चर्चाका लागि बाइबल विषयहरू
१. अन्तको दिन
क. “संसारको अन्त”-को अर्थ के हो
यस युगको अन्त। मत्ती २४:३; २प ३:५-७; मर्कू १३:४
पृथ्वीको होइन तर दुष्ट युगको अन्त हो। १यू २:१७
यस युगको अन्तको समय सिद्धिएपछि विनाश हुन्छ। मत्ती २४:१४
परमेश्वरको स्तरअनुसार असल काम गर्ने मानिसहरू बच्नेछन्; त्यसपछि नयाँ संसार आउनेछ। २प २:९; प्रका ७:१४-१७
ख. अन्तको दिनका चिन्हहरूप्रति सचेत हुनु आवश्यक छ
हाम्रो मार्गनिर्देशनको निम्ति परमेश्वरले चिन्हहरू दिनुभएको छ। २ति ३:१-५; १थि ५:१-४
यस कुराको गम्भीरतालाई संसारले बुझेको छैन। २प ३:३, ४, ७; मत्ती २४:३९
परमेश्वरले ढिलो गर्नुहुन्न, बरु चेतावनी दिनुहुन्छ। २प ३:९
सचेत हुँदा र ध्यान दिंदा इनाम पाइन्छ। लूका २१:३४-३६
२. अन्य धर्ममा भाग लिनु
क. अन्य धर्ममा पनि भाग लिनु परमेश्वरको मार्ग होइन
बाटो एउटै मात्र छ, साँघुरो छ; थोरैले मात्र भेट्टाउँछन्। एफि ४:४-६; मत्ती ७:१३, १४
झूटा शिक्षाहरूले दूषित पार्छ भनेर चेतावनी दिइएको थियो। मत्ती १६:६, १२; गला ५:९
अलग्गै बस्ने आज्ञा दिइएको थियो। २ति ३:५; २को ६:१४-१७; प्रका १८:४
ख. “सबै धर्ममा असल कुरा छ” भन्ने धारणा साँचो होइन
कसै-कसैसित जोस छ तर परमेश्वरको इच्छाअनुसारको होइन। रोमी १०:२, ३
खराबीले असल कुरालाई पनि बिगार्छ। १को ५:६; मत्ती ७:१५-१७
झूटा शिक्षकहरूले विनाश निम्त्याउँछन्। २प २:१; मत्ती १२:३०; १५:१४
स्वच्छ उपासनाले ऐकान्तिक भक्तिको माग गर्छ। व्य ६:५, १४, १५
३. आरमागेडोन
क. दुष्टता नाश गर्न परमेश्वरले लड्नुहुने युद्ध
जाति-जातिका मानिसहरू आरमागेडोनमा जम्मा गरिनेछन्। प्रका १६:१४, १६
आफ्नो छोरा तथा स्वर्गदूतहरू चलाएर परमेश्वर युद्ध लड्नुहुन्छ। २थि १:६-९; प्रका १९:११-१६
हामी कसरी बच्न सक्छौं। सप २:२, ३; प्रका ७:१४
ख. परमेश्वरको प्रेमसित बाझिंदैन
संसार अति भ्रष्ट छ। २ति ३:१-५
परमेश्वर धीरजी हुनुहुन्छ तर न्याय गर्नु आवश्यक छ। २प ३:९, १५; लूका १८:७, ८
परमेश्वरको नजरमा असल ठहरिएका मानिसहरूको हितको निम्ति दुष्टहरू नाश हुनै पर्छ। हितो २१:१८; प्रका ११:१८
४. उद्धार
क. येशूले तिर्नुभएको फिरौतीको बलिदानद्वारा परमेश्वरले उद्धार गर्नुहुन्छ
जीवन परमेश्वरले आफ्नो छोरामार्फत दिनुभएको उपहार हो। १यू ४:९, १४; रोमी ६:२३
येशूको बलिदानद्वारा मात्र उद्धार सम्भव छ। प्रे ४:१२
“मर्नेबेला पछुताएर” फाइदा छैन, त्यतिबेला केही काम गर्न सकिंदैन। या २:१४, २६
उद्धार पाउन जोडतोडले प्रयत्न गर्नुपर्छ। लूका १३:२३, २४; १ति ४:१०
ख. “एक चोटि उद्धार पायो भने सधैं उद्धार पाइन्छ” भन्ने कुरा धर्मशास्त्र विपरीत हो
पवित्र शक्ति पाउनेहरू चुक्न सक्छन्। हिब्रू ६:४, ६; १को ९:२७
मिश्रबाट बचाइएको भए तापनि थुप्रै इस्राएली नाश भए। यहू ५
क्षणभरको प्रयासले उद्धार पाइँदैन। फिलि २:१२; ३:१२-१४; मत्ती १०:२२
पछि हट्नेहरूको अवस्था पहिलेको भन्दा झन् खराब हुन्छ। २प २:२०, २१
ग. “सबैको उद्धार” हुन्छ भन्ने शिक्षा धर्मशास्त्र विपरीत हो
कसै-कसैको निम्ति पश्चात्ताप असम्भव छ। हिब्रू ६:४-६
दुष्टहरूको मृत्युमा परमेश्वर रमाउनुहुन्न। इज ३३:११; १८:३२
तर प्रेमले गर्दा उहाँ कुकर्मप्रति आँखा चिम्लनुहुन्न। हिब्रू १:९
दुष्टहरू नाश हुनेछन्। हिब्रू १०:२६-२९; प्रका २०:७-१५
५. कालक्रम
क. १९१४ ( इ.सं.) मा अन्यजातिको समय सिद्धियो
ई.पू. ६०७ मा राज्य शासकहरूको क्रम भङ्ग भयो। इज २१:२५-२७
“सात काल” नबितुन्जेल शासन पुनर्स्थापित हुनेथिएन। दा ४:३२, १६, १७
सात = २ × ३ १/२ काल वा २ × १,२६० दिन। प्रका १२:६, १४; ११:२, ३
एक दिन बराबर एक वर्ष। [यसरी २,५२० वर्ष हुन्छ] इज ४:६; गन्ती १४:३४
परमेश्वरको राज्य पुनर्स्थापित नहोउन्जेल चल्नेथियो। लूका २१:२४; दा ७:१३, १४
६. क्रस
क. अपमान गर्न येशूलाई खम्बामा टाँगेर मृत्युदण्ड दिइयो
येशूलाई खम्बा अर्थात् रूखमा टाँगेर मृत्युदण्ड दिइएको थियो। प्रे ५:३०; १०:३९; गला ३:१३
ख्रीष्टियनहरूले यातनाको खम्बा बोकेर अपमान सहनै पर्छ। मत्ती १०:३८; लूका ९:२३
ख. क्रसको उपासना गर्नु हुँदैन
येशूले यातना भोग्नुभएको खम्बा प्रदर्शन गर्नु अपमान हो। हिब्रू ६:६; मत्ती २७:४१, ४२
उपासना गर्दा क्रसको प्रयोग गर्नु मूर्तिपूजा हो। प्रस्थ २०:४, ५; यर्मि १०:३-५
येशू अहिले खम्बामा होइन तर अदृश्य व्यक्तिको रूपमा स्वर्गमा हुनुहुन्छ। १ति ३:१६; १प ३:१८
७. ख्रीष्टको पुनरागमन
क. उहाँको पुनरागमन मानवजातिले देख्दैन
संसारले उहाँलाई कहिल्यै देख्नेछैन भनी चेलाहरूलाई भन्नुभयो। यूह १४:१९
चेलाहरूले मात्र उहाँ माथि उचालिनुभएको देखे; पुनरागमन पनि त्यस्तै हुनेछ। प्रे १:६, १०, ११
स्वर्गमा हुनुहुन्छ, अदृश्य हुनुहुन्छ। १ति ६:१४-१६; हिब्रू १:३
स्वर्गमा राज्य गर्ने अख्तियारसहित फर्कनुहुन्छ। दा ७:१३, १४
ख. संसारमा हुने घटनाहरूद्वारा थाह पाउन सकिन्छ
चेलाहरूले उपस्थितिको चिन्ह मागे। मत्ती २४:३
ख्रीष्टियनहरूले समझद्वारा उपस्थिति “देख्छन्”। एफि १:१८
धेरै घटनाको सङ्गालोले उपस्थितिको प्रमाण दिन्छ। लूका २१:१०, ११
शत्रुहरूले विनाश आएपछि “देख्नेछन्”। प्रका १:७
८. चङ्गाइ, अन्य भाषा बोल्ने
क. परमेश्वरको वचनले गर्ने चङ्गाइका स्थायी लाभहरू छन्
परमेश्वरबाट टाढिनु हानिकारक हुन्छ। यशै १:४-६; ६:१०; होशे ४:६
परमेश्वरको वचनद्वारा चङ्गा पार्नु प्रमुख जिम्मेवारी। यूह ६:६३; लूका ४:१८
पाप हटाउँछ; खुसीयाली र जीवन दिन्छ। या ५:१९, २०; प्रका ७:१४-१७
ख. परमेश्वरको राज्यले रोगबिमार सदाको लागि हटाउनेछ
येशूले रोगबिमार निको पार्नुभयो र परमेश्वरको राज्यले दिने आशिष्हरूबारे प्रचार गर्नुभयो। मत्ती ४:२३
परमेश्वरको राज्यले सदाको लागि चङ्गा पार्नेछ भनेर प्रतिज्ञा गरिएको छ। मत्ती ६:१०; यशै ९:७
मृत्युसमेत नामेट पारिनेछ। १को १५:२५, २६; प्रका २१:४; २०:१४
ग. अहिले गरिने चङ्गाइलाई परमेश्वरले अनुमोदन गर्नुहुन्छ भन्ने प्रमाण छैन
चेलाहरूले चमत्कार गरेर आफैलाई निको पारेनन्। २को १२:७-९; १ति ५:२३
चमत्कार गर्ने वरदान प्रेषितहरूको मृत्युपछि दिइएन। १को १३:८-११
चङ्गाइ परमेश्वरको अनुमोदनको पक्का प्रमाण होइन। मत्ती ७:२२, २३; २थि २:९-११
घ. अन्य भाषामा बोल्नु अस्थायी प्रबन्ध मात्र थियो
चिन्ह थियो; अझ उत्कृष्ट वरदानहरू खोज्नुपर्थ्यो। १को १४:२२; १२:३०, ३१
पवित्र शक्तिद्वारा पाइने चमत्कारी वरदानहरू बितेर जानेछन् भनी भविष्यवाणी गरिएको थियो। १को १३:८-१०
चमत्कारहरू परमेश्वरको अनुमोदनको पक्का प्रमाण होइन। मत्ती ७:२२, २३; २४:२४
९. चर्च
क. चर्च भवन होइन, यसको प्रतीकात्मक अर्थ छ र यो ख्रीष्टमाथि बनेको थियो
मानव निर्मित मन्दिरहरूमा परमेश्वर बास गर्नुहुन्न। प्रे १७:२४, २५; ७:४८
साँचो चर्च जीवित ढुङ्गाहरूले बनेको प्रतीकात्मक मन्दिर हो। १प २:५, ६
ख्रीष्ट कुनाको शिरढुङ्गो हुनुहुन्छ; जगका बाँकी भाग प्रेषितहरू हुन्। एफि २:२०
परमेश्वरलाई पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम उपासना गर्नुपर्छ। यूह ४:२४
ख. चर्च पत्रुसमाथि बनेको होइन
चर्च पत्रुसमाथि बनेको छ भनेर येशूले भन्नुभएन। मत्ती १६:१८
येशू “चट्टान”-को रूपमा चिनिनुभयो। १को १०:४
पत्रुसले येशूलाई जगको रूपमा चिनाए। १प २:४, ६-८; प्रे ४:८-१२
१०. चाडपर्व, जन्मोत्सव
क. प्रारम्भिक ख्रीष्टियनहरू जन्मोत्सव र क्रिसमस मनाउँदैनथे
झूटा उपासकहरूले मात्रै मनाउँथे। उत्प ४०:२०; मत्ती १४:६
येशूको मृत्युको स्मरणार्थ उत्सव मनाउनुपर्थ्यो। लूका २२:१९, २०; १को ११:२५, २६
भोजको मोजमस्ती अनुचित। रोमी १३:१३; गला ५:२१; १प ४:३
११. जीवन
क. आज्ञाकारी मानिसजातिलाई अनन्त जीवन दिने आश्वासन दिइएको छ
कहिल्यै झूट नबोल्नुहुने परमेश्वरले जीवन दिने प्रतिज्ञा गर्नुभएको छ। ती १:२; यूह १०:२७, २८
विश्वास गर्नेहरूलाई अनन्त जीवनको आश्वासन दिइएको छ। यूह ११:२५, २६
मृत्यु नामेट हुनेछ। १को १५:२६; प्रका २१:४; २०:१४; यशै २५:८
ख. जो ख्रीष्टको शरीरका भाग हुन्, तिनीहरू मात्र स्वर्ग जानेछन्
परमेश्वरले आफ्नो इच्छाअनुसार सदस्यहरू छान्नुहुन्छ। मत्ती २०:२३; १को १२:१८
पृथ्वीबाट १,४४,००० जना मात्रै छानिएका छन्। प्रका १४:१, ४; ७:२-४; ५:९, १०
बप्तिस्मा गराउने यूहन्ना पनि स्वर्गको राज्यमा हुनेछैनन्। मत्ती ११:११
ग. “अरू भेडा” अर्थात् असीमित व्यक्तिहरूलाई अनन्त जीवन दिने प्रतिज्ञा गरिएको छ
येशूसित स्वर्गमा हुनेहरूको सङ्ख्या सीमित छ। प्रका १४:१, ४; ७:२-४
“अरू भेडा” ख्रीष्टका भाइहरू होइनन्। यूह १०:१६; मत्ती २५:३२, ४०
अहिले अधिकांश मानिसहरू पृथ्वीमा बस्नको लागि जम्मा भइरहेका छन्। प्रका ७:९, १५-१७
पृथ्वीमा जीवन दिन अरूलाई पनि ब्यूँताइनेछ। प्रका २०:१२; २१:४
१२. झूटा भविष्यवक्ताहरू
क. झूटा भविष्यवक्ताहरूबारे भविष्यवाणी गरिएको थियो; तिनीहरू प्रेषितहरूको समयमा पनि थिए
झूटा भविष्यवक्ताहरू चिन्ने तरिका। व्य १८:२०-२२; लूका ६:२६
भविष्यवाणी गरिएको थियो; फलबाट चिनिन्छन्। मत्ती २४:२३-२६; ७:१५-२३
१३. त्रिएक
क. परमेश्वर, बुबा एकै जना हुनुहुन्छ र उहाँ ब्रह्माण्डको सबैभन्दा महान् व्यक्ति हुनुहुन्छ
परमेश्वर तीन जना व्यक्ति मिलेर बनेको होइन। व्य ६:४; मला २:१०; मर्कू १०:१८; रोमी ३:२९, ३०
छोराको सृष्टि गरियो; त्यसअघि परमेश्वर एक्लै हुनुहुन्थ्यो। प्रका ३:१४; कल १:१५; यशै ४४:६
परमेश्वर सदाका लागि ब्रह्माण्डको शासक हुनुहुन्छ। फिलि २:५, ६; दा ४:३५
सबैभन्दा धेरै परमेश्वरको महिमा हुनुपर्छ। फिलि २:१०, ११
ख. छोरा पृथ्वीमा आउनुअघि र पछि पनि बुबाभन्दा निम्नस्तरको हुनुहुन्छ
स्वर्गमा छँदा छोरा आज्ञाकारी हुनुहुन्थ्यो, बुबाले पृथ्वीमा पठाउनुभयो। यूह ८:४२; १२:४९
पृथ्वीमा छँदा आज्ञाकारी हुनुभयो, बुबा उहाँभन्दा महान् हुनुहुन्थ्यो। यूह १४:२८; ५:१९; हिब्रू ५:८
स्वर्गमा उच्च पारिनुभए तापनि बुबाको अधीनमा हुनुहुन्छ। फिलि २:९; १को १५:२८; मत्ती २०:२३
यहोवा, ख्रीष्टको शिर र परमेश्वर हुनुहुन्छ। १को ११:३; यूह २०:१७; प्रका १:६
ग. परमेश्वर र ख्रीष्टको एकता
सधैं पूर्ण एकतामा हुनुहुन्छ। यूह ८:२८, २९; १४:१०
पतिपत्नीबीचको जस्तै एकता। यूह १०:३०; मत्ती १९:४-६
सबै चेलाबीच त्यस्तै एकता हुनुपर्छ। यूह १७:२०-२२; १को १:१०
ख्रीष्टमार्फत सधैंभरि यहोवाको मात्रै उपासना गर्नुपर्छ। यूह ४:२३, २४
घ. परमेश्वरको पवित्र शक्ति उहाँको सक्रिय शक्ति हो
यो शक्ति हो, व्यक्ति होइन। मत्ती ३:१६; यूह २०:२२; प्रे २:४, १७, ३३
परमेश्वर र ख्रीष्टसित स्वर्गमा बस्ने व्यक्ति होइन। प्रे ७:५५, ५६; प्रका ७:१०
आफ्ना उद्देश्यहरू पूरा गर्न परमेश्वरद्वारा निर्देशित। भज १०४:३०; १को १२:४-११
परमेश्वरको उपासना गर्नेहरूले प्राप्त गर्छन् र यसको डोऱ्याइअनुसार चल्छन्। १को २:१२, १३; गला ५:१६
१४. दियाबल, दुष्ट स्वर्गदूतहरू
क. दियाबल अदृश्य व्यक्ति हो
व्यक्तिभित्र हुने दुष्टता होइन तर अदृश्य व्यक्ति हो। २ति २:२६
दियाबल स्वर्गदूतहरूजस्तै व्यक्ति हो। मत्ती ४:१, ११; अय्यू १:६
आफ्नै कुइच्छाले आफूलाई दियाबल बनायो। या १:१३-१५
ख. दियाबल यस संसारको अदृश्य शासक हो
संसारको देव भएर संसारलाई अधीनमा राखेको छ। २को ४:४; १यू ५:१९; प्रका १२:९
विवाद समाधान नहोउन्जेल त्यसलाई रहन दिइएको छ। प्रस्थ ९:१६; यूह १२:३१
अगाध खाडलमा हालिनेछ, त्यसपछि नष्ट गरिनेछ। प्रका २०:२, ३, १०
ग. दुष्ट स्वर्गदूतहरू विद्रोही हुन्
जलप्रलयअघि सैतानसित मिले। उत्प ६:१, २; १प ३:१९, २०
पतित भए, ज्योतिबाट अलग पारिए। २प २:४; यहू ६
परमेश्वरको विरोध गर्छन्, मानिसजातिमाथि दमन गर्छन्। लूका ८:२७-२९; प्रका १६:१३, १४
सैतानसँगसँगै नाश गरिनेछन्। मत्ती २५:४१; लूका ८:३१; प्रका २०:२, ३, १०
घ. तन्त्रमन्त्र दुष्ट स्वर्गदूतहरूको काम भएकोले यसबाट अलग बस्नै पर्छ
परमेश्वरको वचनले निषेध गर्छ। यशै ८:१९, २०; लेवी १९:३१; २०:६, २७
भावी बताउनु पनि तन्त्रमन्त्रको भाग हो; त्यसको निन्दा गरिएको छ। प्रे १६:१६-१८
विनाश निम्त्याउँछ। गला ५:१९-२१; प्रका २१:८; २२:१५
ज्योतिषविद्या निषेधित छ। व्य १८:१०-१२; यर्मि १०:२
१५. दुष्टता, संसारको सङ्कष्ट
क. संसारको कष्टको जिम्मेवार को हो
आजको खराब परिस्थिति दुष्ट शासनले गर्दा भएको हो। हितो २९:२; २८:२८
यस संसारको शासक परमेश्वरको शत्रु हो। २को ४:४; १यू ५:१९; यूह १२:३१
दियाबलले दुःख ल्याएको हो, समय थोरै छ। प्रका १२:९, १२
दियाबललाई बाँधिसकेपछि ठूलो शान्ति छाउनेछ। प्रका २०:१-३; २१:३, ४
ख. दुष्टतालाई अनुमति किन दिइयो
दियाबलले परमेश्वरका जनहरूको वफादारीलाई चुनौती दिएको थियो। अय्यू १:११, १२
वफादार जनहरूलाई आफ्नो वफादारी प्रमाणित गर्ने मौका दिइयो। रोमी ९:१७; हितो २७:११
दियाबल झूटो साबित भयो, यो विवाद सुल्झाइनेछ। यूह १२:३१
वफादार जनहरूले अनन्त जीवन पाउनेछन्। रोमी २:६, ७; प्रका २१:३-५
ग. अन्तको समय लामो हुनु दयालु प्रबन्ध हो
नूहको समयमा जस्तै चेतावनी दिन समय लाग्छ। मत्ती २४:१४, ३७-३९
परमेश्वरले ढिलो गर्नुहुन्न, उहाँ दयालु हुनुहुन्छ। २प ३:९; यशै ३०:१८
बाइबलले हामीलाई जागा रहन मदत दिन्छ। लूका २१:३६; १थि ५:४
सुरक्षित हुन परमेश्वरले मिलाउनुभएको प्रबन्ध अहिल्यै खोज्नुहोस्। यशै २:२-४; सप २:३
घ. संसारको कष्टको समाधान मानिससित छैन
मानिसहरू भयभीत र व्याकुल छन्। लूका २१:१०, ११; २ति ३:१-५
मानिसको होइन, परमेश्वरको राज्यले सफलता हासिल गर्नेछ। दा २:४४; मत्ती ६:१०
बाँच्नको लागि अहिल्यै परमेश्वरको राज्यको राजासित शान्ति कायम गर्नुहोस्। भज २:९, ११, १२
१६. धर्म
क. साँचो धर्म एउटा मात्र हुन्छ
एउटै आशा, एउटै विश्वास, एउटै बप्तिस्मा। एफि ४:५, १३
चेला बनाउने आज्ञा दिइएको छ। मत्ती २८:१९; प्रे ८:१२; १४:२१
त्यसको फलद्वारा चिनिन्छ। मत्ती ७:१९, २०; लूका ६:४३, ४४; यूह १५:८
सदस्यहरूबीच प्रेम र सहमति हुन्छ। यूह १३:३५; १को १:१०; १यू ४:२०
ख. झूटो सिद्धान्तको निन्दा गर्नु ठीक हो
येशूले झूटो सिद्धान्तको निन्दा गर्नुभयो। मत्ती २३:१५, २३, २४; १५:४-९
गलत शिक्षाले गर्दा अन्धा भएकाहरूको सुरक्षाका लागि त्यसो गर्नुभयो। मत्ती १५:१४
सत्यले दिएको स्वतन्त्रताले गर्दा तिनीहरू येशूको चेला हुन सके। यूह ८:३१, ३२
ग. आफ्नो धर्म झूटो साबित भएमा परिवर्तन गर्नु अत्यावश्यक छ
सत्यले स्वतन्त्र तुल्याउँछ; धेरै जनाले गलत धर्म मानिरहेका छन् भनेर साबित गर्छ। यूह ८:३१, ३२
इस्राएली तथा अरूले आफूले पहिलेदेखि गरिआएको उपासना छोडे। यहो २४:१५; २रा ५:१७
प्रारम्भिक ख्रीष्टियनहरूले आफ्नो विचारधारा परिवर्तन गरे। गला १:१३, १४; प्रे ३:१७, १९
पावलले आफ्नो धर्म परिवर्तन गरे। प्रे २६:४-६
सारा संसार ठगाइमा परेको छ; मन परिवर्तन गर्नै पर्छ। प्रका १२:९; रोमी १२:२
घ. “सबै धर्ममा असल कुरा छ” भन्दैमा परमेश्वरको अनुमोदन पाइँदैन
परमेश्वरले उपासनाको स्तर निर्धारण गर्नुभएको छ। यूह ४:२३, २४; या १:२७
परमेश्वरको इच्छाअनुरूप छैन भने असल हुँदैन। रोमी १०:२, ३
“असल कामहरू” तिरस्कृत हुनसक्छन्। मत्ती ७:२१-२३
फलबाट चिनिन्छ। मत्ती ७:२०
१७. नरक (हेडिज, शिओल)
क. सास्ती दिइने साँच्चैको अग्निकुण्ड होइन
पीडामा परेका अय्यूबले त्यहाँ जान पाऊँ भनेर प्रार्थना गरे। अय्यू १४:१३
निष्क्रिय भइने ठाउँ। भज ६:५; उप ९:१०; यशै ३८:१८, १९
येशू चिहान अर्थात् नरकबाट ब्यूँताइनुभयो। प्रे २:२७, ३१, ३२; भज १६:१०
मरेका अन्य मानिस त्यहाँबाट मुक्त गरिनेछन् र त्यसलाई नष्ट गरिनेछ। प्रका २०:१३, १४
ख. आगो सर्वनाशको चिन्ह हो
आगोले मृत्युलाई चित्रित गर्छ। मत्ती २५:४१, ४६; १३:३०
अपश्चात्तापी दुष्टहरू आगोले जस्तै सदाका लागि नष्ट हुनेछन्। हिब्रू १०:२६, २७
सैतानले आगोमा भोग्ने “सास्ती” सदाको लागि त्यसको मृत्यु हुनु हो। प्रका २०:१०, १४, १५
ग. धनी मानिस र लाजरसको विवरण सधैंभरि यातना भोगिरहनुपर्छ भन्ने कुराको प्रमाण होइन
अब्राहामको काख वास्तविक होइन, त्यसरी नै आगो पनि वास्तविक होइन। लूका १६:२२-२४
अब्राहामको अनुमोदन र अन्धकारबीच तुलना। मत्ती ८:११, १२
महान् बेबिलोनले आगोमा सास्ती भोग्नुको अर्थ त्यसको सर्वनाश हुनु हो। प्रका १८:८-१०, २१
१८. पवित्र शक्ति
क. पवित्र शक्ति के हो
यो कुनै व्यक्ति नभई परमेश्वरको सक्रिय शक्ति हो। प्रे २:२, ३, ३३; यूह १४:१७
सृष्टि गर्न, बाइबल लेख्ने प्रेरणा दिन इत्यादि काममा चलाइएको थियो। उत्प १:२; इज ११:५
ख्रीष्टको शरीरका अङ्गहरूलाई जन्माउँछ र अभिषेक गर्छ। यूह ३:५-८; २को १:२१, २२
आज परमेश्वरका जनहरूलाई बल दिन्छ र डोऱ्याउँछ। गला ५:१६, १८
१९. पाप
क. पाप के हो
परमेश्वरको आज्ञा तथा उहाँको त्रुटिरहित स्तरको उल्लङ्घन हो। १यू ३:४; ५:१७
मानिस परमेश्वरको सृष्टि भएकोले उहाँप्रति जवाफदेही छ। रोमी १४:१२; २:१२-१५
मोशाको व्यवस्थाले पापको परिभाषा दियो र मानिसलाई पापको चेतना गरायो। गला ३:१९; रोमी ३:२०
सबै पापी छन्, परमेश्वरको त्रुटिरहित स्तरसम्म पुग्न सकेका छैनन्। रोमी ३:२३; भज ५१:५
ख. आदमको पापले गर्दा किन सबैले दुःख पाए
आदमले गर्दा सबैको जीवन त्रुटिपूर्ण भयो र मृत्यु व्याप्त भयो। रोमी ५:१२, १८
परमेश्वरले दयालु भएर मानवजातिलाई सहनुभयो। भज १०३:८, १०, १४, १७
येशूको बलिदान पापको प्रायश्चित हो। १यू २:२
पापलगायत दियाबलका अरू सबै कामहरू हटाइनेछन्। १यू ३:८
ग. निषेधित फल यौनक्रिया नभई अनाज्ञाकारिता थियो
हव्वाको सृष्टि हुनुभन्दा अघि नै त्यो रूखको फल खान निषेध गरिएको थियो। उत्प २:१७, १८
आदम र हव्वालाई छोराछोरी जन्माउनू भनिएको थियो। उत्प १:२८
छोराछोरी पापको परिणाम होइनन्; परमेश्वरको आशिष् हुन्। भज १२७:३-५
पतिको अनुपस्थितिमा हव्वाले पाप गरिन्, पतिको अधीनमा बसिनन्। उत्प ३:६; १ति २:११-१४
शिर भए पनि आदम परमेश्वरको आज्ञाविपरीत चले। रोमी ५:१२, १९
घ. पवित्र शक्तिविरुद्ध पाप गर्नु भनेको के हो ( मत्ती १२:३२; मर्कू ३:२८, २९)
यो वंशानुगत पाप होइन। रोमी ५:८, १२, १८; १यू ५:१७
पवित्र शक्तिलाई दुःखी तुल्याए तापनि क्षमा पाउन सकिन्छ। एफि ४:३०; याकू ५:१९, २०
जानाजानी पाप गरिरहँदा त्यसले मृत्युतर्फ डोऱ्याउँछ। १यू ३:६-९
परमेश्वरले त्यस्ताहरूको न्याय गर्नुहुन्छ, तिनीहरूबाट आफ्नो पवित्र शक्ति हटाउनुहुन्छ। हिब्रू ६:४-८
हामीले त्यस्ता अपश्चात्तापीहरूका लागि प्रार्थना गर्नु हुँदैन। १यू ५:१६, १७
२०. पितृ उपासना
क. पितृ उपासना व्यर्थ हो
पितृहरू मरिसकेका र अचेत छन्। उप ९:५, १०
सुरुका पुर्खाहरू उपासनाका योग्य छैनन्। रोमी ५:१२, १४; १ति २:१४
यस्तो उपासनालाई परमेश्वर निषेध गर्नुहुन्छ। प्रस्थ ३४:१४; मत्ती ४:१०
ख. मानिसहरूको आदर गर्न सकिन्छ तर उपासना परमेश्वरको मात्र गरिन्छ
युवाहरूले आफूभन्दा पाकाहरूको आदर गर्नुपर्छ। १ति ५:१, २, १७; एफि ६:१-३
तर उपासना परमेश्वरको मात्र गर्नुपर्छ। प्रे १०:२५, २६; प्रका २२:८, ९
२१. पुनर्जीवन
क. मृतकहरूका लागि आशा
चिहानमा हुनेहरू जति सबै ब्यूँताइनेछन्। यूह ५:२८, २९
येशू पुनर्जीवित हुनु यसको ग्यारेन्टी हो। १को १५:२०-२२; प्रे १७:३१
पवित्र शक्तिविरुद्ध पाप गर्नेहरू ब्यूँताइने छैनन्। मत्ती १२:३१, ३२
विश्वासीहरू पुनर्जीवित हुने कुरामा ढुक्क हुनसक्छन्। यूह ११:२५
ख. मानिसहरू स्वर्गमा या पृथ्वीमा पुनर्जीवित हुनेछन्
आदमले गर्दा सबै मर्छन्; येशूद्वारा जीवन पाउँछन्। १को १५:२०-२२; रोमी ५:१९
ब्यूँताइएकाहरूको शरीर फरक-फरक किसिमको हुनेछ। १को १५:४०, ४२, ४४
जो-जो येशूसित हुनेछन्, तिनीहरू उहाँजस्तै हुनेछन्। १को १५:४९; फिलि ३:२०, २१
ज-जसले येशूसित शासन गर्नेछैनन्, तिनीहरू पृथ्वीमा हुनेछन्। प्रका २०:४ख, ५, १३; २१:३, ४
२२. पृथ्वी
क. पृथ्वीको लागि परमेश्वरको उद्देश्य
त्रुटिरहित मानवहरूका लागि पृथ्वीमा प्रमोदवन बनाइएको थियो। उत्प १:२८; २:८-१५
परमेश्वरको उद्देश्य अवश्य पूरा हुन्छ। यशै ५५:११; ४६:१०, ११
पृथ्वी शान्तिप्रिय र त्रुटिरहित मानिसहरूले भरिनेछ। भज ७२:७; यशै ४५:१८; ९:६, ७
परमेश्वरको राज्यले प्रमोदवन पुनर्स्थापित गर्नेछ। मत्ती ६:९, १०; प्रका २१:३-५
ख. कहिल्यै नाश वा निर्जन हुनेछैन
पृथ्वी सधैंभरि रहनेछ। उप १:४; भज १०४:५
नूहको समयमा मानिसजाति नाश भएको थियो, पृथ्वी होइन। २प ३:५-७; उत्प ७:२३
बच्नेहरू हाम्रो समयमा पनि हुनेछन् भन्ने आशा यस उदाहरणले दिन्छ। मत्ती २४:३७-३९
दुष्टहरूलाई नाश गरिनेछ; “ठूलो भीड” बच्नेछ। २थि १:६-९; प्रका ७:९, १४
२३. प्रतिमाहरू
क. उपासनामा प्रतिमा र मूर्तिहरू प्रयोग गर्नु परमेश्वरको अपमान गर्नु हो
परमेश्वरको प्रतिमा बनाउन सम्भव छैन। १यू ४:१२; यशै ४०:१८; ४६:५; प्रे १७:२९
प्रतिमाहरू प्रयोग नगर्न ख्रीष्टियनहरूलाई चेतावनी दिइएको छ। १को १०:१४; १यू ५:२१
परमेश्वरलाई पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम उपासना गर्नुपर्छ। यूह ४:२४
ख. मूर्तिपूजा इस्राएल राष्ट्रको लागि घातक साबित भयो
यहूदीहरूलाई मूर्तिपूजा गर्न निषेध गरिएको थियो। प्रस्थ २०:४, ५
मूर्तिले बोल्न र सुन्नसक्दैन; यसलाई बनाउनेहरू पनि त्यस्तै हुन्छन्। भज ११५:४-८
यो पासो भयो र यसले विनाश निम्त्यायो। भज १०६:३६, ४०-४२; यर्मि २२:८, ९
ग. आफ्नो बाहेक अरूको उपासना परमेश्वरलाई अस्वीकार्य
परमेश्वरले उहाँको साथ-साथै अरू देवताको पनि उपासना गर्ने अनुमति दिनुभएन। यशै ४२:८
“प्रार्थना सुन्नुहुने” त परमेश्वर मात्र हुनुहुन्छ। भज ६५:१, २
२४. प्रार्थना
क. परमेश्वरले सुन्नुहुने प्रार्थना
परमेश्वरले मानिसहरूको प्रार्थना सुन्नुहुन्छ। भज १४५:१८; १प ३:१२
परमेश्वरको स्तरविपरीत चल्नेहरूले आफ्नो बाटो नसच्याएसम्म प्रार्थनाको सुनुवाइ हुनेछैन। यशै १:१५-१७
प्रार्थना येशूकै नाउँमा गर्नुपर्छ। यूह १४:१३, १४; २को १:२०
परमेश्वरको इच्छाअनुरूप प्रार्थना गर्नै पर्छ। १यू ५:१४, १५
विश्वास अत्यावश्यक छ। या १:६-८
ख. व्यर्थमा जपेको प्रार्थना र मरियम वा “सन्तहरूलाई” गरिएको प्रार्थना स्वीकार्य छैन
येशूको नाउँमा परमेश्वरलाई मात्र प्रार्थना गर्नुपर्छ। यूह १४:६, १४; १६:२३, २४
जपिएका प्रार्थनाको सुनुवाइ हुनेछैन। मत्ती ६:७
२५. फिरौती
क. येशूको मानव जीवन “सबैको फिरौतीको” रूपमा दिइयो
येशूले आफ्नो जीवन फिरौतीको रूपमा चढाउनुभयो। मत्ती २०:२८
बगाइएको रगतको मोलले पाप क्षमा गर्छ। हिब्रू ९:१४, २२
एक चोटिको बलिदान सधैंको निम्ति पर्याप्त थियो। रोमी ६:१०; हिब्रू ९:२६
यसबाट स्वतः लाभ प्राप्त हुँदैन; त्यसलाई स्वीकार्नै पर्छ। यूह ३:१६
ख. बराबर मोलको थियो
आदमलाई त्रुटिरहित सृष्टि गरिएको थियो। व्य ३२:४; उप ७:२९; उत्प १:३१
पाप गरेर आफ्नो र छोराछोरीको त्रुटिरहित जीवन गुमायो। रोमी ५:१२, १८
छोराछोरी निस्सहाय भए; आदमको ठ्याक्कै बराबरको व्यक्ति चाहिन्थ्यो। भज ४९:७; व्य १९:२१
येशूको त्रुटिरहित मानव जीवनले फिरौतीको मोल तिर्नसक्थ्यो। १ति २:५, ६; १प १:१८, १९
२६. बप्तिस्मा
क. ख्रीष्टियन आवश्यकता हो
येशूले नमुना बसाल्नुभयो। मत्ती ३:१३-१५; हिब्रू १०:७
आफूलाई इन्कार गर्नु वा समर्पण गर्नुको प्रतीक। मत्ती १६:२४; १प ३:२१
सिकाउन सकिने उमेर पुगेकाहरूका लागि मात्र। मत्ती २८:१९, २०; प्रे २:४१
पानीमा डुबुल्की लगाउनु सही तरिका। प्रे ८:३८, ३९; यूह ३:२३
ख. पापहरू पखाल्दैन
येशूले पापहरू पखाल्न बप्तिस्मा गर्नुभएको थिएन। १प २:२२; ३:१८
येशूको रगतले पापहरू पखाल्छ। १यू १:७
२७. बाइबल
क. परमेश्वरद्वारा प्रेरित वचन
परमेश्वरको पवित्र शक्तिद्वारा मानिसहरू लेख्न उत्प्रेरित भए। २प १:२०, २१
यसमा भविष्यवाणीहरू छन्: दा ८:५, ६, २०-२२; लूका २१:५, ६, २०-२२; यशै ४५:१-४
सम्पूर्ण बाइबल प्रेरित भएको हो र यो उपयोगी छ। २ति ३:१६, १७; रोमी १५:४
ख. हाम्रो समयको लागि व्यावहारिक निर्देशन
बाइबलका सिद्धान्तहरूलाई बेवास्ता गर्नु घातक हुन्छ। रोमी १:२८-३२
मानव बुद्धि यसको विकल्प होइन। १को १:२१, २५; १ति ६:२०
सबैभन्दा बलियो शत्रुविरुद्धको प्रतिरक्षा। एफि ६:११, १२, १७
मानिसलाई सही बाटोमा डोऱ्याउँछ। भज ११९:१०५; २प १:१९; हितो ३:५, ६
ग. सबै मुलुक तथा जातिका मानिसहरूका लागि लेखिएको
बाइबल पूर्वीय भूमिमा लेख्न थालिएको थियो। प्रस्थ १७:१४; २४:१२, १६; ३४:२७
परमेश्वरले युरोपेलीहरूका लागि मात्र दिनुभएको थिएन। रोमी १०:११-१३; गला ३:२८
परमेश्वर सबै खालका मानिसहरूलाई स्वीकार्नुहुन्छ। प्रे १०:३४, ३५; रोमी ५:१८; प्रका ७:९, १०
२८. भाग्य
क. मानिसको भाग्य पूर्वनिर्धारित हुँदैन
परमेश्वरको उद्देश्य पक्कै पूरा हुन्छ। यशै ५५:११; उत्प १:२८
परमेश्वरको सेवा गर्ने छनौट हरेक व्यक्तिसित छ। यूह ३:१६; फिलि २:१२
२९. मरियमको उपासना
क. मरियम “परमेश्वरकी आमा” नभई येशूकी आमा थिइन्
परमेश्वरको सुरुवात छैन। भज ९०:२; १ति १:१७
परमेश्वरका छोरा पृथ्वीमा हुनुहुँदा मरियम उहाँकी आमा थिइन्। लूका १:३५
ख. मरियम “सधैं कुमारी” रहिनन्
तिनले यूसुफसित विवाह गरिन्। मत्ती १:१९, २०, २४, २५
येशूबाहेक तिनका अरू छोराछोरी पनि भए। मत्ती १३:५५, ५६; लूका ८:१९-२१
यिनीहरू त्यतिखेर उहाँको चेला भइसकेका थिएनन्। यूह ७:३, ५
३०. मृत्यु
क. मृत्युको कारण
मानिसको सुरुवात त्रुटिरहित थियो, अनन्त जीवनको आशा थियो। उत्प १:२८, ३१
अनाज्ञाकारी भएकोले मृत्युदण्ड पाए। उत्प २:१६, १७; ३:१७, १९
पाप र मृत्यु आदमका सबै सन्तानमा व्याप्त भएको छ। रोमी ५:१२
ख. मृतकहरूको अवस्था
मृतकहरू अचेत हुन्छन्, तिनीहरूलाई केही थाह हुँदैन। उप ९:५, १०; भज १४६:३, ४
मृतकहरू चिर निद्रामा परेका र पुनर्जीवित हुन पर्खिरहेका छन्। यूह ११:११-१४, २३-२६; प्रे ७:६०
ग. मृतकहरूसित कुरा गर्न असम्भव छ
मृतकहरू अदृश्य व्यक्तिको रूपमा जीवित भएर परमेश्वरसित बसेका छैनन्। भज ११५:१७; यशै ३८:१८
मृतकहरूसित कुरा गर्ने प्रयास नगर्नू भनी चेतावनी दिइएको छ। यशै ८:१९; लेवी १९:३१
मसान जगाउने र भावी बताउनेहरूको निन्दा गरिएको छ। व्य १८:१०-१२; गला ५:१९-२१
३१. यहोवा, परमेश्वर
क. परमेश्वरको नाम
“परमेश्वर” अवैयक्तिक शब्द हो; हाम्रो परमेश्वरको व्यक्तिगत नाम छ। १को ८:५, ६
उहाँको नाम पवित्र पारियोस् भनी हामी प्रार्थना गर्छौं। मत्ती ६:९, १०
परमेश्वरको नाम यहोवा हो। भज ८३:१८; प्रस्थ ६:२, ३; ३:१५; यशै ४२:८; मत्ती ४:१०; प्रका १५:३
उहाँको नाम प्रस्थ ६:३ मा पाइन्छ ( पवित्र बाइबल [ RV] फुटनोट)। भज ८३:१८; यशै १२:२; २६:४
येशूले उहाँको नाम अरूलाई बताउनुभयो। यूह १७:६, २६; ५:४३; १२:१२, १३, २८
ख. परमेश्वरको अस्तित्व
परमेश्वरलाई देखेर जीवित रहन असम्भव छ। प्रस्थ ३३:२०; यूह १:१८; १यू ४:१२
परमेश्वरमाथि विश्वास गर्न उहाँलाई देख्नै पर्छ भन्ने छैन। हिब्रू ११:१; रोमी ८:२४, २५; १०:१७
परमेश्वरलाई उहाँले सृष्टि गर्नुभएका कुराहरूद्वारा चिन्न सकिन्छ। रोमी १:२०; भज १९:१, २
भविष्यवाणीको पूर्तिले परमेश्वरको अस्तित्वको प्रमाण दिन्छ। यशै ४६:८-११
ग. परमेश्वरका गुणहरू
परमेश्वर प्रेम हुनुहुन्छ। १यू ४:८, १६; प्रस्थ ३४:६; २को १३:११; मीका ७:१८
बुद्धिमा सर्वश्रेष्ठ हुनुहुन्छ। अय्यू १२:१३; रोमी ११:३३; १को २:७
न्यायी हुनुहुन्छ, न्याय गर्नुहुन्छ। व्य ३२:४; भज ३७:२८
सर्वशक्तिमान् हुनुहुन्छ, उहाँमा सम्पूर्ण शक्ति निहित छ। अय्यू २७:२३; प्रका ७:१२; ४:११
घ. सबैले एउटै परमेश्वरको सेवा गरिरहेका छैनन्
बाटो असल देखिए तापनि त्यो सधैं सही हुँदैन। हितो १६:२५; मत्ती ७:२१
बाटो दुइटा छन् तर एउटाले मात्र जीवनतर्फ डोऱ्याउँछ। मत्ती ७:१३, १४; व्य ३०:१९
ईश्वरहरू थुप्रै छन् तर साँचो परमेश्वर एकै जना मात्र हुनुहुन्छ। १को ८:५, ६; भज ८२:१
जीवन पाउन साँचो परमेश्वरलाई चिन्नु अत्यावश्यक छ। यूह १७:३; १यू ५:२०
३२. यहोवाका साक्षीहरू
क. यहोवाका साक्षीहरूको सुरुवात
आफ्ना साक्षीहरू को हुन्, यहोवा आफैले परिचय दिनुहुन्छ। यशै ४३:१०-१२; यर्मि १५:१६
विश्वासी साक्षीहरूको सुरु हाबिलदेखि भयो। हिब्रू ११:४, ३९; १२:१
येशू विश्वासी र साँचो साक्षी हुनुहुन्थ्यो। यूह १८:३७; प्रका १:५; ३:१४
३३. येशू
क. येशू परमेश्वरको छोरा अनि नियुक्त राजा हुनुहुन्छ
परमेश्वरको जेठो सन्तान, जसलाई बाँकी सबै थोक सृष्टि गर्न चलाइयो। प्रका ३:१४; कल १:१५-१७
स्त्रीले जन्माएकी एक मानव, स्वर्गदूतहरूभन्दा निम्न बनाइनुभयो। गला ४:४; हिब्रू २:९
परमेश्वरको पवित्र शक्तिबाट जन्मिनुभयो, स्वर्ग जानुहुने थियो। मत्ती ३:१६, १७
मानवपूर्व अस्तित्वमा छँदा जुन ओहदा थियो, त्योभन्दा उच्च पारिनुभयो। फिलि २:९, १०
ख. उद्धार पाउन येशू ख्रीष्टमा विश्वास गर्नु अत्यावश्यक छ
प्रतिज्ञा गरिएको अब्राहामको वंश ख्रीष्ट हुनुहुन्छ। उत्प २२:१८; गला ३:१६
येशू मात्रै प्रधान पूजाहारी तथा फिरौतीको मोल हुनुहुन्छ। १यू २:१, २; हिब्रू ७:२५, २६; मत्ती २०:२८
परमेश्वर र ख्रीष्टलाई चिनेर आज्ञाकारी भएमा मात्र जीवन पाउन सम्भव छ। यूह १७:३; प्रे ४:१२
ग. येशूमा विश्वास गरेर मात्र पुग्दैन
विश्वास सँगसँगै काम पनि गर्नुपर्छ। या २:१७-२६; १:२२-२५
आज्ञा पालन गर्नुपर्छ, उहाँले गर्नुभएका कामहरू गर्नुपर्छ। यूह १४:१२, १५; १यू २:३
प्रभुको नाउँ पुकार्ने जति सबैले परमेश्वरको राज्यमा प्रवेश गर्न पाउनेछैनन्। मत्ती ७:२१-२३
३४. रगत
क. रक्तक्षेपणले रगतको पवित्रतासम्बन्धी आज्ञा उल्लङ्घन गर्छ
रगत पवित्र हुन्छ र जीवन हो भनेर नूहलाई भनिएको थियो। उत्प ९:४, १६
मोशाको व्यवस्थाले रगत खान निषेध गरेको थियो। लेवी १७:१४; ७:२६, २७
यो निषेधाज्ञा ख्रीष्टियनहरूलाई पनि दिइयो। प्रे १५:२८, २९; २१:२५
ख. जीवन बचाउन परमेश्वरको आज्ञा भङ्ग गर्न मिल्दैन
बलिदानभन्दा आज्ञाकारिता असल हो। १श १५:२२; मर्कू १२:३३
परमेश्वरको आज्ञालाई भन्दा आफ्नो जीवनलाई प्राथमिकता दिनु घातक हुन्छ। मर्कू ८:३५, ३६
३५. राज्य
क. परमेश्वरको राज्यले मानवजातिको लागि के गर्नेछ
परमेश्वरको इच्छा पूरा गर्नेछ। मत्ती ६:९, १०; भज ४५:६; प्रका ४:११
राजा र नियम-कानुन भएको सरकार। यशै ९:६, ७; २:३; भज ७२:१, ८
दुष्टता नाश गर्नेछ, पृथ्वीभरि शासन गर्नेछ। दा २:४४; भज ७२:८
१,००० वर्षीय शासनले मानवजातिलाई त्रुटिरहित बनाउनेछ र प्रमोदवन पुनर्स्थापित गर्नेछ। प्रका २१:२-४; २०:६
ख. ख्रीष्टका शत्रुहरू सक्रिय छँदा नै यो राज्य सुरु हुन्छ
पुनर्जीवित भएपछि ख्रीष्टले धेरै समय पर्खनुपऱ्यो। भज ११०:१; हिब्रू १०:१२, १३
अख्तियार पाउनुहुन्छ, सैतानसित युद्ध गर्नुहुन्छ। भज ११०:२; प्रका १२:७-९; लूका १०:१८
तब परमेश्वरको राज्य स्थापित भयो र पृथ्वीमा दुःखकष्ट हुन थाल्यो। प्रका १२:१०, १२
वर्तमान सङ्कष्टले राज्यको पक्षमा अडान लिने समय अहिल्यै हो भनेर बुझाउँछ। प्रका ११:१५-१८
ग. यो न मानिसको “मनमा” हुने कुरा हो, न त मानिसहरूको प्रयासबाटै आउने हो
राज्य स्वर्गमा छ, पृथ्वीमा होइन। २ति ४:१८; १को १५:५०; भज ११:४
यो राज्य “मनमा” होइन; येशू फरिसीहरूसित कुरा गर्दै हुनुहुन्थ्यो। लूका १७:२०, २१
यस संसारको भाग होइन। यूह १८:३६; लूका ४:५-८; दा २:४४
सरकारहरू र संसारका स्तरहरूलाई हटाएर यसले राज्य गर्नेछ। दा २:४४
३६. विरोध, खेदो
क. ख्रीष्टियनहरूमाथि विरोध आइपर्नुको कारण
येशूलाई घृणा गरियो, विरोध आइपर्नेछ भनेर भविष्यवाणी गर्नुभयो। यूह १५:१८-२०; मत्ती १०:२२
सही सिद्धान्तहरू व्यवहारमा उतारेर संसारलाई दोषी ठहराएको हुनाले। १प ४:१, ४, १२, १३
यस युगको ईश्वर सैतानले परमेश्वरको राज्यको विरोध गर्छ। २को ४:४; १प ५:८
ख्रीष्टियनहरू निर्भयी छन्, परमेश्वरले सँभाल्नुहुन्छ। रोमी ८:३८, ३९; या ४:८
ख. पतिको दबाबको कारण पत्नीले परमेश्वरलाई छोड्नु हुँदैन
पहिल्यै चेतावनी दिइएको थियो; पतिलाई अरूले गलत जानकारी दिनसक्छ। मत्ती १०: ३४-३८; प्रे २८:२२
पत्नीले परमेश्वर अनि ख्रीष्टमा भरोसा गर्नै पर्छ। यूह ६:६८; १७:३
पत्नी विश्वासी रहिरहेमा पतिलाई पनि बचाउन सकिन्छ। १को ७:१६; १प ३:१-६
पति शिर हो तर उपासनाको मामिलामा रोकटोक गर्न सक्दैन। १को ११:३; प्रे ५:२९
ग. पत्नीको कुरा सुनेर परमेश्वरको सेवा गर्न छोड्नु हुँदैन
पत्नी र परिवारलाई प्रेम गर्नै पर्छ, तिनीहरूले पनि जीवन पाऊन् भन्ने इच्छा गर्नुपर्छ। १को ७:१६
निर्णय गर्ने र परिवारको पालनपोषण गर्ने जिम्मेवारी छ। १को ११:३; १ति ५:८
सत्यको निम्ति अडान लिने पुरुषलाई परमेश्वर प्रेम गर्नुहुन्छ। या १:१२; ५:१०, ११
पारिवारिक शान्तिको खातिर सम्झौता गर्नेले परमेश्वरको अनुमोदन पाउँदैन। हिब्रू १०:३८
पतिले परिवारलाई आनन्दले भरिपूर्ण नयाँ संसारतर्फ डोऱ्याउनुपर्छ। प्रका २१:३, ४
३७. विश्राम-दिन
क. ख्रीष्टियनहरूले विश्राम-दिन मान्नु पर्दैन
येशूको मृत्युको आधारमा मोशाको व्यवस्था खारेज गरियो। एफि २:१५
ख्रीष्टियनहरूले विश्राम-दिन मान्नु पर्दैन। कल २:१६, १७; रोमी १४:५, १०
विश्राम-दिन र यस्तै अरू चाड मानेकोले हप्काइयो। गला ४:९-११; रोमी १०:२-४
विश्वास र आज्ञाकारिताद्वारा परमेश्वरको विश्राममा प्रवेश गरिन्छ। हिब्रू ४:९-११
ख. प्राचीन इस्राएलले मात्रै विश्राम-दिन मान्नुपर्थ्यो
मिश्रबाट निस्केपछि पहिलो पटक विश्राम-दिन मनाइएको थियो। प्रस्थ १६:२६, २७, २९, ३०
जन्मजात इस्राएलीहरूलाई मात्र यो आज्ञा चिन्हस्वरूप दिइएको थियो। प्रस्थ ३१:१६, १७; भज १४७:१९, २०
मोशाको व्यवस्थाअनुसार विश्राम-वर्ष पनि मान्नुपर्थ्यो। प्रस्थ २३:१०, ११; लेवी २५:३, ४
ख्रीष्टियनहरूले विश्राम-दिन मान्नु आवश्यक छैन। रोमी १४:५, १०; गला ४:९-११
ग. परमेश्वरको विश्राम-दिन ( सृष्टिको “हप्ता”-को ७ औं दिन)
पृथ्वीमा सृष्टिको काम पूरा भएपछि सुरु भयो। उत्प २:२, ३; हिब्रू ४:३-५
येशू पृथ्वीबाट गइसक्नुभएपछि पनि चलिरहेको थियो। हिब्रू ४:६-८; भज ९५:७-९, ११
ख्रीष्टियनहरू निजी स्वार्थ पूरा गर्ने कामहरूबाट विश्राम लिन्छन्। हिब्रू ४:९, १०
परमेश्वरको राज्यले पृथ्वीमा आफ्नो काम पूरा गरेपछि अन्त हुन्छ। १को १५:२४, २८
३८. वैवाहिक जीवन
क. वैवाहिक बन्धन आदरणीय हुनै पर्छ
ख्रीष्ट र दुलहीसित तुलना गरिएको छ। एफि ५:२२, २३
वैवाहिक सम्बन्ध बिटुलिनु हुँदैन। हिब्रू १३:४
दम्पतीलाई नछुट्टिने सल्लाह दिइएको छ। १को ७:१०-१६
सम्बन्धविच्छेद गर्ने एउटै मात्र धर्मशास्त्रीय आधार पोर्निया हो। मत्ती १९:९
ख. ख्रीष्टियनहरूले शिरत्वको सिद्धान्तको आदर गर्नै पर्छ
शिरको हैसियतले पतिले परिवारलाई प्रेम र हेरचाह गर्नै पर्छ। एफि ५:२३-३१
पत्नी पतिको अधीनमा बस्छिन्, प्रेम र आज्ञा पालन गर्छिन्। १प ३:१-७; एफि ५:२२
छोराछोरी आज्ञाकारी हुनै पर्छ। एफि ६:१-३; कल ३:२०
ग. छोराछोरीप्रति ख्रीष्टियन आमाबाबुको जिम्मेवारी
माया देखाउनै पर्छ, समय बिताउनै पर्छ, ध्यान दिनै पर्छ। ती २:४
तिनीहरूलाई चिढ्याउनु हुँदैन। कल ३:२१
अरू कुराको प्रबन्ध गर्नुका साथै परमेश्वरको कुरा सिकाउनुपर्छ। २को १२:१४; १ति ५:८
तिनीहरूलाई जीवनभर उपयोगी हुने प्रशिक्षण दिनुपर्छ। एफि ६:४; हितो २२:६, १५; २३:१३, १४
घ. ख्रीष्टियनहरूले ख्रीष्टियनहरूसित मात्रै विवाह गर्नुपर्छ
“प्रभुको चेलासित मात्र” विवाह गर्नुपर्छ। १को ७:३९; व्य ७:३, ४; नहे १३:२६
ङ. बहुविवाह धर्मशास्त्र विपरीत हो
सुरुमा पुरुषलाई एउटै मात्र पत्नी दिइएको थियो। उत्प २:१८, २२-२५
येशूले ख्रीष्टियनहरूका निम्ति यो स्तर दोहऱ्याउनुभयो। मत्ती १९:३-९
प्रारम्भिक ख्रीष्टियनहरू बहुविवाह गर्दैनथे। १को ७:२, १२-१६; एफि ५:२८-३१
३९. साक्षीकार्य
क. सबै ख्रीष्टियनहरूले साक्षी दिनै पर्छ, सुसमाचार सुनाउनै पर्छ
उहाँको अनुमोदन पाउन मानिसहरूसामु येशूलाई स्वीकार्नै पर्छ। मत्ती १०:३२
वचन पालन गर्नै पर्छ, कामद्वारा विश्वास प्रदर्शन गर्नै पर्छ। या १:२२-२४; २:२४
नयाँ व्यक्तिहरू पनि शिक्षक हुनुपर्छ। मत्ती २८:१९, २०
जनसमक्ष घोषणा गरेमा उद्धार पाइन्छ। रोमी १०:१०
ख. बारम्बार भेटिरहनुपर्छ, निरन्तर साक्षी दिइरहनुपर्छ
अन्त आउँदैछ भनेर चेतावनी दिनै पर्छ। मत्ती २४:१४
यरूशलेमको विनाशबारे यर्मियाले वर्षौंसम्म घोषणा गरे। यर्मि २५:३
प्रारम्भिक ख्रीष्टियनहरूजस्तै साक्षीकार्यमा लागिरहनुपर्छ। प्रे ४:१८-२०; ५:२८, २९
ग. रक्तदोषबाट मुक्त हुन साक्षी दिनै पर्छ
आउनै लागेको अन्तबारे चेतावनी दिनै पर्छ। इज ३३:७; मत्ती २४:१४
चेतावनी नदिएमा रक्तदोषी भइन्छ। इज ३३:८, ९; ३:१८, १९
पावल रक्तदोषबाट मुक्त भए; सत्यबारे सबै बताए। प्रे २०:२६, २७; १को ९:१६
साक्षी दिने र सुन्ने दुवैको उद्धार हुन्छ। १ति ४:१६; १को ९:२२
४०. सेवक (मिनिस्टर)
क. सबै ख्रीष्टियनहरू सेवक हुनै पर्छ
येशू परमेश्वरको सेवक हुनुहुन्थ्यो। रोमी १५:८, ९; मत्ती २०:२८
ख्रीष्टियनहरू उहाँको अनुकरण गर्छन्। १प २:२१; १को ११:१
सेवाको काम पूरा गर्न प्रचार गर्नै पर्छ। २ति ४:२, ५; १को ९:१६
ख. सेवाको काम गर्न चाहिने योग्यताहरू
परमेश्वरको पवित्र शक्ति र उहाँको वचनको ज्ञान। २ति २:१५; यशै ६१:१-३
प्रचारकार्यमा ख्रीष्टले बसाल्नुभएको नमुना पछ्याएको हुनुपर्छ। १प २:२१; २ति ४:२, ५
परमेश्वरले पवित्र शक्ति र संगठनमार्फत तालिम दिनुहुन्छ। यूह १४:२६; २को ३:१-३
४१. सृष्टि
क. प्रमाणित विज्ञानसित मेल खान्छ; क्रमविकाससित होइन
सृष्टिको क्रमसित विज्ञान सहमत छ। उत्प १:११, १२, २१, २४, २५
“आफ्ना आफ्नै किसिमका” भन्ने परमेश्वरको नियम सत्य छ। उत्प १:११, १२; या ३:१२
ख. सृष्टिका दिनहरू २४ घण्टे दिनहरू थिएनन्
“दिन”-ले समयावधिलाई मात्र पनि बुझाउनसक्छ। उत्प २:४
परमेश्वरको एक दिन निकै लामो समयावधि हुनसक्छ। भज ९०:४; २प ३:८
४२. स्मरणार्थ उत्सव, मास
क. प्रभुको साँझको भोजको स्मरणार्थ उत्सव
वर्षको एक चोटि निस्तार चाडको दिनमा मनाइन्छ। लूका २२:१, १७-२०; प्रस्थ १२:१४
ख्रीष्टको बलिदानरूपी मृत्युको स्मरणार्थ उत्सव हो। १को ११:२६; मत्ती २६:२८
स्वर्ग जाने आशा भएकाहरूले मात्र खान्छन्। लूका २२:२९, ३०; १२:३२, ३७
आफूसित त्यस्तो आशा छ भनेर कुनै व्यक्तिले कसरी थाह पाउँछ। रोमी ८:१५-१७
ख. मास मनाउनु धर्मशास्त्र विपरीत हो
पापको क्षमा पाउन रगत बगाउनु आवश्यक छ। हिब्रू ९:२२
नयाँ करारको एक मात्र मध्यस्थकर्ता ख्रीष्ट हुनुहुन्छ। १ति २:५, ६; यूह १४:६
ख्रीष्ट स्वर्गमा हुनुहुन्छ; पादरीले उहाँलाई तल ल्याउन सक्दैन। प्रे ३:२०, २१
ख्रीष्टले फेरि बलिदान दिनु आवश्यक छैन। हिब्रू ९:२४-२६; १०:११-१४
४३. स्वर्ग
क. १,४४,००० मात्र स्वर्ग जान्छन्
सीमित संख्या; ख्रीष्टसित राजा हुनेथिए। प्रका ५:९, १०; २०:४
स्वर्ग जानेहरूमध्ये येशू पहिलो हुनुहुन्थ्यो; उहाँपछि अरू चुनिए। कल १:१८; १प २:२१
अरू थुप्रै पृथ्वीमै बस्नेछन्। भज ७२:८; प्रका २१:३, ४
अरूले नपाएको विशेष ओहदा १,४४,००० ले पाएका छन्। प्रका १४:१, ३; ७:४, ९