प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तिनीहरूलाई स्वागत गर्नुहोस्‌!
    राज्य सेवा—२०१३ | मार्च
    • प्रश्‍नको जवाफ दिनुहोस्‌। अर्को मण्डलीको लागि राज्यभवन तुरुन्तै खाली गरिदिनुपर्छ भने तपाईं यसो भन्‍न सक्नुहुन्छ: “आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो भनेर भेटेरै कुरा गर्न मिल्छ कि? तपाईंलाई कसरी सम्पर्क गर्न सकिन्छ?” तिनलाई अर्को चोटि भेट्‌ने प्रबन्ध मिलाउनुहोस्‌। विशेषगरि एल्डरहरू त्यस सभामा उपस्थित निष्क्रिय प्रकाशकहरूलाई प्रोत्साहन दिन सचेत हुनुपर्छ।

      ३. स्मरणार्थमा नयाँ मानिसलाई स्वागत गर्न हामी अग्रसर हुनु किन महत्त्वपूर्ण छ?

      ३ प्रायः नयाँ मानिसहरूले यहोवाका जनहरूबीच छाएको आनन्द, शान्ति र भाइचारा यस उत्सवमा पहिलो चोटि देखिरहेका हुन्छन्‌। (भज. २९:११; यशै. ११:६-९; ६५:१३, १४) स्मरणार्थ उत्सवमा उपस्थित भएका नयाँ मानिसहरूले के कुरा सम्झने छन्‌? त्यो कुरा हामीले तिनीहरूलाई कसरी स्वागत गर्छौं धेरै हदसम्म त्यसैमा भर पर्छ।

  • आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌? पुस्तिका चलाउने तरिका
    राज्य सेवा—२०१३ | मार्च
    • आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌? पुस्तिका चलाउने तरिका

      बाइबल विद्यार्थीलाई हाम्रो सङ्‌गठनतर्फ डोऱ्‍याउन तयार पारिएको नयाँ पुस्तिका

      १. यहोवाको इच्छा पुस्तिकाको तीनवटा उद्देश्‍य के-के हुन्‌?

      १ के तपाईंले आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌? पुस्तिका चलाउन थालिसक्नुभयो? यस पुस्तिकाले (१) हामी कस्ता मानिसहरू हौं, (२) हाम्रो गतिविधि कस्तो छ र (३) हाम्रो सङ्‌गठनले कसरी काम गरिरहेको छ भनेर बुझ्न बाइबल विद्यार्थीहरूलाई मदत दिन्छ। यहोवाको इच्छा पुस्तिकाका पाठहरू एक पानाको मात्र भएकोले प्रत्येक अध्ययनपछि पाँचदेखि दस मिनेटभित्रमा छलफल गर्न सकिन्छ।

      २. यो पुस्तिकाको संरचना र विशेषताबारे बताउनुहोस्‌।

      २ यसको संरचना कस्तो छ: यस पुस्तिकालाई तीन भागमा विभाजित गरिएको छ। प्रत्येक भागमा माथि बताइएझैं यहोवाको सङ्‌गठनको विभिन्‍न पक्षबारे चर्चा गरिएको छ। यस पुस्तिकामा २८ वटा पाठहरू छन्‌। प्रत्येक पाठको शीर्षक प्रश्‍नको रूपमा छ र गाढा अक्षरमा लेखिएका उपशीर्षकहरूले त्यसको जवाफ दिन्छ। संसारका ५० भन्दा धेरै देशमा खिचिएको फोटो क्याप्सनसहित यस पुस्तिकामा छ। यसले हाम्रो गतिविधि अन्तरराष्ट्रिय रूपमा सञ्चालन भइरहेको कुरा देखाउँछ। थुप्रै पाठहरूमा “अरू कुरा पनि जान्‍नुहोस्‌” भन्‍ने पेटी छ। पेटीहरूमा विद्यार्थीले गर्न सक्ने थप बुँदाहरू

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने