप्रलय आउँदै छ भनेर विश्‍वास गर्ने मानिसहरू फ्रान्सको एउटा गाउँमा ओइरिएका छन्‌ . . . तिनीहरू डिसेम्बर २१, २०१२ मा संसारको अन्त हुन्छ भनेर विश्‍वास गर्छन्‌ किनभने यो ५,१२५ वर्ष लामो पुरातन माया पात्रोको अन्तिम मिति हो।”—बी बी सी समाचार।

अन्तबारे हल्लीखल्ली मच्चाउने धार्मिक नेताहरू, वैज्ञानिक भनौंदाहरू र २१ औं शताब्दीका ज्योतिषीहरूले संसारको अन्तबारे पूर्वानुमानहरू गरेको भए तापनि पृथ्वीको अन्त हुनेवाला छैन। हो, सन्‌ २०१२ मा पृथ्वी नाश हुनेछैन। त्यति मात्र होइन, त्यसपछि पनि पृथ्वी रहिरहनेछ।

बाइबल यसो भन्छ: “पुस्ताहरू आउँछन्‌, पुस्ताहरू जान्छन्‌, तर पृथ्वीचाहिं सदासर्वदै रहिरहन्छ।” (उपदेशक १:४) साथै यशैया ४५:१८ मा लुकेको आशय पनि विचार गर्नुहोस्‌: “परमप्रभु यसो भन्‍नुहुन्छ, . . . जसले पृथ्वी रच्नुभयो र बनाउनुभयो। (उहाँले त्यो स्थिर गर्नुभयो, उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आवाद गर्नलाई बनाउनुभयो।) म परमप्रभु हुँ, मबाहेक अरू कोही छैन।”

घण्टौंघण्टा लगाएर छोराको लागि खेलौना गाडी वा छोरीको लागि पुतलीको घर बनाइदिने मायालु बुबाले के त्यो दिएको एकछिन पछि नै बिगारिदिन्छ र? त्यस्तो त साह्रै निर्दयी बुबाले मात्र गर्छ। परमेश्‍वरले पनि मानिसजातिको आनन्दको लागि नै भनेर पृथ्वी सृष्टि गर्नुभयो। उहाँले प्रथम मानव दम्पती आदम र हव्वालाई यसो भन्‍नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ।” अनि “आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।” (उत्पत्ति १:२७, २८, ३१) पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य यथावत्‌ छ; उहाँले पृथ्वी नाश हुन दिनुहुनेछैन। यहोवाले आफ्ना प्रतिज्ञाहरूबारे सशक्‍त ढङ्‌गमा यसो भन्‍नुभयो: “त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”—यशैया ५५:११.

यहोवाले “पृथ्वीका विनाशकारीहरूलाई विनाश” गर्नुहुनेछ। (प्रकाश ११:१८) आफ्नो वचन बाइबलमा उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “सोझाहरू पृथ्वीमा बास गर्नेछन्‌। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌। तर दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌, र विश्‍वासघातीहरू झारझैं फ्याँकिनेछन्‌।”—हितोपदेश २:२१, २२.

यो कहिले हुनेछ? यो कुरा कुनै मानिसलाई थाह छैन। येशूले भन्‍नुभयो: “त्यस दिन वा समयको विषयमा कसैले जान्दैन, न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र।” (मर्कूस १३:३२) परमेश्‍वरले दुष्टहरूलाई कहिले नाश गर्नुहुन्छ भनेर यहोवाका साक्षीहरू भविष्यवाणी गर्न खोज्दैनन्‌। हुन त तिनीहरू अन्तको दिनको “चिन्ह”-बारे सजग छन्‌ र मानिसजाति बाइबलमा बताइएको “अन्तको दिनमा” बाँचिरहेका छन्‌ भनेर विश्‍वास गर्छन्‌। तैपनि यस युगको “अन्त” ठ्याक्क कहिले हुनेछ भनेर तिनीहरूलाई थाह छैन। (मर्कूस १३:४-८, ३३; २ तिमोथी ३:१) यो स्वर्गमा हुनुहुने बुबा र उहाँको छोराकै हातमा छ भनेर तिनीहरूले बुझेका छन्‌।

अन्त नहोउन्जेल यहोवाका साक्षीहरू परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्ने काममा व्यस्त छन्‌। अनि यही स्वर्गीय सरकारले पृथ्वीमा शासन गर्नेछ र यसलाई शान्तिमय प्रमोदवनमा परिणत गर्नेछ, जहाँ असल मानिसहरूले ‘अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहनेछन्‌।’—भजन ३७:२९. (w11-E 12/01)

[पृष्ठ १०-मा भएको चित्रको स्रोत]

Image Science and Analysis Laboratory NASA-Johnson Space Center

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने