गीत ३
“परमेश्वर प्रेम हुनुहुन्छ”
छापिएको संस्करण
१. भन्छन् मायालु यहोवा:
‘हिंड मेरो बाटोमा।’
प्रेम या’ र अरूलाई गर्दा;
बित्छ दिन असल काममा।
जीवनको मजा छ त्यहीं;
खोजेको जीवन त्यही।
टल्दैन येशूको त्यो प्रेम।
हाम्रो प्रेम पनि उही।
२. जाग्नेछौं सत्यको प्रेमले;
नकल गर्छौं प्रेम या’को।
उहाँकै मदतले उठ्छौं;
जिउँछौं उहाँकै बलमा।
प्रेम चोखो अनि निष्कपट;
सहने र दयालु।
चाखौं है नतिजा प्रेमको।
भाइलाई प्रेम अब गर्नू।
३. कहिल्यै इबी नराख;
वशमा नपारोस् यसले।
याहको डोऱ्याइ खोज;
उनको आज्ञा छ यस्तो:
‘प्रेम छिमेकी र याहलाई;
यही हो भाका प्रेमको।’
देखाऔं सधैं अरूलाई;
कोमल प्रेम यहोवाको।
(मर्कू. १२:३०, ३१; १ कोरि. १२:३१–१३:८; १ यूह. ३:२३ पनि हेर्नुहोस्)