प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • सृष्टिकर्ता को हुनुहुन्छ?
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
    • भाग २

      सृष्टिकर्ता को हुनुहुन्छ?

      यहोवा परमेश्‍वर स्वर्गको सिंहासनबाट स्वर्ग र पृथ्वीको आफ्नो सृष्टिलाई हेर्नुहुन्छ

      सृष्टिकर्ता एक जना मात्र हुनुहुन्छ। उहाँको नाम यहोवा हो। (भजन ८३:१८) उहाँ स्वर्गमा बस्नुहुन्छ; हामी उहाँलाई देख्न सक्दैनौँ। उहाँ हामीलाई माया गर्नुहुन्छ र हामीले पनि उहाँलाई माया गरेको चाहनुहुन्छ। उहाँ हामीले अरूलाई पनि माया गरेको चाहनुहुन्छ। (मत्ति २२:३५-४०) उहाँले सब थोक बनाउनुभयो, उहाँ सर्वोच्च हुनुहुन्छ।

      यहोवा परमेश्‍वरको सबैभन्दा पहिलो सृष्टि एक जना शक्‍तिशाली स्वर्गदूत हुनुहुन्थ्यो। उहाँ नै पछि येसु ख्रिष्टको रूपमा चिनिनुभयो। यहोवा परमेश्‍वरले अरू स्वर्गदूत पनि बनाउनुभयो।

      पृथ्वीमा भएका सबै थोक बनाउनुभयो। प्रकाश ४:११

      यहोवा परमेश्‍वरले स्वर्गमा भएका सबै थोक अनि . . . यहोवा परमेश्‍वरले ताराहरू, पृथ्वी अनि पृथ्वीमा भएका सबै थोक बनाउनुभयो।​—⁠उत्पत्ति १:१.

      उहाँले पहिलो मानिस आदमलाई माटोबाट बनाउनुभयो।—उत्पत्ति २:७.

      • हामीले यहोवा परमेश्‍वरलाई किन आदर गर्नुपर्छ?—यसैया ४२:५.

      • यहोवा परमेश्‍वरका केही गुण के हुन्‌?—प्रस्थान ३४:६.

  • अदनको बगैँचामा जीवन कस्तो थियो?
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
    • भाग ३

      अदनको बगैँचामा जीवन कस्तो थियो?

      यहोवा परमेश्‍वरले आदम र हव्वालाई थुप्रै असल कुरा दिनुभयो। उत्पत्ति १:२८

      यहोवा परमेश्‍वरले हव्वा बनाएर तिनलाई आदमकी पत्नीको रूपमा दिनुहुन्छ

      यहोवा परमेश्‍वरले पहिलो स्त्री हव्वा बनाउनुभयो र आदमलाई पत्नीको रूपमा हव्वा दिनुभयो।—उत्पत्ति २:२१,२२.

      यहोवा परमेश्‍वरले उनीहरूलाई बनाउनुहुँदा त्रुटिरहित मन र शरीर दिनुभएको थियो।

      आदम र हव्वा अदनको बगैँचा नियाल्दै

      अदनको बगैँचा उनीहरूको घर थियो। यो बगैँचा नदीहरू, फलफूलका रूखहरू र पशुपक्षीले गर्दा निकै सुन्दर थियो।

      यहोवा परमेश्‍वर उनीहरूसित कुरा गर्नुहुन्थ्यो र उनीहरूलाई सिकाउनुहुन्थ्यो। उहाँको कुरा सुनेका भए उनीहरू पृथ्वीमा भएको प्रमोदवनमा (सुन्दर बगैँचा) सधैँभरि बाँच्न सक्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने