गीत ३४
हाम्रो नाउँअनुसार जिउने
छापिएको संस्करण
१. महिमित याह सर्वोच्च, अनन्त;
न्याय, पराक्रम र प्रेममा सिद्ध।
सबै सत्य र अपार बुद्धिका स्रोत;
शासन माथिबाट, हे सर्वोच्च।
हुन्छौं तिम्रो सेवामा अति खुसी;
राज्य घोषणा गर्न रमाउँछौं।
(कोरस)
तिम्रो साक्षी हुनु ठूलो अवसर!
नाउँअनुसार सधैं जिउन सकौं!
२. पवित्र सेवामा मिलीजुली काम;
प्रेम र शान्तिमा हामी बाँधिन्छौं।
सत्य सिकाउँदै, महिमा झल्काउँदै;
तिम्रो गुनगानमा गर्वले रम्छौं।
हे यहोवा, चिनियौं तिम्रै नाउँले;
तिम्रो महिमा गाउने मान पायौं।
(कोरस)
तिम्रो साक्षी हुनु ठूलो अवसर!
नाउँअनुसार सधैं जिउन सकौं!
(व्यव. ३२:४; भज. ४३:३; दानि. २:२०, २१ पनि हेर्नुहोस्)