गीत २३
यहोवा हाम्रा बल
१. अनुग्रही याह, हाम्रा बल हौ;
उद्धारक हाम्रा, तिमीमा रम्छौं।
तिम्रो सन्देश बोक्ने साक्षी हामी;
मानिसले सुने या नसुने नि।
(कोरस)
यहोवा हाम्रा चट्टान र बल हौ,
दिनरात तिम्रो त्यो नाउँ फैलाउँछौं।
महिमित याह, सर्वोच्च शक्ति,
हाम्रा किल्ला, हाम्रा शरण तिमी।
२. सेवक हौं तिम्रो ज्योतिमा रम्छौं;
अब न्याय र सत्य देख्नेछौं।
पाउँछौं वचनमा तिम्रा ती आज्ञा;
राज्यको पक्षमा छौं है खडा।
(कोरस)
यहोवा हाम्रा चट्टान र बल हौ,
दिनरात तिम्रो त्यो नाउँ फैलाउँछौं।
महिमित याह, सर्वोच्च शक्ति,
हाम्रा किल्ला, हाम्रा शरण तिमी।
३. गर्नेछौं तिम्रो इच्छा खुसीले;
अटल छौं, खिसी गरोस् सैतानले।
हाम्रो जीवन नै त्यसले लैजाला;
त्याग्नेछैनौं तिम्रो प्रभुसत्ता।
(कोरस)
यहोवा हाम्रा चट्टान र बल हौ,
दिनरात तिम्रो त्यो नाउँ फैलाउँछौं।
महिमित याह, सर्वोच्च शक्ति,
हाम्रा किल्ला, हाम्रा शरण तिमी।
(२ शमू. २२:३; भज. १८:२; यशै. ४३:१२ पनि हेर्नुहोस्)