-
नोभेम्बर ९ को हप्ताको तालिकाराज्य सेवकाई—२००९ | नोभेम्बर
-
-
नोभेम्बर ९ को हप्ताको तालिका
नोभेम्बर ९ मा सुरु हुने हप्ता
गीत १३ (१२४)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: व्यवस्था १९-२२
न. १: व्यवस्था २२:१-१९
न. २: (my-NP कथा ४०)
न. ३: येशू कहाँबाट आउनुभयो? (bh-NP पृ. ४१ अनु. १०-पृ. ४२ अनु. १४)
□ सेवा सभा:
गीत ९ (३७)
५ मि: घोषणाहरू।
१० मि: प्रकाशन वितरणमा हाम्रो भूमिका। हाम्रो राज्य सेवकाई, मे २००७, पृष्ठ ६, अनुच्छेद २-४ (अर्गनाइज्ड पुस्तक, पृष्ठ १३३, अनुच्छेद १-३) सम्ममा आधारित श्रोतासित छलफल। प्रकाशनहरूको सदुपयोग गर्नु प्रत्येक प्रकाशकको जिम्मेवारी हो भनी जोड दिनुहोस्।
२० मि: “चासो देखाएकाहरूलाई फेरि भेट्ने—तर कहिले?” प्रश्न-उत्तर छलफल। एक जना प्रकाशकाले बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर पुनःभेट गरेको प्रदर्शन देखाउनुहोस्।
गीत २३ (२००)
-
-
चासो देखाएकाहरूलाई फेरि भेट्ने —तर कहिले?राज्य सेवकाई—२००९ | नोभेम्बर
-
-
चासो देखाएकाहरूलाई फेरि भेट्ने —तर कहिले?
१. चेला बनाउनुमा के समावेश छ?
१ चेला बनाउनुमा यहोवाको राज्य प्रबन्धबारे सिक्न इच्छुकता देखाउने जोसुकैलाई फेरि भेट्नु समावेश छ। (मत्ती २८:१९, २०) पुन:भेट गर्ने सबैभन्दा उपयुक्त समय अक्सर हाम्रो आफ्नो तालिका र जिज्ञासु व्यक्तिको तालिकामा भर पर्छ। पहिलो भेट गरेपछि किन फेरि चाँडै भेट्नुपर्छ?
२, ३. हामीले किन चाँडोभन्दा चाँडो भेट्न प्रयास गर्नुपर्छ?
२ किन चाँडै भेट्नुपर्छ? “राज्यको यो सुसमाचार” प्रचार गर्ने काम चाँडै अन्त हुनेछ र यस युगको अन्त्य पनि नजिकै आइपुगेको छ। (मत्ती २४:१४; १ पत्रु. ४:७) त्यसकारण चासो देखाउनेहरूका निम्ति “उद्धारको दिन” हुँदाखेरि नै ‘समय र बेसमयमा वचन प्रचार गर्न’ दिइएको सल्लाह हामीले पालन गर्नैपर्छ। यसमा सुरुको भेटमा देखाइएको चासो अझै बढाउनको लागि चाँडोभन्दा चाँडो फेरि भेट्नु समावेश छ।—२ कोरि. ६:१, २; २ तिमो. ४:२.
३ हामीले चासो देखाउने व्यक्तिको हृदयमा छरेको राज्य बीउ टिपेर लैजान शैतान तत्पर छ। (मर्कू. ४:१४, १५) चासो देखाएकाहरूलाई अक्सर परिवारका सदस्य, सहकर्मी र अरूहरूले गिल्ला गर्छन्। चासो देखाउनेहरूलाई चाँडै भेट्दा अरूले उनीहरूको चासो निभाइदिनुभन्दा अघि नै हामीले सुरुमा गरेको छलफललाई अघि बढाउन मदत पाउँछौं।
४. पहिलो भेटमै हामी कसरी पुन:भेटको लागि आधार तयार पार्न सक्छौं?
४ भेट्ने समय तोक्नुहोस्: पहिलो भेट गरेर फर्कनुअघि नै फेरि भेट्ने निश्चित प्रबन्ध मिलाउनु बेस हो। अर्कोचोटि जवाफ दिने गरी एउटा प्रश्न उठाएर आउनुहोस्। यससम्बन्धमा राम्रो रेकर्ड राख्नु नितान्त आवश्यक छ। यदि तपाईंको तालिकाले दिन्छ भने त्यसको भोलिपल्ट वा केही दिनभित्रै भेट्नको लागि सोध्न सक्नुहुन्छ। यदि पहिलो भेट सप्ताहन्तमा गरिएको छ र इच्छुक व्यक्ति हप्ताभरि काम गर्छन् भने सायद अर्को सप्ताहन्तमा फेरि भेट्न ती व्यक्ति राजी हुनेछन्। जब तपाईं भेट्नको लागि समय तोक्नुहुन्छ, आफ्नो वचनमा पक्का हुन नबिर्सनुहोस्।—मत्ती ५:३७.
५. ढिलासुस्ती नगरी भेट्दा चेला बनाउने येशूको आज्ञा पूरा गर्न कसरी मदत पाउनेछौं?
५ चासो देखाउनेहरूलाई चाँडोभन्दा चाँडो भेट्नुपर्ने असल कारणहरू हामीसित छन्। त्यसकारण समय तोक्नुहोस् र चाँडै भेट्नुहोस् किनभने “समय अल्प भएको छ।” (१ कोरि. ७:२९) राज्य सन्देशप्रति चासो देखाउनेहरूलाई जत्ति चाँडो भेट्छौं हाम्रो प्रयास त्यत्तिनै फलदायी हुन सक्छ।
-