प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हाम्रा लेखहरू लेख्ने र अनुवाद गर्ने काम कसरी हुन्छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    • पाठ २३

      हाम्रा लेखहरू लेख्ने र अनुवाद गर्ने काम कसरी हुन्छ?

      एक जना भाइ लेखन विभागमा काम गर्दै, अमेरिका

      लेखन विभाग, अमेरिका

      दक्षिण कोरियामा भएका अनुवादकहरूको एउटा समूह

      दक्षिण कोरिया

      यहोवाका साक्षीहरूले अनुवाद गरेको किताब देखाउँदै आर्मेनियाका एक जना मानिस

      आर्मेनिया

      यहोवाका साक्षीहरूले अनुवाद गरेको किताब देखाउँदै बुरूण्डीकी एक युवती

      बुरूण्डी

      यहोवाका साक्षीहरूले अनुवाद गरेको पत्रिका देखाउँदै श्रीलंकाकी एक महिला

      श्रीलंका

      “हरेक राष्ट्र, कुल, भाषा र जाति”-का मानिसहरूलाई “सुसमाचार” सुनाउन हामी ९०० भन्दा धेरै भाषामा पत्र-पत्रिका तथा पुस्तक-पुस्तिकाहरू तयार गर्छौँ। (प्रकाश १४:६) हुनत यो सजिलो काम होइन तर हामीले कसरी गर्न सकिरहेका छौँ? यस काममा संसारका विभिन्‍न ठाउँमा रहेका लेखक र लगनशील अनुवादकहरूको समूहले मदत गर्छ। यी लेखक तथा अनुवादकहरू सबै यहोवाका साक्षी हुन्‌।

      हाम्रा लेखहरू सुरुमा अङ्‌ग्रेजीमा लेखिन्छ। यहोवाका साक्षीहरूको मुख्य कार्यालयमा लेखन विभाग छ। यसलाई परिचालक निकायले सुपरिवेक्षण गर्छ। लेखन विभागले मुख्य कार्यालय र केही शाखा कार्यालयमा रहेका लेखकहरूको कामको संयोजन गर्छ। हाम्रा लेखहरू तयार पार्ने काममा विभिन्‍न ठाउँ र पृष्ठभूमिका लेखकहरू संलग्न हुने हुँदा हाम्रा पत्र-पत्रिका तथा पुस्तक-पुस्तिका विभिन्‍न देशका मानिसहरूले पढ्‌न रुचाउँछन्‌।

      अङ्‌ग्रेजीमा तयार भएका लेखहरू अनुवादकहरूकहाँ पठाइन्छ। अङ्‌ग्रेजीमा लेखिएका लेखहरू संशोधन गरेर स्वीकृति पाएपछि यसलाई कम्प्युटरबाट संसारभरि रहेका अनुवाद टोलीहरूकहाँ पठाइन्छ। विभिन्‍न ठाउँमा रहेका अनुवाद टोलीले ती लेखहरूलाई आ-आफ्नो भाषामा अनुवाद गर्ने, अङ्‌ग्रेजीसित दाँज्ने र वर्णविन्यास तथा हिज्जे मिलाउने काम गर्छन्‌। तिनीहरू अङ्‌ग्रेजीले भन्‍न खोजेको कुरालाई आफ्नो भाषामा स्पष्टसँग बुझाउने “ठीक-ठीक शब्द” छनौट गर्न निकै प्रयास गर्छन्‌।—उपदेशक १२:१०.

      कम्प्युटर प्रविधिले गर्दा लेखन र अनुवादको काम छिटो हुन्छ। लेखक र अनुवादकको काम कम्प्युटरले गर्न सक्दैन। तर कम्प्युटरमा उपलब्ध शब्दकोश तथा विभिन्‍न प्रोग्रामले गर्दा लेखक र अनुवादकको काम छिटो भने हुन्छ। यहोवाका साक्षीहरूले एउटा कम्प्युटर प्रोग्रामa बनाएका छन्‌, जसले गर्दा सयौँ भाषामा अनुवाद गर्न, त्यसलाई चित्रहरूसँगै मिलाएर राख्न र छाप्नको लागि तयार पार्न सम्भव भएको छ।

      कुनै-कुनै भाषा एकदम थोरै मानिसले मात्र बोल्ने गर्छन्‌। तर त्यस्ता भाषाहरूमा पनि हाम्रा लेखहरू अनुवाद गरेर छाप्न हामी किन यत्तिको प्रयास गर्छौँ? किनकि यहोवा परमेश्‍वर “सबै किसिमका मानिसले उद्धार पाऊन्‌ र सत्यको सही ज्ञान लिऊन्‌ भन्‍ने चाहनुहुन्छ।”—१ तिमोथी २:३, ४.

      • हाम्रा प्रकाशनहरूको लेखहरू लेख्ने काममा के-के कुरा मुछिएको छ?

      • हाम्रा लेखहरू किन थुप्रै भाषामा अनुवाद गरिन्छन्‌?

      a Multilanguage Electronic Publishing System (MEPS)

  • हाम्रो विश्‍वव्यापी कार्यको लागि कसरी खर्च जुटाइन्छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    • पाठ २४

      हाम्रो विश्‍वव्यापी कार्यको लागि कसरी खर्च जुटाइन्छ?

      स्वैच्छिक अनुदान दिँदै
      यहोवाका साक्षीहरू प्रचारकार्यमा

      नेपाल

      टोगोका राज्यभवन निर्माण स्वयम्‌सेवकहरू

      टोगो

      स्वयम्‌सेवकहरू बेलायतको शाखा कार्यालयमा काम गर्दै

      बेलायत

      हाम्रो सङ्‌गठनले हरेक वर्ष लाखौँ बाइबल, पत्र-पत्रिका तथा पुस्तक-पुस्तिका छाप्छ र निश्‍शुल्क वितरण गर्छ। साथै हामी राज्यभवन अनि शाखा कार्यालयहरूको निर्माण र त्यसको स्याहारसम्भार गर्छौँ। हामी हजारौँ बेथेल सेवक र मिसनरीहरूको आवश्‍यकता पूरा गर्छौँ। साथै प्राकृतिक प्रकोप आइपर्दा राहत सामग्री उपलब्ध गराउँछौँ। यी सबै सुन्दा तपाईँलाई यस्तो लाग्ला, ‘यी सबै कुराको लागि खर्च कसरी जुटाइन्छ?’

      हामी कुनै भेटी, दशांश वा चन्दा सङ्‌कलन गर्दैनौँ। हाम्रो प्रचारकार्यको लागि धेरै खर्च लाग्छ, तैपनि हामी कसैसित पैसा माग्दैनौँ। यही कुरा लगभग एक सय वर्षअघि छापिएको प्रहरीधरहरा (अङ्‌ग्रेजी) पत्रिकाको दोस्रो अङ्‌कमा बताइएको थियो। त्यस पत्रिकामा यहोवाले हाम्रो कामलाई साथ दिइरहनुभएको छ भन्‍ने विश्‍वस्तता व्यक्‍त गर्नुका साथै “सहयोगको लागि मानिसहरूसित कहिल्यै माग्ने वा हात फैलाउने छैनौँ” भनेर पनि बताइएको थियो। हुन पनि हामीले कहिल्यै त्यसो गरेका छैनौँ।—मत्ति १०:८.

      हाम्रो गतिविधि स्वैच्छिक अनुदानद्वारा सञ्चालन हुन्छ। हामीले गरिरहेको बाइबलआधारित शैक्षिक कार्यक्रमको थुप्रै मानिसले कदर गर्छन्‌ र यसको लागि अनुदान दिन्छन्‌। सारा पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा गर्न यहोवाका साक्षीहरू राजीखुसीले आफ्नो समय, शक्‍ति, पैसा र अन्य स्रोत-साधन खर्च गर्छन्‌। (१ इतिहास २९:९) हाम्रा राज्यभवन, सम्मेलन र अधिवेशनहरूमा अनुदान बाकस राखिएका हुन्छन्‌ र अनुदान दिन चाहनेहरूले त्यसमा खसाल्न सक्छन्‌। हाम्रो वेबसाइट jw.org मार्फत पनि अनुदान दिन सकिन्छ। हामीलाई प्राप्त हुने अनुदानमध्ये प्रायजसो अनुदान थोरै आयस्रोत भएकाहरूले नै खसालेका हुन्‌। येसुले पनि मन्दिरको दानपात्रमा दुई साना सिक्का खसाल्ने एक जना गरिब विधवाको निकै प्रशंसा गर्नुभयो। (लुका २१:१-४) त्यसकारण जोसुकैले पनि “आफ्नो मनमा निर्णय गरेबमोजिम” अनुदान दिन ‘केही छुट्ट्याएर राख्ने’ बानी बसाल्न सक्छन्‌।—२ कोरिन्थी ९:७; १ कोरिन्थी १६:२.

      यहोवाको इच्छा पूरा गर्न उहाँको राज्यसम्बन्धी गतिविधिलाई विस्तार गर्नु आवश्‍यक छ। त्यसैले “आफूसित भएका अनमोल कुराहरू यहोवालाई दिएर उहाँको आदर” गर्न चाहनेहरूलाई उहाँले त्यसो गरिरहने मन दिनुहुनेछ भनेर हामी विश्‍वस्त छौँ।—हितोपदेश ३:९.

      • हाम्रो सङ्‌गठन अरू धार्मिक सङ्‌गठनहरूभन्दा कसरी भिन्‍न छ?

      • स्वैच्छिक अनुदानहरू केको लागि प्रयोग गरिन्छ?

  • हामी किन र कसरी राज्यभवन निर्माण गर्छौँ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
    • पाठ २५

      हामी किन र कसरी राज्यभवन निर्माण गर्छौँ?

      बोलिभियामा राज्यभवन निर्माण स्वयम्‌सेवकहरू

      बोलिभिया

      पुनर्निर्माण गर्नुअघि नाइजेरियाको एउटा राज्यभवन
      पुनर्निर्माण गरेपछि नाइजेरियाको एउटा राज्यभवन

      नाइजेरिया, पहिले र अहिले

      ताहिटीको राज्यभवन निर्माणस्थल

      ताहिटी

      राज्यभवन भन्‍ने नामअनुसारै यस भवनमा मुख्यतया परमेश्‍वरको राज्यबारे छलफल गरिन्छ। येसुको प्रचारकार्यको मुख्य विषय पनि त्यही राज्य थियो।—लुका ८:१.

      राज्यभवन टोल-छिमेकमा साँचो उपासनाको केन्द्र हो। यहोवाका साक्षीहरूले राज्यभवनबाट आ-आफ्नो इलाकामा प्रचार गर्ने प्रबन्ध मिलाउँछन्‌। (मत्ति २४:१४) राज्यभवनहरू साधारण किसिमका हुन्छन्‌ तर तिनीहरूको साइज र डिजाइन भने फरक-फरक हुन्छ। थुप्रै राज्यभवनलाई एउटाभन्दा धेरै मण्डलीले प्रयोग गर्छ। प्रकाशक र मण्डलीको सङ्‌ख्यामा भएको वृद्धिले गर्दा हालैका वर्षहरूमा हामीले हजारौँ राज्यभवन (औसतमा एक दिनमा पाँच वटाको दरले) निर्माण र मर्मतसम्भार गरेका छौँ। यति धेरै राज्यभवन निर्माण गर्न कसरी सम्भव भएको छ?—मत्ति १९:२६.

      मानिसहरूले स्वैच्छिक रूपमा दिएको अनुदानबाट राज्यभवन निर्माण गरिन्छ। यो अनुदान शाखा कार्यालयमा पठाइन्छ। यो रकम नयाँ राज्यभवन निर्माण गर्नुपर्दा वा पुरानो राज्यभवनको डिजाइन हेरफेर गर्नुपर्दा मण्डलीहरूलाई दिइन्छ।

      राज्यभवन निर्माणकार्यमा विभिन्‍न अवस्था र पृष्ठभूमिका स्वयम्‌सेवकहरूले भाग लिन्छन्‌। थुप्रै मुलुकमा राज्यभवन निर्माण समूह गठन गरिएका छन्‌। निर्माण सेवक र निर्माण स्वयम्‌सेवक मिलेर बनेको टोलीले देशभित्र (दुर्गम ठाउँलगायत) विभिन्‍न ठाउँमा गएर स्थानीय मण्डलीहरूलाई राज्यभवन निर्माण गर्न मदत गर्छ। कुनै-कुनै मुलुकमा भने निश्‍चित इलाकामा राज्यभवन निर्माण वा मर्मतसम्भार गर्ने कामको सुपरिवेक्षण गर्न निपुण साक्षीहरू नियुक्‍त गरिएका छन्‌। थुप्रै निपुण कालिगडहरूले कुनै शुल्क नलिई आ-आफ्नो सीप प्रयोग गरेर योगदान पुऱ्‍याउँछन्‌। तर हरेक निर्माणस्थलमा काम गर्ने स्वयम्‌सेवकहरूमध्ये अधिकांश व्यक्‍तिहरू स्थानीय मण्डलीकै हुन्छन्‌। यहोवाको पवित्र शक्‍तिको मदतले र उहाँका सेवकहरूको तनमनको प्रयासले यो सब सम्भव भएको छ।—भजन १२७:१; कलस्सी ३:२३.

      • उपासना गर्नको लागि हामी भेला हुने ठाउँलाई किन राज्यभवन भनिन्छ?

      • संसारभरि विभिन्‍न ठाउँमा राज्यभवन निर्माण गर्न कसरी सम्भव भएको छ?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने